जापानसम्म खाद्यबस्तु विस्तार गर्न सकिने

 

उपेश महर्जन-

कीर्तिपुर, पुस १६ गते । नेपाल लगायतका खाद्यबस्तु जापानमा बजार बिस्तार गर्नका लागि बस्तुको गुणस्तरमा ध्यान दिनुपर्ने निष्कर्ष निकालिइएको छ ।
नेपाल, भुटान र भारतबाट स्याउ, सुन्तला, फर्सी, दाल, चामल, अदुवा, हरियो तरकारी, प्याज र आलु जापानमा निर्यात गर्न सकिनेछ ।

japanes pro
खाद्य बस्तुको गुणस्तरताले मूल्य निर्धारण हुने बताउँदै नेपाल लगायतका खाद्य बस्तुहरुको बजार प्रणाली सोही अनुसार निर्धारणमा जोड दिइएको छ । काठमाडौंमा सम्पन्न भारतीय उपमहाद्विपमा खाद्य बजार प्रणालीको विकास र जापानसँग ब्यापार साझेदार गर्ने सम्भावनाको विषयमा दुईदिने कार्यशाला गोष्ठीले उक्त निष्कर्ष निकालेको हो ।
गोष्ठीमा जापान, नेपाल, भारत र भुटानका १७ वटा खाद्य तथा अर्थशास्त्रीहरुको कार्यपत्रको निचोड निकाल्दै हिरोसिमा विश्वविद्यालयका प्राध्यापक केशबलाल महर्जनले जानकारी दिनुभयो ।
दुर्गमका खाद्यबस्तुलाई सुगम क्षेत्रमा ल्याउनको लागि यातायातको सहज सुविधासहित भौतिक पूर्वाधारको विकास गर्नुपर्ने, उचित भण्डारणसहित नीतिगत निर्णय गर्न आवश्यकतामा जोड दिइएको छ ।
किसानलाई उचित मूल्य दिनपर्ने, किसान र उपभौताबीचको माध्यममा रहने ठेकेदार र साहुबीचको आर्थिक दुरी घटाउनुपर्ने, कमिसन एजेन्टहरुलाई निरुत्साहित गर्नुपर्नेलगायतका निर्णय पनि उक्त गोष्ठीले गरेको छ । संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान सङ्ग्राहलय, हिरोसिमा विश्वविद्यालय, जापानस्थित खुल्ला विश्वविद्यालय र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले कार्यशाला आयोजना गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान सङ्ग्राहलयका प्राध्यापक डा. धर्म डंगोलले नेपालमा भएको गोष्ठीले नेपाली र नेवारी खाद्यबस्तुहरुलाई जापानसम्म सहज रुपमा बजारविस्तार गर्न सहयोग पुग्ने विश्वास लिनुभयो । कार्यशालामा प्राध्यापक महर्जन र दिल्ली विश्वविद्यालयका विनु सुन्दासले दिल्लीमा रहेको कृषि बजार प्रणाली र थोक बजार र सिलगुरी र आसपामा रहेको फलफल तथा तरकारी बजारीसम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
फुकुइ विश्वविद्यालयका प्राध्यापक तोसिहिरो त्सुकिहाराले हिमाली क्षेत्रमा भएका कृषि उत्पादन र खाद्यब्यापारसम्बन्धी, खुल्ला विश्वविद्यालयका प्राध्यापकद्वय अकिनोबु कावाई र हिसाटारो होरियुचिले भुटान र नेपालसम्बन्धी कृषिबजार, टोक्यो कृषि विश्वविद्यालयका प्राध्यापक हिरोजी फुजीसिमाले कार्यपत्र पेश गर्नुभयो ।
भुटानको कृषि तथा वन मन्त्रालयका कृषि बजार संयोजक दोर्जी रिङचेन, कृषि विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविद् बासुदेव काफ्ले, नेपाल चेम्बर अफ कमर्स तथा उद्योगस्थित एग्रो इन्रप्राइजेज सेन्टरका कार्यकारी प्रमुख प्रदिप महर्जनलगायतले कार्यपत्र पेश गर्नुभएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना