प्राचीन सामग्रीले भरिएका पुराना पुस्तकालय



रमेश निरौला

नेपाल आदिमकालमा अध्ययन अध्यापनको केन्द्र रहेको कुरा विभिन्न समयका दस्तावेजले प्रमाणित गरिसकेका छन् । लेख्य रूपमा पनि शिलालेख, प्रस्तर, छाला, भोजपत्र, ताडपत्र, हस्तलिखित सामग्रीलगायतका प्रमाण यथेष्ठ पाइएबाट यो भूमि ज्ञान उत्पादन र हस्तान्तरणमा धेरै वर्षदेखि साधनास्थल थियो भन्न सकिने आधार प्रशस्त भेटिन्छ । किराँतकालका ढुङ्गे आकृति, बुद्ध धर्म र यसका उत्खनन, मल्लकालका प्राचीन शीलालेखलगायतको व्यापकता र तिनको स्तर हेर्दा सभ्यताका कालखण्डमा हालको नेपाल भूमि एसियाका धेरै देशको केन्द्र तथा अध्ययन र ध्यानको संगमस्थलका रूपमा देखिन्छ । लुम्बिनी लगायत बौद्ध सम्प्रदायले साधना गरेका स्थानमा उत्खननको काम जारी छ र हरेकपल्ट जसो नयाँ शिलालेख पाउने क्रम जारी छ । नेपाल भूमि नयाँ सामग्री प्राप्ति र अनुसन्धानमा अभैm उर्वर रहिरहेकै छ । यस्ता महìवका सामग्री नेपालमा पुस्तकालयले संकलन र संरक्षण गर्दै आएका छन् ।
राष्ट्रिय सङ्ग्रहालय काठमाडौंमा रहेका प्राचीन सामग्री केलाउने हो भने कतिपय एक हजार वर्षभन्दा पुराना फेला पर्दछन् । यहाँ भएका प्राचीन सामग्री संसारभर पुगिसकेका छन् । तत्कालीन वीर पुस्तकालयका सामग्री हालको राष्ट्रिय सङ्ग्रहालयमा सङ्गृहित छन् । वीर पुस्तकालयमा अवस्थित सामग्री व्यवस्थापनमा भारतीय पुस्तकालयविद् हरप्रसाद शास्त्रीको समूहले १९ औं शताब्दीमा काम गरेको थियो । उनै हरप्रसाद शास्त्रीले सामग्रीलाई व्यवस्थापनका लागि पुस्तकालय विज्ञानको नियम लगाए । नेपालमा हाल प्रचलनमा रहेको पुस्तक सूचीकरणको शुरुवात गरिदिने शास्त्रीकै कारण नेपाली पुस्तकालय क्षेत्र भएका सामग्री खोजी गर्न मिल्ने भएका छन् । उनै हरप्रसाद शास्त्रीको योगदानले संकलित सामग्रीको चुस्त व्यवस्थापन मात्र भएन नेपालसँग रहेका महìवपूर्ण सामग्रीको बारेमा बाँकी विश्वले थाहा पायो । कर्क प्याट्रिकलगायतका विद्वान यस आदिम भूमिमा प्रवेश गरे र आफ्नो अनुसन्धानलाई निखार दिए । संस्कृतिविद् सत्यमोहन जोशीकाअनुसार कर्क प्याट्रिकको टोलीले लामो समय नेपालमा बसेर प्राचीन सभ्यताको अनुसन्धान मात्र गरेन, उनीहरूले नेपालका महìवपूर्ण सामग्री भरियालाई बोकाएर आपैmँसँग लिएर गए । आज पनि जर्मनीलगायतका कतिपय देशका सङ्ग्रहालयमा पाइने प्राचीन नेपालका सामग्री अनुसन्धानको नाममा यहाँ आइपुग्ने विदेशीले आपूmसँग लगेका कारण संसारभरि छरिएका हुन् । जर्मनी, जापान, चीनका कतिपय विश्वविद्यालयमा पढाइने संस्कृत भाषाको पाठ्यक्रम नेपाललगायत दक्षिण एसियाका संस्कृत भाषाका सामग्री अध्ययनको लागि जनशक्ति तयार गर्ने उद्देश्यले बनाइएका हुन् ।
धेरै भाषाभाषी बसोबास गरेका कारण नेपालमा विविध किसिमका सामग्री भेटिएका छन् । पछिल्लो समयमा यस्ता सामग्री अध्ययनको लागि जनशक्ति नभएका कारण विदेशी अनुसन्धाताले महìवका भनेका सामग्री मात्र प्रकाशमा आएका देखिन्छ । किराँतकाल, मल्लकाल, लिच्छवीकाल वा संस्कृत मूल भाषामा भएका सामग्री नेपालका हरेक घरघर र सङ्ग्रहालयमा सीमित भए । पाठ्यक्रममा मातृभाषालाई कुनै स्थान दिइएन बरु २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र हरण गरेपछि एक भाषीय नीति अपनाइयो । नेपाली भाषालाई एक भाषाको रूपमा जबर्जस्त लादियो जसले गर्दा कतिपय मातृभाषा लोप भए । राज्यको नीति भाषा संस्कृतिको संरक्षण गर्नुपर्ने हो तर भएका भाषालाई उठ्न नसक्ने बनाइयो । भाषा प्रयोगको माध्यम हो, प्रयोग नभएमा यो हराएर जाने सम्भावना रहन्छ । ३० वर्षसम्म राज्यले विभिन्न मातृभाषामाथि अघोषित बन्देज लगायो परिणाम अघिल्लो पुस्ताबाट हस्तान्तरण हुनुपर्ने भाषिक सीप हराएर गयो । भाषा जान्ने जनशक्ति विश्वविद्यालयबाट उत्पादन भएन भने गुरुकुलीय शिक्षा छिन्न भिन्न भएर गयो । उत्पादनपछिको महìवपूर्ण चरण भनेकै संरक्षण हो । ज्ञानको उत्पादन अघिल्लो काल खण्डमा प्रचुर भएको नेपालमा पछिल्लो पुस्ताका लागि यस्ता सामग्री संरक्षणको जरुरी भएरै सङ्ग्रहालय र पुस्तकालयको सेवा थप मजबुत बनाउनु आवश्यक छ ।
केशर पुस्तकालयमा रहेका केही सामग्री विश्वमै अप्राप्य छन् । करिब ७५० हस्तलिखित सामग्री यहाँ संरक्षित छन् । ११३९ वर्ष पुरानो आर्युवेद विषयको श्रुशुतसंहिता ग्रन्थ लिच्छवि लिपि र संस्कृत भाषामा छ । काठको गाता हालिएको र ताडपत्रमा लेखिएको उक्त हस्तलिखित ग्रन्थ ५३.५ से.मी. लम्बाई र ४.४ से.मी. चौडाइको रहेको छ । सन् ८७८ मा लेखिएको सामग्री जर्मन प्रोजेक्टले माइक्रोफ्लिम गरिसकेको छ, र यो माइक्रोफ्लिम राष्ट्रिय संग्रहालय काठमाडौँमा सुरक्षित छ । सन् २०१२ मा केशर पुस्तकालयले विश्वकै अति पुरानो हस्तलिखित ग्रन्थ भएकाले विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोलाई पत्राचार गरेको थियो । जसको फलस्वरूप युनेस्कोले बृहत् अध्ययनपछि सन् २०१३ देखि विश्व सम्पदाको अन्तर्राष्ट्रिय रजिष्टरमा सूचीकृत गरेको छ ।
काठमाडौँको रक्तकालीमा अवस्थित आशा सपूmकुथि नेवारी भाषाका हस्तलिखित ग्रन्थको ठूलो सङ्ग्रहालय हो । नेवारी भाषामा प्रकाशन हुने हरेक सामग्री संकलन यस पुस्तकालयमा हुने गरेको छ । नेवारी भाषामा लेखिएका भजन, गीत, लोककथा मात्र नभई संस्कृत, मैथिली र नेपाली भाषामा सुन तथा चाँदीले लेखिएका अक्षरका नमुनासमेत संकलन गरिएको छ । यहाँ सात हजार बढी पाण्डुलिपि र एक हजार बढी ताडपत्रका डिजिटाइजप्रति तयार भैसकेका छन् । कुनै पनि हस्तलिखित ग्रन्थलाई संकलन र संरक्षणमै यो पुस्तकालयको दिन चर्या बित्छ । ताडपत्र, ठ्यासपूm र नेवारी पत्र पत्रिकाको उल्लेख्य संकलन रहेको यो संग्रहालयमा नेवारी भाषामा लेखिएका पुस्तकको संकलन छ । पूजाआजा, औषधोपचार, ज्योतिषविद्या, तन्त्रविज्ञान, वेद–पुराण, वास्तुकला, बौद्ध सम्प्रदायका ग्रन्थहरू उल्लेख्य छन् ।
मदन पुरस्कार पुस्तकालय नेपाली भाषामा लेखिएका सामग्रीको सम्पदास्थल हो । कमल दीक्षितले शुरुमा व्यक्तिगत संकलनबाट स्थापना गरेको पुस्तकालय मदन समशेरकी विधवा रानीले जग्गा तथा घर गुठी बनाएर सुम्पिएपछि २०१३ सालदेखि निरन्तर बढ्दो क्रममा छ । २०७४ मङ्सिर अन्त्यसम्म यस पुस्तकालयमा ३७ हजार बढी नेपाली भाषा÷साहित्यका पुस्तक, पाँच हजार ६ सय बढी शीर्षकमा पत्रपत्रिका, १५ हजार पर्चा पम्प्लेट, दुई हजार अडियो–भिडियो, एक लाख २० हजार पृष्ठभन्दा बढी हस्तलिखित सामग्री संकलित छन् । यस्तै यस पुस्तकालयले ५० हजारभन्दा ज्यादा नेपालका विभिन्न स्थानमा खिचिएका फोटो संकलन गरेको छ । पत्रपत्रिकाको ठूलो अंश डिजिटाइजेशन भइरहेको यस पुस्तकालयका सामग्री नेपाली इतिहास र भाषासाहित्य अध्ययनका लागि आकर्षक छन् । यस पुस्तकालयमा भएका सामग्रीमध्ये पुराना फोटो हाल नेपालका धेरै पत्रपत्रिका र पुस्तकमा प्रयोग हुन थालेका देखिन्छन् ।
उपत्यकाबाहिर पनि यस्ता महìवका संग्रहालय र पुस्तकालय हुन सक्छन् र तीनको संरक्षण जरुरी छ । २०७२ सालको भूकम्पपछि सामग्री संरक्षण गर्ने पुस्तकालय नै तहसनहस भए । कतिपय यस्ता पुस्तकालय अझै पुनःनिर्माण पर्खिरहेका छन् । नेपाल राष्ट्रिय पुस्तकालय इतिहासमा हराउन लागिसक्यो यसको पुनःनिर्माण भए मात्र आगामी पुस्ताका लागि सामग्री सुरक्षित हुन सक्छन् । लोभलाग्दा पुस्तकालय जोगाउन लोभलाग्दो संरक्षण कार्यक्रम नेपाली पुस्तकालय क्षेत्रको आवश्यकता हो ।

 

प्रकाशित मिति: २०७४/९/१५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना