आउन थाले लाङ्टाङमा पर्यटक

हेमनाथ खतिवडा

 

रसुवा, पुस १८ गते । हिमाली प्रकृतिको दृश्यको रमणीयतासँग रम्न लाङ्टाङ आउने पर्यटकको आवतजावत सहज बनाउन आवास तथा पैदलमार्ग बनाउने कार्य भएपछि यहाँ पर्यटक आवागमनमा वृद्धि भएको छ ।
२०७२ वैशाख १२ को भूकम्पले पर्यटकीय क्षेत्र तहसनहस भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वय र स्वदेशी एवं विदेशीको सहयोगमा लाङ्टाङ पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढेपछ पर्यटकको सङ्ख्यामा पनि वृद्धि भइरहेको लाङ्टाङ पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो । भूकम्पले हिमाल हल्लाएपछि तत्कालीन अवस्थामा मानवविहीन हुन पुगेको लाङ्टाङ क्षेत्र समयमै भएको पुनर्निर्माण कार्यले अहिले दैनिक सयभन्दा बढी विभिन्न देशका पर्यटक लाङ्टाङ तथा क्याङ्जेन भ्याली पुग्ने गरेका छन् ।
पहिलो चरणमा नेपाली सेनाले वृद्धिमको खाम्जिङ, शेर्पागाउँ, रिमिचे हँदैक्याङ्जने भ्यालीसम्म पैदलमार्गको मर्मत र पुनर्निर्माण गरेको थियो । दोस्रो चरणमा सरोकारवाला निकाय विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहल र सहयोगमा लाङ्टाङबाट विस्थापित स्थानीयलाई घर फर्काउने काम भएको थियो ।
भूकम्पका कारण वैशाखमा विस्थापित स्थानीय बासिन्दा असोजको पहिलो साता हेलिकोप्टरबाट फिर्ता आएका थिए । भूकम्पको बेला नेपाली सेनाको एमआई हेलिकोप्टरले उद्धार गरेको थियो । लाङ्टाङ खोलामा पुल निर्माण भएपछि अहिले स्थानीय लाङ्टाङवासीको आगमनमा सहज भएको छ । दुई मिटर चौडाइ र २७ मिटर लामो फलामे टसपुल ४० लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । langtang
भूकम्पको असरले लाङ्टाङ गाउँभन्दा माथि समुद्री सतहदेखि छ हजार दुई सय मिटरमाथिको पेच्छेताल फुटी आएको हिमपहिरो झरी लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा एक सय ७५ जना स्थानीय र १० जना नेपाली सेना र केही विदेशी पर्यटकसमेतको मृत्यु भएको थियो ।
स्थानीय सुब्बा लामाले भूकम्पको दुःख सम्झदै भन्नुभयो, कतिका सन्तान नै मृत्यु भयो, त्यो चोट बिर्संदै स्थानीयले जीविकोपार्जनका लागि पर्यटन व्यवसायमा पुनः फर्किएर होटेल, लज र ठाउँठाउँमा चिया पसल खोलेर सेवा दिइरहेका छन् । जीविका चलाउन केही गर्नुपर्छ, खेती तथा अन्य कुनै स्रोत छैन, विदेशी पर्यटक लक्षित व्यवसायमा निर्भर छन्, उहाँले भन्नुभयो ।
अहिले खाम्जिङ, शेर्पागाउँ, बम्बो, रिम्चे, लामाहोटेल, घोडातबेला, लाङ्टाङ, क्याङ्जेनमा होटेल–लज सञ्चालन भइसकेका छन् । भूकम्प जाँदा लाङ्टाङवासी धेरै आत्तिएका थिए । नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ मानवविहीन भन्ने समाचारले चर्चा पायो तर हाम्रो बासस्थान सुरक्षित पानुपर्छ, सबैको भावना जाग्यो, दाता खोजे, जिल्लाको सरोकारवालासँग समन्वय गरी अगाडि बढे, युवाकै हिम्मतबाट लाङ्टाङको पर्यटकीय सुन्दरता बढ्यो । अहिलेका पर्यटक पुरिएको लाङ्टाङ हेर्न पर्यटक बढी केन्द्रित हुने गरेको अध्यक्ष तेम्बाले बताउनुभयो । अहिले सुरक्षित अवस्थामा रहेको लाङ्टाङ क्षेत्रमा पर्यटक आगमन सुरु भएको स्थानीय गोसाइकुण्ड गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुप्पा लामाले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना