प्राथमिकतामा खर्चालु पर्यटक

tourist_1काठमाडौँ, पुस १७ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पर्यटक आगमनमा वृद्धि गर्न सम्बन्धित देशअनुसार प्रवद्र्धन रणनीति लागू गरिने बताउनुभएको छ । पर्यटकको सङ्ख्यात्मक वृद्धिका लागि भारत, चीन, युरोप अमेरिका तथा सम्भावित देशमा त्यसैअनुसारका कार्यक्रम र रणनीति कार्यान्वयनमा लैजाने जानकारी दिनुभएको हो । सङ्ख्या बढाउने हो भने हाम्रो पहिलो प्राथमिकता छिमेकी भारत र चीनमा प्रवद्र्धन कार्यक्रम केन्द्रित हुनुपर्छ, उहाँले भन्नुभयो, यसका लागि नेपालमै छुट्टै डेस्कसमेत सञ्चालनमा ल्याउन सकिन्छ । आइतबार नेपाल पर्यटन बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालले पहुँच राख्नसक्ने बजारमा प्रबद्र्धनमा जोड दिनुपर्ने धारणा राख्नुभएको हो । 

कार्यक्रममा उहाँले पर्यटन प्रबद्र्धनका लागि आवश्यक बजेटसमेत उपलब्ध रहेकोले देशकेन्द्रित रणनीति प्रभावकारी हुने बताउनुभएको हो । भारतीय पर्यटक भिœयाउने हो भने हिन्दु परम्परालाई लक्षित गरौँ, उहाँको सुझाव छ, चीनमा भाषागत समस्या रहेकोले डिजिटल प्रविधिको प्रयोग गरेर नेपालबारे बुझाउन सकिन्छ । त्यस्तै उहाँले पर्यटकको बसाइ अवधि बढाउन पर्यटकीय गन्तव्य समेत विस्तार हुनुपर्ने धारणा राख्नुभयो ।
सौराहा, पोखरा, लुम्बिनी बाहेकका क्षेत्रमा पनि पर्यटन व्यवसायीले गन्तव्य विस्तार गरेर पर्यटकको बसाइ लम्बाउन सक्ने उहाँको सुझाव थियो । सीमित गन्तव्य हुँदा पनि बसाइ छोटो भएको हो, उहाँले भन्नुभयो, पूर्वदेखि पश्चिमसम्मका अन्य पर्यटकीय क्षेत्रमा पनि पर्यटक लैजान सकिन्छ । गुणस्तरीय पर्यटक भिœयाउन पूर्वाधारका साथै सेवामा पनि सुधार हुनुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय पूर्वाधार निर्माणको क्रममा रहे पनि पैसाभन्दा सेवामा प्रतिस्पर्धी बन्न सके खर्चालु पर्यटक ल्याउन सकिने उहाँको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले डिजिटल माध्यमबाट पर्यटन प्रबद्र्धनलाई जोड दिइएको जानकारी दिनुभयो । यस वर्ष विभिन्न अभियानमार्फत पनि नेपालको परिचय विस्तारको कार्यक्रम राखिएको उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले ‘गे्रट हिमालय टे«ल’ अन्तर्गत रुट निर्माणका लागि अडिटको काम अघि बढाइएको जानकारी दिनुभयो । त्यस्तै सीमाकेन्द्रित पर्यटन सम्मेलन, स्थानीय निकायसँगको सहकार्यमा पर्यटकीय गतिविधि सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो । यस वर्ष दस लाख पर्यटक भित्रनेमा आशावादी रहेको जनाउँदै उहाँले नेपालको पर्यटन क्षेत्र परिपक्व हुन जरुरी रहेको भनाइ राख्नुभयो । बोर्डले अब ‘हाइ इन्ड’ पर्यटकलाई लक्षित गरेर पर्यटन प्रबद्र्धन अघि बढाउने जानकारी दिनुभयो ।
कार्यक्रममा पर्यटन अभियन्ता अम्बिका श्रेष्ठले नेपाली व्यवसायीबीचको ‘प्राइस वार’ले देश नै सस्तो गन्तव्यको सूचीमा परेको बताउनुभयो । व्यवसायी सस्तोभन्दा पनिसेवाको प्रतिस्पर्धामा लाग्नुपर्ने उहाँको सुझाव थियो । कार्यक्रमका अवसरमा ‘एक्सपेरिएन्स नेपाल’ नामक अभियानको समेत सुरुवात गरिएको थियो । नेपालका मौलिक संस्कृति र खानाको विश्वव्यापी प्रबद्र्धनका लागि यस्तो अभियान सञ्चालन हुने संयोजक दीपेश शाक्यले जानकारी दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना