प्रादेशिक राजधानीको विवाद

atindra dahalडा. अतीन्द्र दाहाल

 


भर्खरै सम्पन्न निर्वाचनले सङ्क्रमणको समाप्तीसँगै समृद्धिको आशा जगाउँदैछ । २०५२ सालपछि पहिलो पटक राजनीतिक स्थिरताको सम्भावना बन्दैछ । लगातार सरकार परिवर्तनमा राजनीति अल्मलिँदा देशको विकासमा दलको त्यति ध्यान जान सकेन । अबचाहिँ स्थिरता, समृद्धि र विकासको अपेक्षा गरिदैछ । यद्यपि केही जटिल विषयले फेरि पनि राजनीतिलाई गिजोल्न सक्ने देखिन्छ ।
प्रदेशका राजधानीको विषय जटिलताको पहिलो नम्बरमा पर्छ । चुनावी दौडाहामा थुपै्र नेताहरूले आफ्नो निर्वाचन क्षेत्रलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने भन्नुहुन्थ्यो । राष्ट्रिय राजनीतिमा प्रभावशाली हैसियत राख्ने अधिकांश नेताको भनाइसमेत समान थियो । संविधानको धारा २८८ उपधारा २ अनुसार प्रदेश सभाको दुईतिहाई बहुमतबाट प्रादेशिक राजधानी तोकिनुपर्छ तर चुनावी आश्वासनले गर्दा हरेक प्रदेशमा कम्तीमा आधादर्जन बढी ठाउँका नागरिकलाई आफ्नो शहरमा प्रादेशिक राजधानीको आशा जाग्दैछ ।
जे ब्रुमफिल्डको पुस्तक ‘इलिट कन्फ्लिक्ट इन प्लुरल सोसाइटी ः टवेन्टीथ सेन्चुरी बेंगल’ले राजधानी स्थापनालाई बीसाँै सताब्दीको राजनीतिको मुख्य लडाइँ बताउँछ । प्रथम र द्धितीय विश्वयुद्धपछि स्वतन्त्र भएका अधिकांश देशमा यो समस्या थियो, हामी अहिले भोग्दैछाँै ।
सरकारले अस्थायी राजधानी तोक्न गठन गरेको अधिकार सम्पन्न प्रशासनिक पुर्नसंरचना आयोगले असोज २३ मा प्रतिवेदन बुझायो । हरेक प्रदेशका थुपै्र सम्भावित ठाँउको सिफारिस ग¥यो तर कुनै पनि प्रदेशमा एक मात्र निश्चित स्थान सिफारिस गर्न सकेन । राजधानीको विवादमा अल्झिएर आम आशा अनि नागरिक अपेक्षाका सघन मुद्दामा लाग्नु पर्ने शक्तिको लामो समय फेरि बर्बाद हुनसक्ने देखिन्छ । त्यसैले विश्व अनुभवलाई समेत हेर्दै हरेक हिसाबले वैज्ञानिक एक ठाउँलाई कार्यालय प्रयोजनको राजधानी र प्रदेश भित्रका अन्य मुख्य शहरलाई फरक÷फरक क्षेत्रका राजधानी बनाउनुपर्छ । यसले नागरिक असन्तुष्टि तथा तानातान रोकिन्छ र विकासका विभिन्न आयामको प्रवाहासमेत बढ्छ । एकै पटक दुई विशिष्ट आयाम र आयतनका फाइदा लिन सकिन्छ ।
विश्व अनुभव
राजधानी स्थापना जटिल भए पनि परिवर्तनीय विषयसमेत हो । आवश्यकताअनुसार विभिन्न देशले राजधानी सारेका उदाहरणसमेत देखिन्छ । तान्जेनियाले सन् १९७३ मा आफ्नो राजधानी दारसेसलामबाट डोडोमा लग्यो । १९४७ को स्वतन्त्रतासँगै भारतको राजधानी कलकत्ताबाट दिल्ली सारियो । ब्राजिलमा मुख्य बस्तीबाट टाढाको शहर ब्रासिलियालाई राजधानी बनाइयो । रसियामा १७१२ मा सेन्ट पिटर्सबर्गबाट मस्कोलाई नयाँ राजधानी बनाइएकोमा १९१८ बाट पुनः सेन्ट पिटर्सबर्गलाई राजधानी कायम गरियो । काजकिस्तानले १९९७ मा राजधानी अल्माटीबाट अस्टनामा पु¥यायो । नाइजेरियाको राजधानी १९९१ मा लाओसबाट अबुजा कायम भयो । थाइल्याण्डले अयुत्थयबाट बैङ्ककलाई नयाँ राजधानी बनायो । टर्कीले १९२३ मा इस्तानबुलबाट अंकरा, फिलिपिन्सले १९७६ मा क्युजोन शहरबाट मनिला अनि जापनाले १८६८ मा क्योटोबाट टोकियोमा राजधानी बदलेको देखिन्छ ।
तर एउटामात्र राजधानी तोक्दा हरेक हिसाबमा मानवीय गतिविधि त्यही केन्द्रित भएकाले केही देशमा बहुराजधानीको अवधारणासमेत आउँदैछ । मलेसियामा क्वालालम्पुरलाई आधिकारिक राजधानी र पुत्रजया शहरलाई प्रशासनिक केन्द्र बनाइएको छ । नेदरल्याण्डको मुख्य राजधानी आम्सर्टडम हो यद्यपि हेग मुख्य प्रशासनिक केन्द्र हो । दक्षिण अफ्रिकामा पे्रटोरियालाई आधिकारिक राजधानी मानिन्छ तर केप टाउनमा व्यवस्थापिकाको राजधानी र ब्लोइमफोन्टियनमा न्यायिक राजधानी कायम गरिएको छ ।
यसरी फरक÷फरक क्षेत्रको राजधानी फरक÷फरक शहरलाई तोक्दा नागरिक असन्तुष्टि कम हुनुसँगै असन्तुलित बसाइसराइ रोकिन्छ । विभिन्न पेशा व्यवसाय तथा सेवामा आवश्यक पूर्वाधार फरक हुन्छन् । शिक्षाका पूर्वाधार तथा वातावरण अस्पतालको भन्दा नितान्त भिन्न हुन्छन् । उद्योगका लागि आवश्यक पूर्वाधार पर्यटन प्रवद्र्धनका लागि बाझिने प्रकारको हुनसक्छ । कला संस्कृतिको संरक्षणमा चाहिने आधार शहरीकरणको लागि चाहिने विशेषतासँग पृथक रहन्छ । तसर्थ फरक शहरलाई फरक क्षेत्रको राजधानी बनाउने लक्ष्य राखे आवश्यक विकास निर्माणमा सहजता तथा एकरूपता आउँछ । विकासको तीव्रताले नयाँ इतिहास रच्न सक्छ । एफ क्यामपन्ट र सहकर्मीको अनुसन्धान ‘क्यापिटल सिटिज, कन्प्mिलक्ट एण्ड मिस गर्भनेन्स ः थ्योरी एण्ड प्राक्टिस’का अनुसार पनि बहुल राजधानी देशलाई फाइदाजनक देखिन्छ । त्यसैले, चुनावी प्रतिबद्धता, शक्तिशाली नेताहरूको प्रभाव वा अन्य दबाबमा नभई वैज्ञानिक अध्ययनको आधारमा राजधानी कायम गर्नुपर्छ ।
वैज्ञानिक धरातल र तत्कालीन आवश्यकता
प्रदेशका सबैभागबाट समदुरी राजधानी स्थापनाको पहिलो प्राथमिकता बन्नुपर्छ । केन्द्रीकृत शासन व्यवस्थामा प्रशासनिक काम कारवाही केन्द्रीकरण हुन्छ । सबै स्थानका नागरिक बराबरी लाभान्वित हुन सक्दैनन् । सरकारी सेवासुविधा तथा राष्ट्रिय अभिभावकत्वबाट कोही नजिक र कोही टाढा रहनुपर्छ । तसर्थ विकेन्द्रिकरणको उच्चतम नमुना मध्धेको सङ्घीयताको अभ्यास आवश्यक भएको हो । काठमाडाँैसँग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हरेक नागरिकको समान र निरन्तर सम्पर्क रहन नसकेको अनि राज्यले सबैलाई यथासक्य अभिभावकत्व प्रदान गर्न नसकेकोले नै सङ्घ र प्रदेशको अवधारणा विकसित भयोे । तसर्थ प्रदेशभित्र सबै भूगोलका जनतालाई बराबरीको दुरीमा पर्नेगरी राजधानी बनाउन सक्नुपर्छ । यसरी निर्णय गर्दा नागरिकलाई बुझाउनसमेत सहज हुन्छ ।
राजधानी स्वभावैले प्रशासनिक केन्द्र हो । सम्भावित राजधानीमा तत्कालका पूर्वाधार अथवा नयाँ पूर्वाधार निर्माणको सम्भावनालाई उचित ध्यान दिनुपर्छ । राजधानी तोकेपछि त्यहाँ अत्याधिक बसाइसराइ हुन्छ । शहरीकरणको गतिले नयाँ स्वरूप लिन्छ । तसर्थ आवश्यक सडक, सञ्चार, विद्युत्, भवन, बाटा, फोहोर व्यवस्थापनको सम्भावना, ठल निकासी जस्ता कुराको सुनिश्चितता वा सम्भाव्यता रहनुपर्छ । केही देशका शहर जस्तै मनिला, रियो द जेनेरियो, गोन्जावु, न्युयोर्क तथा टोकियोमा मानव व्यवस्थापन नै असहज हुने गरीको जनधनत्व छ । इरानको ज्यावल, भारतको दिल्ली, पाकिस्तानको पेशेवर आम मानवको स्वभाविक र सामन्य स्वास्थ्यमा समेत असर पर्नेगरी प्रदूशित शहरमा गनिन्छन् । मेक्सिकोको अक्कपाउलो अनि भेनेजुएलाको क्याराकस राजधानी भएर पनि अधिक अपराधिक शहर गनिन्छन् । युरोपका अधिकांश शहर आतङ्ककारी आक्रमणको जोखिम खेप्दैछन् । हामीले राजधानी बनाउने शहरसँग यस्ता जोखिमको मुकाविला गर्ने क्षमतासमेत हुनुपर्छ ।
प्रस्तावित राजधानीको वातावरणीय र पर्यावरणीय पक्षलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्छ । राजधानी भन्ने वित्तिकै अन्य प्रदेश र विदेशका निकाय तथा सरोकारवालाकोे ध्यानसमेत आकर्षित हुन्छ । तसर्थ शान्त, सुन्दर, व्यवस्थित, प्रदूषण मुक्त र सरसफाइ अनि सजावटका हिसाबले अनुकरणीय हुनुपर्छ । नागरिकको अपेक्षा पनि यस्तै रहन्छ ।
ती राजधानीमा सेवा÷सुविधाकोे सहजता हुनुपर्छ । आन्तरिक तथा बाह्य सुरक्षा खतरा कम तर आन्तरिक अनि बाह्य देशसँग सहज सम्पर्क स्थापनार्थ पूर्वाधारको सक्षमता उत्तिकै सबल रहुनुपर्छ । कुनै मानवीय वा प्राकृतिक विपतको बखत सबै प्रदेशमा उत्तिकै सहज हिसाबले वैदेशिक सहयोग र सहयोगी आउन सक्ने हुनुपर्छ ।
विगतमा जस्तै भूकम्प फेरी आउन सक्छ । तराईमा बाढीको र पहाडमा पहिरोको जोखिम छ । अहिलेसम्मको एउटै अन्तर्राष्ट्रिय सम्पर्क केन्द्र काठमाडौँ प्रदेश नं ३ मा पर्छ । यो मात्रै अन्तर्राष्ट्रिय समन्वय केन्द्र रहदा भोलि यहाँमार्पmत् आएका सहयोग अरू प्रदेशमा पु¥याउन असहज हुनसक्छ । अन्य प्रदेशका उत्पादन तथा निर्यात पनि यही प्रदेशबाट मात्र भएर बाहिर जादाँ अन्तरप्रदेश असमझदारी र आर्थिक दायित्व बढ्नसक्छ । तसर्थ हरेक प्रदेशको राजधानीले आफ्नै हिसाबले अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्नसक्ने सम्भावनासमेत खोज्नुपर्छ । एफ सेलीको पुस्तक ‘नेसन्स सेपः द स्टोरी बहाइन्ड द वल्र्ड बोर्डर’ले राजधानीले सके विश्व नभए निकटका छिमेकीसँग आवागमन र पारवहन पहुँच राख्नुपर्छ भन्छ । हंगेरीको बुढापेस्ट, क्यानडाको अट्टवा, फ्रान्सको पेरिस, जर्मनीको बर्लिन, बेलायतको लण्डनलाई विविध शोधले संसारका उत्कृष्ट राजधानी मान्छन् । तिनीहरूको समुचित अध्ययन नयाँ राजधानी निर्माणमा सहयोगी बन्नसक्छ ।
कुनै एक ठाउँलाई प्रशासनिक राजधानी तोकेपछि अन्य शहरलाई अन्य विधाको राजधानी तोक्न सकिन्छ । क्लाउस जर्गेन नेगेलको सम्पादन रहेको पुस्तक ‘द प्रोबल्म अफ क्यापिटल सिटी’ले देखाएका आधार र सत्यताको सूक्ष्म आत्मसातले सही राजधानी तोक्ने कुरामा सहयोग गर्नसक्छ ।
कुनै शहरलाई औद्योगिक राजधानी बनाएर उद्योग, कलकारखाना तथा व्यावसायिक गतिविधिको मात्र विकास गनुपर्छ । अर्को कुनै शहरलाई शैक्षिक राजधानी बनाउँदै शिक्षाका आवश्यक पूर्वाधार तयार गर्ने अनि अर्को कुनैलाई स्वास्थ्य राजधानी तोकेर अस्पताल र स्वास्थ्य उपचारसँग सम्बन्धित कुराको मात्र विकास अनि विस्तार गर्दा राम्रो हुन्छ । कला, पर्यटन, संस्कृति, साहित्यका, खेलकुद, सङ्गीतका फरक राजधानी राख्नुपर्छ । उद्योगधन्दा र कलकारखाना भएको ठाउँमा हुने ध्वनिले बालबालिकालाई अध्ययन गर्ने शान्त वातावरण दिँदैन । अस्पतालको समीपमा हुने विद्यालयका विद्यार्थीमा बिरामीको भिडका कारण सकारात्मकभन्दा नकारात्मक सोच बढ्नसक्छ । तर क्षेत्रगत राजधानी तोकेमा सबै शहरको विकास हुन्छ । क्षेत्र विशेषका सेवा, सुविधा तथा पूर्वाधार निर्माण सहज बन्छ । समन्वयको अभाव तथा परस्पर विरोधी गतिविधि कम हुन्छन् । सेवा प्रवाहमा एकअर्काबाट अवरोधको सम्भावना रहँदैन ।
तसर्थ राजधानी स्थापनामा कसैको अभिमान, प्रभाव वा दबाबको सट्टा सम्पूर्ण प्रदेशका आम नागरिकको शान अभिवृद्धिको लक्ष रोजीनुपर्छ । बहुल राजधानीबाट सबै क्षेत्र तथा नागरिकको यथोचित विकास खोजिनुपर्छ ।

 प्रकाशित मिति: २०७४/९/१७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना