धनकुटा उपयुक्त

विजयसन्तोषी राई

 

पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तर्राष्ट्रिय सिमानाको पनि दृष्टिकोणले पनि १ नम्बर प्रदेशको राजधानी धनकुटा उपयुक्त छ । प्रदेश– १ को १४ जिल्लाको भौगोलिक हिसाबले सेन्टरमा रहेको धनकुटा हरेक किसिमले राजधानी बन्न उपयुक्त रहँदारहँदै पनि राजनीतिक शक्ति पहँुचको हिसाबले कमजोर रहेकोले धनकुटालाई राजधानी बनाइएन भने १ नम्बर प्रदेशवासीलाई ठूलो अन्याय हुन्छ ।
हरेक दृष्टिकोणले धनकुटा उपयुक्त रहेकोले नै वि.सं. १८४० देखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रूपमा स्थापित भई हालसम्म निरन्तर रूपमा धनकुटा केन्द्रकै रूपमा र विकास क्षेत्रको राजधानीकै रूपमा कायम छ । राणाकालीन समयमा धनकुटा वडा हाकिमको अड्डा हुँदै राजनीतिक परिवर्तनपछि पनि धनकुटालाई पञ्चायत, प्रजातन्त्र र गणतन्त्रको स्थापना पछि र हालसम्म पनि धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामकै रूपमा स्वीकार गर्दै निरन्तरता दिँदै आएकोले पनि क्षेत्रीय स्तरका कार्यालय र उनीहरूका भौतिक पूर्वाधारले सम्पन्न भवनहरू आजसम्म कायम छन् ।
पहिचान र ऐतिहासिक पक्षलाई स्वीकार गर्दै निरन्तरता दिने क्रममा पूर्वाञ्चलको १६ जिल्लाको सदरमुकामका साथै प्रशासनिक केन्द्रका रूपमा रहँदै आएको धनकुटा प्रस्तावित १ नम्बर प्रदेशको १४ जिल्लाको पनि बीचमा र केन्द्रको रूपमा रहेकाले प्रदेशको राजधानीका लागि विवादरहित ढङ्गले धनकुटा उपयुक्त मानिन्छ । धनकुटाको मुख्यबजार पूर्वपश्चिम राजमार्गको इटहरीबाट ७० किलोमिटर उत्तरमा पर्छ । तराईका तीन जिल्ला
(सुनसरी, मोरङ र झापा) र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व पश्चिम राजमार्ग नै हो । बाँकी पहाडी हिमाली तराईका जिल्ला समेटिने आधारसमेत तयार भइरहेका छन् । ताप्लेजुङ, पाँचथर र इलाम जिल्ला तमोर करिडोर, मध्यपहाडी राजमार्गबाट जोडिएका छन् । सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर र भोजपुर जिल्ला समेतलाई मध्यपहाडी राजमार्गले सिधै जोडेको छ । तेहथुम, भोजपुर र संखुवासभा जिल्लासँग सिधै सडकले गाँसेको छ । त्यसैगरी, हवाई यातायतका लागि पनि धनकुटा नगरपालिकाको वडा नं. ९ को बेलहारा डाँडामा सम्भाव्यता अध्ययन पूरा भई निर्माण कार्यसमेत भइरहेको छ । त्यसैले धनकुटा १ नम्बर पदेशको राजधानी भएपछि हिमाली तीन, पहाडका आठ र तराईका तीन जिल्लाका बहुसङ्ख्यक समुदायको प्रतिनिधित्वको सम्बोधन हुन्छ ।
भौतिक पूर्वाधारको हिसाबले पनि धनकुटामा प्रयाप्त सरकारी जग्गा तथा भवन रहेकाले पनि १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाइसकेपछि भौतिक संचरना निर्माणमा राज्यको ठूलो खर्चसमेत जोगिने भएकाले उक्त रकमलाई हाम्रो प्रदेशको विकासमा लगाउन सकिन्छ यसले राज्यलाई ठूलो फाइदा पुग्छ । सार्मथ्यको आधारमा पर्याप्त सरकारी जमिनमध्ये धनकुटा नगरपालिकाभित्र र धनकुटाकै आसपासका नगरपालिकामा गरी जम्मा ४७ हजारभन्दा बढी सरकारी जग्गा छन् । धनकुटा बजारमा मात्र १७ हजार एक सय ५५ रोपनी सरकारको नाममा रहेको खाली जग्गा, नेपाल ट्रष्टको नामा रहेको एक सय ९४ रोपनी जग्गा, सुन्तला जात अनुसन्धान केन्द्र पारिपाल्ले र पाख्रिवास कृषि केन्द्रको जग्गा र उनीहरूके दर्जनौँ भव्य भवन छन् भने धनकुटा बजार क्षेत्रमा मात्र थप छ हजार पाँच सय रोपनी जग्गामा जम्मा तीन सय ९७ बटा सुविधा सम्पन्न भूकम्प प्रतिरोधात्मक पक्की र भव्य सरकारी कार्यालयका आफ्नै भवन छन् । ती भवनमा प्रदेशसभा प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेशसभाका विभिन्न समितिका कार्यालय र प्रमुख मुख्य सचिव, तथा प्रदेशका मन्त्रालय तत्काल राखी सजिलो ढङ्गबाट कार्य सञ्चालन गर्न सकिन्छ । धनकुटाको भव्य र सुविधा सम्पन्न सामुदायिक भवनमा प्रदेश संसद् भवन स्थापना गरी प्रदेशसभाको बैठक गर्न सकिन्छ भने विभिन्न समितिको बैठक धनकुटाको जिविस हल, बहुउद्देश्यीय सामुदायिक भवन सल्लेरी, क्षेत्रीय स्वास्थ्य निर्देशनालयको सभा हलमा बैठक गर्न सकिन्छ । प्रदेशका मुख्यमन्त्री, गर्भनर, मन्त्रीहरू, प्रमुख सचिव तथा सचिवहरू र सांसदलाई समेत आवासको लागि सरकारी क्वाटहरूमा नै राख्न सकिने सरकारी भवन रहेका छन् ।
नेपाल सरकारले प्रदेशको राजधानीका लागि खटाएको पूर्वाधार सम्भाव्यता अध्ययन टोलीलेको प्रारम्भिक प्रतिवेदनमा समेत धनकुटाका लागि तत्काल राजधानी राख्नका लागि मर्मत खर्च रु. पाँच करोड २५ लाख, विराटनगरमा २१ करोड रुपियाँ तथा सुनसरीमा संरचना नै उपयुक्त नभएको भन्दै खर्च विवरण अनुमान नगरिएको अवस्थाले राज्यलाई आर्थिक भार नपर्ने र सामान्य प्रशासन मन्त्रालयले समेत बुझाएको प्रतिवेदनमा प्रशासनिक सुगमताको दृष्टिले धनकुटा उपयुक्त रहेको र सबैले हेर्दा धनकुटा सुरक्षाको दृष्टिकोणले अनि हावापानीको हिसाबले पनि अत्यन्त राम्रो भएकोले धनकुटा प्रदेशको राजधानी बनाउन सारै उपयुक्त र राम्रो हुन्छ ।
प्रादेशिक राजधानी धनकुटा हुनका लागि सबै किसिमले उपयुक्त हुँदाहुँदै पनि राजनीतिक पहुँज र शक्ति कम भएकै कारण धनकुटालाई अनेकौँ प्रलोभन, आर्थिक चलखेल गरेर प्रदेशको राजधानी दुभाग्र्यवश बनाइन भने त्यो अत्यन्तै दुःखद हुने भएकाले सबै राजनीतिक पार्टीका प्रमुख नेतागण प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदले विवेकपूर्ण निर्णय लिनुपर्ने बेला आएको छ ।
पूर्खाहरूले निरन्तर रूपमा अहिलेसम्म जोगाउँदै ल्याउने भएको धनकुटाको गौरव, पहिचान र इतिहासलाई अहिलेको पुस्ताले विशेषगरी तन्नेरी साथीको मिहिनेत र सक्रियताले जोगाउनुपर्छ । यदि जोगाउन सकिएन भने भावी पुस्ताले अहिलेको पुस्ताले धनकुटाको मान र सम्मान जोगाउन सकेनन् भन्ने कलङ्क लाग्न सक्छ ।
त्यसैले धनकुटाको गौरव, पहिचान, इतिहासका साथ रहँदै आएको मान र सम्मानलाई जोगाउँदै जीवन्त राख्न धनकुटालाई प्रदेशको राजधानी बनाउनु अहिलको आवश्यकता भएको छ ।
धनकुटाको पहिचान, सामथ्र्य, भौगोलिक बनावट, समदूरी, हावापानी, भौतिक संरचना र विकासको सन्तुलनका दृष्टिले र अन्तर्राष्ट्रिय सिमानाको दूरीले समेत धनकुटा १ नम्बर प्रदेशको लागि उपयुक्त राजधानी हुन्छ । धनकुटालाई केन्द्र मानेर सबैले स्वीकादै अघि बढ्ने हो भने यस क्षेत्रका तराई, पहाड र हिमाली भूभागको विकास,समृद्धि, स्वरोजगार र शान्तिको बलियो जग हाल्न महŒवपूर्ण टेवा पुग्छ ।

प्रकाशित मिति: २०७४/९/१७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना