तमु ल्होसार र यसको महत्त्व

देवराज गुरुङ


गुरुङहरूको पर्वमध्ये ल्होसार एक महŒवपूर्ण पर्व हो । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आआफ्नो तिथि मितिअनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ भने एउटै छ । ल्होसार शब्द ल्हो र सार गरी दुई शब्दले बनेको छ । जसको अर्थ, ल्हो भन्नाले वर्ग र सार भन्नाले शुरुवात भन्ने जनाउँछ । जसको अर्थ हुन्छ नयाँ वर्गको शुरुवात अर्थात्, नयाँ वर्षको प्रारम्भ ।
यस वर्षको तमु गुरुङ ल्होसार पनि नजिकिँदै छ । तमु सम्बत्अनुसार प्रत्येक पुस १५ मा तमु ल्होसार मनाइन्छ । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्बत् शुरु भएको सङ्केत गर्छ । प्राचीन तमु प्यो शास्त्रकाअनुसार तमु ल्होसारका दिन तमुका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारका दिनदेखि नयाँ वर्ष अर्थात् नयाँ ल्हो वर्गको थालनी हुने गरेको जनविश्वास छ । जसअनुसार विभिन्न १२ वटा जनावरको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ । तमु गुरुङ जातिले तमु ल्होसारलाई नयाँ वर्षका रूपमा आफ्नो मौलिक पर्वको रूपमा मनाउँदै आएका छन् ।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चरा ९च्यह्या–ल्हो० को वर्ष थियो भने यस वर्ष कुकुरको ९खि–ल्हो० रहनेछ । यस अर्थमा तमु समूदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँडेका छन् । यसवर्ष भने ९खि–ल्हो० कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ । यो
वर्षभरि जन्मनेहरू अब खि–ल्हो अर्थात् कुकुर वर्गको रहने छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन शुरु गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जाति आफ्नै शैलीका भेषभुषा जस्तै महिलाले शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरुङ जातिको पनि पर्वहरू मनाउने आफ्नै शैली छ । यी जातिमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाचेर आफ्ना परिवार साथीभाइसँग रमाइलो गर्छन् ।
गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् । गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्कीलगायत आसपासका जिल्ला गुरुङ बाहुल्य जिल्लाका रूपमा परिचित छन् । त्यस्तै देशका अन्य भागमा पनि गुरुङको बसोबास नगन्य मात्रामा रहेको छ । नेपालबाहेक विश्वका विभिन्न देश बेलायत, अस्ट्रेलिया, हङकङ, बु्रनाई, जर्मनी, भारत आदि देशमा पनि गुरुङ जातिको बसोबास छ । देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन् ।
पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु, अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ ।
तमु ९गुरुङ० समुदायमा माथिको भनाइ निकै लोकप्रिय छ । यी हरफले के जनाउँछन् भने गुरुङ भाषा, कला र संस्कृतिमा निकै धनी छन् । त्यसका साथै आफ्नो जीवनसँगै संस्कार, भाषा, संस्कृति र परम्परा जीवन्त राख्नुपर्छ, अर्थात् मान्छेको पहिचान भनेकै संस्कृति हो । गुरुङहरूको पहिचानको अर्को नाम हो तमु । धर्म र संस्कृतिको खानीका रूपमा परिचित गुरुङले पछिल्लो समय आधुनिकताको नाममा आफ्नो संस्कृतिमा विकृति थुपार्ने काम गरिरहेका छन् । ल्होसारजस्तो गरिमा बोकेको पर्वलाई टुँडिखेलमा ल्याएर मनाउनुले संस्कृतिको खिल्ली उडाउने काम भइरहेको छ । ल्होसार आफ्नो मान्यजनको, बूढा–बूढी, बा–आमाको आशीर्वाद लिएर घर घरमा मान्नुपर्ने समयमा टुँडिखेलमा मान्नुले संस्कृतिमाथि ठाडो हस्तक्षेप भइरहेको छ । अझ नेपाल सरकारबाट मान्यता प्राप्त तमुको माउ सङ्गठन तमु ह्युल छोज् धीँ गुरुङ राष्ट्रिय परिषद् आफैँले नेतृत्व गर्दै टुँडिखेलमा ल्होसार मनाउनुले नेतृत्व माथि नै प्रश्न उत्पन्न भएको छ । देशमा गणतन्त्रको स्थापनापश्चात् पहिचान र अधिकारको कुरा निकै चल्यो तर कुनै पनि गुरुङ त्यतिको सङ्ख्यामा टुँडिखेलमा पहिचान माग्न भेला भएनन् जति ल्होसार मान्न जम्मा हुन्छन् । त्यसले पनि के स्पष्ट हुन्छ भने पहिचान कुनै राजनीतिक दल वा नेतालाई चाहिएको छ या तमुलाई यसका बारेमा उनी स्वयं जानकार छैनन् ।
गुरुङले मात्र होइन, पछिल्लो समय अन्य आदिवासी जनजातिले पनि तमु ल्होसारको सिको गर्दै आफ्नो मौलिक चाडलाई टुँडिखेलमा प्रदर्शन गर्न थालेका छन् । तामाङको ल्होसार, किराँतको उँधौली उँभौली, मगरको भुमे पर्वलाई टुँडिखेलमा मान्दै आउन थालेका छन् । अर्कोतर्फ हामी जनजाति संस्कार र संस्कृतिमा निकै धनी छौँ । यसले पनि सङ्केत गरिरहेको छ कि हामी कतातिर बगिरेहका छौँ । के हामी आफ्नो पहिचानलाई मास्न त लागिरहेका छैनौँ । युवा पुस्तालगायत जिम्मेवार व्यक्तिले सोच्ने बेला आएको छ । हामी आदिवासी जनजाति पहिचान संरक्षण गर्नेतर्फ लागिरहेका छौँ कि मास्नेतर्फ रु
स्वभावैले बाजे पुस्ताभन्दा नाति, नातिना पुस्ता शिक्षित र परिस्कारवादी हुन्छन् । हरेक जात, जाति, धर्म र संस्कारका बाजे पुस्ताले मान्दै आएको संस्कृतिबारे अहिलेको २१ आँै शताब्दीका युवा र शिक्षित वर्गले सबल र दुर्वल पक्ष केलाउँदै त्यसको चिरफार गर्ने गरेका छन् । हरेक पर्व र संस्कृतिको वैज्ञानिक पक्ष, अन्धविश्वास, कुरीति आदि जाँचबुझ गर्दै त्यसलाई तर्कपूर्ण रूपमा लिने यो पुस्ताले त्यस्ता कुरीतिको अन्त्य गर्दै समाजलाई रूपान्तरणको बाटोमा डोहो¥याउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने दिशामा लागि परेको छ । त्यसैले कुनै युद्ध जितेर त्यसैको खुसीयालीमा टुँडिखेलमा हर्ष बढाई गर्ने प्रथालाई पछ्याउँदै पछिल्लो समय प्रायःजसो हरेक समुदायले आफ्नो मौलिक पर्व टुँडिखेलमा मनाउनुले पर्वको खिल्ली उडाउँदै त छैन रु यो प्रश्न यतिबेला ज्वलन्त बनेको छ ।
अर्कोतर्फ, हर्ष बढाई गर्ने स्थानमा ल्होसार मनाएर गुरुङहरूले के पाए रु यसले गुरुङ समूदायकोे उन्नयनमा के भूमिका खेल्यो रु यसको बारेमा समीक्षा गर्ने बेला आएको छ ।
टुँडिखेलमा आदिवासी जनजातिले भेला भएर आफ्नो मौलिक पर्व मनाउने नाममा सेलरोटी पकाउनु र ‘मोडर्न’ गीतमा कम्मर मर्काउनुलाई संस्कृतिको जगेर्ना भन्ने कि विकृति रु यस प्रकारको कार्यले गर्दा गुरुङ संस्कृति र पोसाकमाथि यसै समुदायका बुझक्कडले नै व्यङ्ग्य प्रहार गरिरहेको गरेको भान हुन्छ । सबैभन्दा ठूलो समस्या त कहाँ उत्पन्न हुँदैछ भने भोलिका सन्ततिलाई ल्होसार के हो रु भन्ने प्रश्न गर्दा यो टुँडिखेलमा मनाउने एक चाड हो भन्ने उत्तर दिनुपर्ने दिन त आउने होइन रु यसमा आजैदेखि आशङ्का उत्पन्न भइसकेको छ । त्यतिबेला यसको जिम्मेवारी कसले लिने रु नयाँ पुस्तालाई के उत्तर
दिने रु उनीहरूलाई संस्कृति सिकाउने कि विकृति रु त्यसैले उपल्लो तहमा बसेर जातीय राजनीति गर्नेहरूले यसको सामाधान खोज्ने बेला आएको छ ।
ल्होसारमा हजारौँ गुरुङलाई टुँडिखेलमा भेला गराएर राजनीतिक भाषण छाट्ने प्रवृत्तिले ल्होसारको महŒव र सांस्कृतिक पक्षमाथि ठूलो हस्तक्षेप भएको छ । गुरुङहरू टुँडिखेलमा भेला भई संस्कृतिको जगेर्नाका गर्ने हो कि नेताको भाषण सुन्ने हो रु त्यसैले नजिकिँदै गरेको ल्होसार मनाउन तम्तयार भएर बसेका समग्र गुरुङले यतिबेला ठण्डा दिमागले सोच्ने बेला आएको छ । अर्कोतर्फ आफूलाई जनजातिक नेता भन्नेहरू ल्होसारको दिन टुँडिखेलमा जातीय स्वायत्तताको पक्षमा वकालत गर्नसम्म पछि पर्दैनन् ।
गुरुङले भन्ने गरेको तमुवान करिब अस्ताइसकेको छ । गुरुङमा कमजोर पक्ष के छ भने लाखौँको सङ्ख्यामा टुँडिखेलमा ल्होसार मान्न भेला हुने गुरुङहरू तमुवानको पक्षमा आवाज उठाउन हजारौँको सङ्ख्या त के सयाँैको सङ्ख्यामा उपस्थित हुन सक्दैनन् । यसले के सङ्केत गर्छ भने गुरुङलाई तमुवान चाहिएको छैन वा तमुवानको विषयमा जानकार नै छैनन् । नेताहरूले भोट बैङ्क स्थापनार्थ जातीय बिउ रोपेको यसबाट प्रस्टै हुन्छ । नेताले विभिन्न जातजातिमा रहेका विभिन्न कला, संस्कृति, संस्कार र मौलिकताको रक्षा गर्नका लागि पहल लिनुको सट्टा उल्टै समाजमा आदिमकालदेखि रहिआएका र मानिँदै आएका विभिन्न धर्म, कला तथा संस्कृतिलाई नै बिटुलो पार्ने चलखेल गरिरहेकोप्रति सबै जातजाति तथा समुदायका मानसिक सचेत रहनुपर्ने अर्को टड्कारो आवश्यकता छ ।
अर्को पक्ष के रहेको छ भने आदिवासी जनजातिका नेताहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन् । उनीहरू पार्टी सरकारमा हुँदा सुतेको बाघजस्तै गररे बस्छन् र पार्टी सरकारबाट बाहिरिएपछि फेरि ठूला कुरा गर्दै जातीयताको खोल ओढ्न शुरु गर्छन् । कुनै पनि राष्ट्रको प्रमुखले कुनै पनि जाति विशेषको प्रमुख कार्यक्रममा गएर सम्बोधन गर्नुले खास महŒव राख्दैन । महŒव त त्यसबेला राख्छ, जुन राष्ट्र प्रमुखले उक्त जनजातिको आवश्यकता र पहिचानलाई राष्ट्रिय मान्यता दिन्छ । त्यसैले अब गुरुङले सोच्नुपर्ने बेला आएको छ, ल्होसारको महŒव र अस्तित्व घरमा मानेर जोगिन्छ न कि टँुडिखेलमा ।

 प्रकाशित मिति: २०७४/९/१५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना