सुधारोन्मुख पर्यटन क्षेत्र (सम्पादकीय)

सन् २०१७ नेपाली पर्यटन क्षेत्रका लागि उत्साहजनक रह्यो । यो वर्ष अहिलेसम्मकै सबभन्दा बढी अर्थात् नौ लाख ४० हजार २१८ विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा २० प्रतिशत अर्थात् एक लाख ८० हजारले बढी हो । यसको अर्को सकारात्मक पक्ष के हो भने छिमेकी मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । यो वर्ष भारतबाट सबभन्दा बढी एक लाख ६० हजार ८३२ पर्यटक भित्रिएका छन् । दोस्रोमा चीनबाट एक लाख चार हजार ६६४ र पाँचौँ स्थानमा रहेको श्रीलङ्काबाट ४४ हजार ३६१ आएका छन् । तेस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाबाट ७९ हजार १६४ जना आएका छन् । देशको राजनीतिक अवस्थामा सुधार भएर स्थायित्वतर्फ अगाडि बढेको र भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणले गति लिएका कारण पर्यटन क्षेत्रमा सुधार देखिएको हो । 

पर्यटन क्षेत्र एक महìवपूर्ण उद्योगकै रुपमा स्थापित भइसकेको छ । नागरिकको जीविकोपार्जन र रोजगारीका अवसर वृद्धिमा यसको योगदान उच्च छ । कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २०७१÷७२ मा २.५ प्रतिशत रहेकामा २०७२÷७३ मा १.९ प्रतिशत रह्यो । यस क्षेत्रबाट २०७२÷७३ मा ५३ अर्ब ४२ करोड ८० लाख रुपियाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो, जुन कुल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा २० प्रतिशतभन्दा बढी हो । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएको छ । यसैले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिँदै आएको छ तर यसले अपेक्षा र सम्भावना अनुसार प्रतिफल दिन भने सकेको छैन । सन् १९९८ मै पाँच लाख पर्यटक भिœयाइसकेको हो । विदेशी पर्यटकको सङ्ख्या सन् २०१२ मा आठ लाखभन्दा माथि पुग्यो तर त्यसपछि क्रमिक रुपमा ह्रास आउँदै भूकम्प आएको वर्ष २०१५ मा साढे पाँच लाखभन्दा तल झरेको थियो । सन् २०११ को अवस्थाबाट वर्षेनि १० प्रतिशतका दरले वृद्धि दर कायम हुन सकेको भए नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या अहिलेसम्म १३ लाखबाट उकालो लागिसकेको हुनेथियो । त्यसैले २०१७ को पर्यटक सङ्ख्या अघिल्लो वर्षको तुलनामा सुधार देखिए पनि यो वास्तविक नेपाल भित्रिनुपर्ने सङ्ख्याभन्दा निकै कम हो । यो वर्षको पर्यटक आगमन २०१२ को भन्दा थोरैले बढी मात्र हो । मुुलुकमा तयार भएको पर्यटन पूर्वाधारको हिसाबमा पनि यो सङ्ख्या कम हो । आ.व. २०७३÷७४ मा मुलुकभरका साना, ठूला होटलमा गरी ६७ हजार ४८९ शय्या उपलब्ध छन्, जुन वार्षिक २५ लाख पर्यटकका लागि पर्याप्त हुन्छ ।
नेपालमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि विभिन्न कारणले शिथिल बन्दै आएको छ । हवाई सेवामा विस्तार तथा सुधार, होटल सङ्ख्यामा वृद्धि, पर्यटन प्रवद्र्धनमा सरकारी तथा निजी क्षेत्रको प्रयास हुँदाहुँदै पनि कहिले सशस्त्र द्वन्द्व त कहिले राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपजस्ता कारणले पर्यटक आगमनमा सोचे अनुसार वृद्धि हुन सकेको छैन । राष्ट्रिय पर्यटन रणनीतिक योजनाले सन् २०२० सम्म २० लाख र २०२५ सम्म २५ लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न अहिलेको वृद्धि दरले सम्भव छैन । त्यसैले पर्यटक आगमनको वृद्धि दरलाई अभैm बढाउन सरकार र निजी क्षेत्रले प्रयास गर्नुपर्छ । पर्यटकको बसाई अवधि लम्ब्याउन पनि प्रयास गरिनुपर्छ । पोखरा, सौराहा, लुम्बिनीमा धेरै पर्यटक केन्द्रित भइरहेका छन् । अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ । निजी क्षेत्रको लगानी बढिरहेको अवस्थामा सरकारी क्षेत्रबाट पर्यटकीय पूर्वाधार विस्तार गर्न थप प्रयास आवश्यक छ । आन्तरिक तथा बाह्य हवाई सेवा विस्तार, विमानस्थलमा गुणस्तरीय सेवा प्रदान गर्ने लगायतका काम प्राथमिकतामा रहनुपर्छ । सबभन्दा महìवपूर्ण कुरा मुलुकमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षाको बलियो प्रबन्ध हुनुपर्छ ।

 प्रकाशित मिति: २०७४/९/२०

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना