जिफन्टको महाधिवेशन चैतमा

gifontकाठमाडौँ, पुस १९ गते । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ । जिफन्टको सोमबार बसेको राष्ट्रिय कमिटी बैठकले चैत १४–१७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । 

महाधिवेशनको नारा सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग तय गरेको सो संस्थाले जनाएको छ । राष्ट्रिय कमिटी बैठकले आगामी मार्च ८ तारिखमा महिला सम्मेलन र फेब्रुअरीमा युवा सम्मेलन आयोजना गर्ने निर्णय भएको महासचिव विष्णु लम्सालले जानकारी दिनुभयो ।
त्यसैगरी जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । आयोगले अनावश्यक ढिलाइ गरेर सरकारको प्रवक्ताको भूमिका निर्वाह गरिरहेको बैठकले आरोप लगाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना