कृषि क्षेत्रमा घरेलु तथा साना उद्योग

अशोक घिमिरे


नेपाल कृषि प्रधान देश भए पनि हाल अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान दिन प्रतिदिन घट्दै गइरहेको अवस्था र बढ्दै गइरहेको कृषि परनिर्भरतालाई न्यूनीकरण गर्न कृषि क्षेत्रसँग सम्बन्धित घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्नु आजको प्रमुख टड्कारो हो । ग्रामीण क्षेत्रमा रोजगार तथा स्वरोजगार सिर्जना हुने मुख्य क्षेत्र घरेलु तथा साना उद्योग नै भएकोले निजी, सरकारी, साझेदारी तथा सहकारी माध्यमबाट तिनको प्रवद्र्धन गर्न सकिन्छ । घरेलु तथा साना उद्योगको विकास मुलुकको आर्थिक विकासको महŒवपूर्ण आधार स्तम्भ रहेकोले देशको समुच्च अर्थतन्त्रको कृषि क्षेत्रमाथिको निर्भरतालाई कम गर्दै विद्यमान बेरोजगारी तथा अर्ध बेरोजगारीलाई कम गर्नु अपरिहार्य देखिन्छ । नेपाल कृषि प्रधान देश भएकोेले देशका आर्थिक विकासका लागि एक मात्र भरपर्दो र प्रचुर आर्जनको सम्भावना बोकेको कृषिसंँग जोडिएको घरेलु तथा साना उद्योग विकास गर्न असम्भव भने पक्कै छैन ।
हिजो आज कृषि पेसाबाट जीविकोपार्जन कठिन हँुंदै गइरहेको अवस्था छ । आफ्नो मुख्य थलो ग्रामीण क्षेत्रबाट ठूलो जनसङ्ख्यामा दिनानुदिन शहरी क्षेत्रमा मानिस विस्थापित हुँदै आइरहेका छन् । काठमाडौँ उपत्यका बाहिरबाट काठमाडौँमा अवसर र रोजगारका लागि छिर्ने क्रम बढ्दै गइरहेको छ । ठूलो सङ्ख्यामा युवा वर्ग अवसर र रोजगारीका लागि विदेश पलायन हुने प्रवृत्ति बढ्दै गइरहेको छ । कृषि पेसाबाट विभिन्न बहानामा मानिसको विस्थापनको कारक तŒव कृषिको असक्षमताले होइन । बरु आधुनिक कृषि उत्पादनको पद्धति र प्रविधि र कृषि क्षेत्रसँग जोडिएको घरेलु तथा साना उद्योग अवलम्बन नगर्नाले हो । कृषि क्षेत्रमा आय उपार्जनको वैकल्पिक माध्यमको खोजी नगर्नाले हो । कृषि क्षेत्रसँग सम्बन्धित घरेलु तथा साना उद्योगको सम्भावना र अवसरको खोजी नगर्नाले हो । अधिकांश कृषि परम्परागत बाली, पुरातन औजार, वर्षात्को भरको सिँचाइ र पराम्परागत प्रविधिको भरमा बाँच्दै आइरहेकोले देशमा कृषि उत्पादकत्व दिनानुदिन घट्दै गइरहेको र कृषकको जीवनयापन कठिन हँुदै गइरहेको बहानामा युवा वर्ग रोजगारीका लागि शहर पस्ने र विदेशिने क्रम बढ्दै गइरहेको छ । कृषिमा आधुनिकीकरण तथा वैज्ञानिकीकरणलाई समय सापेक्ष अवलम्बन गर्न नसक्नु र यस क्षेत्रसँंग जोडिएको घरेलु तथा साना उद्योगमा कृषकको संग्लनतालाई पेसागत रूपमा विकास गर्न नसक्नु अर्को कारण हुन सक्छ ।
मुलुकमा घरेलु तथा साना उद्योगको विकासबाट औद्योगिक उत्पादन र उत्पादकत्वमा थोरै भए पनि वृद्धि, रोजगारी सिर्जना, स्थानीय सीप र दक्षताको प्रयोग र देशमा उपलब्ध सीमित स्रोत तथा साधनको उपयोग हुन सक्छ । घरेलु तथा साना उद्योगको योगदान देशको औद्योगिक उत्पाकत्वमा पर्ने गर्छ । घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गरी औद्योगिक उत्पादनलाई विदेशमा निर्यात गर्न सके त्यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । कृषिमा आधारित घरेलु तथा लघु उद्योगमा जोड दिँदै सोलाई पेसागत रूपमा अवलम्बन गर्न सके यसबाट कृषि पेसा तथा व्यवसाय लाभान्वित हुन सक्छ । कृषि क्षेत्रमा आधारित घरेलु तथा साना उद्योगमा थोरै लगानी गर्दा रोजगारी र स्वरोजगारको र थप आम्दानी हुन सक्नेदेखि सरकारले उक्त क्षेत्रको विकासमा निजी क्षेत्रसंँग साझेदारी र सहकारी परम्पराको थालनी र विकास भएको हो । यसका लागि उद्यमी सिर्जना गर्ने विभिन्न प्रकारका सीप विकास, उद्यमशिलता विकास एवं व्यवस्थापनसम्बन्धी तालिमलगायत प्रवद्र्धनात्मक कार्यक्रमको सञ्चालन हुँदै आइरहेको विभिन्न तथ्याङ्कले देखाउ“छ । उद्यम सिर्जना तथा उद्योग प्रवद्र्धनात्मक कार्यक्रम स्थानीय माग र सम्भाव्यताका आधारमा गरिन्छ । घरेलु तथा साना उधोग क्षेत्रमा उद्यमी विकास तथा प्रवद्र्धन, औद्योगिक प्रदर्शनी, उद्यमी पुरस्कार, प्रविधि हस्तान्तरण, महिला उद्यमी विकास कार्यक्रम, वस्तु विकास तथा प्रशिक्षण कार्यक्रम, उद्यमी भ्रमण कार्यक्रम, नमुना वस्तु सङ्कलन तथा वितरण, सूचना सङ्कलन र प्रचारप्रसार आदि जस्ता क्रियाकलाप नियमित रूपमा सञ्चालन हुँदै आइरहेको भए पनि उक्त प्रर्वद्धनात्मक कार्यक्रमलाई समयसापेक्ष बढी प्रभावकारी र उपलब्धिमूलक बनाउन टड्कारो महसुस भएको छ ।
सरकारले घरेलु तथा साना उद्योगको विकासका लागि प्रभावकारी प्रवद्र्धनात्मक कार्यक्रम तर्जुमा, सही कार्यन्वयन, कार्यसम्पादनको नियमित मूल्याङ्कन र सुधारका अग्रगामी कार्यक्रम योजनाबद्ध रूपमा अघि बढाउन सकेमा घरेलु तथा लघु उद्योगको उत्पादनमा वृद्धि, बजार विकास र निर्यात प्रवद्र्धन हुन सक्छ । सरकारले देशमा घरेलु तथा साना उद्योग व्यवसायको प्रवद्र्धन एवं विकासका लागि मागमा आधारित आवश्यक सीप विकास, उद्यमशिलता विकास तालिम, प्राविधिक परामर्श कर्जा प्रवाह एवं सूचना सम्प्रेषणजस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै लैजानुपर्छ । अपाङ्गता, पिछडिएका वर्ग, दलित, जनजाति, द्वन्द्वपीडित एवं महिलाको उत्थान हुने रोजगार एवं सीपमूलक तालिम, उद्यमशिलता विकास तालिम कार्यक्रमलाई ती वर्गका सशक्तीकरण हुने गरी प्राथमिकताका साथ कार्यान्वयन गरिँदै सोलाई नतिजामूलक बनाउन सक्नुपर्छ । सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन प्रणाली र सोका आधारमा प्रभावकारी सुधारका कार्यक्रम पहिचान र शीघ्र कार्यान्वयन गर्न सके त्यसबाट देशको घरेलु तथा साना उद्योगको प्रवद्र्धन सम्भव हुन सक्छ । नेपालमा घरेलु तथा साना उद्योगको व्यवस्थापन र प्रवद्र्धनमा सम्बन्धित विभाग तथा कार्यालय र मुख्य रूपमा घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न कार्य हालसम्म गर्दैआए पनि सोलाई समयसापेक्ष प्रभावकारी बनाउ“दै लैजानुपर्छ ।
देश सङ्घीय प्रणालीको पुनःसंरचनामा गइरहेको अवस्थामा भर्खरै निर्वाचित भएका जनप्रतिनिधिलगायत राज्यले भुल्नुहुँदैन, देश विकासको मेरुदण्ड भनेको कृषि नै हो । देशमा अझै पनि कायापलट औद्योगिक क्रान्ति ल्याउनु छ भने त्यो पनि कृषि क्षेत्रबाट मात्र सम्भव छ । यसका लागि कृषि क्षेत्रलाई घरेलु तथा साना उद्योगसँग जोड्न अपरिहार्य छ । सङ्घीयता सँगसँगै देशका घरेलु तथा साना उदोग विकाससँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय सङ्घीय व्यवहार र अभ्यासमा ढाल्न आवश्यक प्रशिक्षण तथा अभिमुखीकरण गर्नुका साथै प्रदेशका लागि आवश्यक संरचना र जनशक्ति व्यवस्थापन गर्ने र तिनीहरुको क्रमिक रूपमा क्षमता अभिवृद्धि, सीपमूलक प्रशिक्षणमा वृद्धि, कर्जा प्रवाह र विश्वव्यापी रूपमा आएको सूचना प्रविधिलाई समयानुकूल अवलम्बन आदि गरी घरेलु तथा साना उद्योगका विकास गर्न अपरिहार्य छ ।

 प्रकाशित मिति: २०७४/९/१४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना