कुनै पनि विदेशी शक्तिले वामपन्थी एकतालाई भाँड्न नसक्ने -पम्फा भुसाल

pfamfa

गोरखापत्र समाचारदाता  
ललितपुर, पुस १५ गते । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले कुनै पनि विदेशी शक्तिले वामपन्थी एकतालाई भाँड्न नसक्ने  भन्दै चाँडै दुई पार्टीबीच एकता हुने बताउनुभएको छ ।  आर्टिजान्स बहुउद्देशीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभाको यहाँ आयोजित उद्घाटन गर्दै उहाँले केही प्राविधिक विषयमा निर्णय हुने बित्तिक्कै पार्टी एकता हुने स्पष्ट पार्नुभएको हो ।
पार्टी एकताका लागि निर्वाचनमार्फत् जनादेश प्राप्त भइसकेकाले ढिलो वा चाँडो पार्टी एकता हुने बताउँदै उहाँले विभिन्न सञ्चार माध्यममा आउने गलत समाचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
ललितपुर  ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका प्रवक्ता भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश अनुमोदन गर्नुभएसँगै सरकार निर्माणको बाटो खुला भएको बताउनुभयो ।
 कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले नेपालमा भएका सहकारी संस्थाले धेरै व्यक्तिलाई रोजगारी दिलाएको भन्दै सहकारी संस्थाले स–साना उद्योगधन्दा सञ्चालनमा आफ्ना सदस्यलाई ऋण उपलब्ध गराएर ठूलो राहत पु¥याउनुभएको बताउनुभयो ।
उहाँले नेपालमा भएका सहकारी संस्थामा ठूलो संख्यामा ज्येष्ठ नागरिक सहभागी भएकाले सहकारी संस्था ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने आवश्यकता औंल्याउनुभयो  ।
आर्टिजान्स बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलनकृष्ण ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष मंगल महर्जनले संस्थाका सदस्यको सर्वसुलभ सेवाका लागि एटिएम मेसिन जडान गर्ने र कृषि क्षेत्रमा कर्जा प्रभाव गर्ने संस्थाको योजना रहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा छ करोड रुपियाँ ऋण लगानी गर्ने योजना संस्थाले राखेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना