जनता ‘जनार्दन’ भएका बेला

आनन्द थापा

सङ्घीय गणतन्त्र नेपालको प्रथम निर्वाचन परिणामसहित सम्पन्न भइसकेको छ । अब नेपालको राष्ट्रिय राजनीतिले नयाँ कोल्टे फेर्ने सङ्केत देखापरेको छ । तथापी, मेरा पिताजी शहीद क्याप्टेन यज्ञबहादुर थापाले देख्नुभएको सपना पूरा हुने प्रत्भूति चाहिँ अझै भइसकेको छैन । पूर्ण रूपको राजनीतिक स्थिाता, शान्ति र मिलेर देश विकास गर्ने एक भावना विकसित नहुँदासम्म शहीदका सपना पूरा हुँदैनन् पनि । यस्तो हुँदाहुँदै पनि हालै सम्पन्न निर्वाचन विवेच्य विषय भने अवश्य भएको छ । हिजोसम्मको राजनीतिक कोर्समा एउटा नयाँ पाठ्यक्रम थपिएको छ ।
नयाँ संविधान अभ्यासको प्रारम्भ
निर्वाचन ०७४ मा ‘वाम गठबन्धन’
‘लोकतान्त्रिक गठबन्धन’ बीच प्रतिस्पर्धा भएर झण्डै–झण्डै दुई दलीय व्यवस्था देखिएको छ । पहिलो संविधानसभाबाट नयाँ संविधान लेख्ने काम भइरहेको बखत विश्वलाई विकासको एउटा नमुना देखाएर चर्चित भएका मलेसियाका शासक मोहम्मद महाथीर नेपाल भ्रमणमा आएका थिए । त्यसबखत उनले नेपालका नेतहरूलाई दुई दलीय व्यस्थामा जान सल्लाह दिएका थिए । महाथीरले दिएको सल्लाहअनुसार नै अहिलेको दुई दलीय अभ्यास त म भनिदन तर लोकतन्त्र÷गणतन्त्र जे भने पनि त्यसको उत्तम अभ्यास भनेको सत्तापक्ष÷प्रतिपक्ष दुवै सशक्त हुनु भन्नेमा आजको चेतनामा विमतिको कुरै भएन । समानुपतिकको परिणामले त्यस्तै देखियो पनि । माओवादी केन्द्रलाई पन्छाएर एमालेसँग मात्रै समानुपतिकको भोट दाँजेर हेर्ने हो भने काँग्रेसले पनि हाराहारीमै पछ्याएको छ । अर्थात् काँग्रेसमा सशक्त प्रतिपक्षी बन्ने बिउ अझै मासिएको छैन । जोगिएको छ भने तथ्यलाई समानुपतिकले बुझ्ने गरी नै देखिइदिएको छ । ठसठसी गन्हाएका नालायक नेताहरूलाई भने जनताले मन नपराएका देखिकै हो ।
पार्टिलाई विर्ता, जमिनदारी, प्राइभेट लिमिटेड र जागिर जस्तो गरेर चलाइरहेकाहरू चुनाव हारे भन्दैमा काँग्रेस नै सकियो ठान्ने भूल कसैले पनि नगरौँ ।
यस निर्वाचनका विविध सैद्धान्तिक राजनीतिक पाटाका विषयमा भविष्यमा छलफल, विचार, विमर्श हँुदै जालान् । यस निर्वाचनबाट केही कहिल्यै भुल्न नहुने पाठ पनि देखापरेका छन् । आउँदा राजनीतिककर्मीले यस्ता पाठबाट शिक्षा लिन चुुक्नुहुन्न भन्ने सन्दर्भमा यहाँ अलिकति पाठकको ध्यान तान्न चाहेको हुँ । धेरै दृष्टिकोणले या निर्वाचन हाम्रो राष्ट्रिय राजनीतिकका लागि महŒवपूर्ण अध्याय हुन पुगेको छ ।
साँच्चै भन्ने हो भने ०४६ को जनआन्दोलनबाट प्राप्त हाम्रो प्रजातन्त्र÷लोकतन्त्र ०५१ को मध्यावधिदेखि नै बहिष्करणमा गएको थियो । ०६३ को जनआन्दोलनबाट पनि त्यो स्वाभाविक प्रकृतिमा फर्किन सकेको थिएन । जुन प्रणालीमा २६ वर्षमा २५ पटक र १० वर्षमा ११ पटक प्रधानमन्त्री फेरिन्छन्, हाम्रो जस्तो विकासमा पछाडि परेको मुलुकमा त्यस्तो प्रणालीलाई प्रजातन्त्र÷लोकतन्त्रको संज्ञा दिनु कविलाई चेतनाको द्योतक मात्र हो ।
विश्वविद्यालयको इतिहास पढाउने प्राध्यापक वर्गतर्फ मेरो यो ताप्पर्य लक्षित छैन । लक्षित त कसैप्रति पनि छैन । मात्र इतिहासको एउटा कालखण्डसँग यो प्रजातन्त्रको कालखण्ड
(०५१–०७४–३२ वर्ण) लाई तुलना गरेर हेर्ने मात्र आग्रह हो । नेपालको आधुनिक इतिहासमा भीमसेन थापाको अन्त्य भएर जङ्गबहादुरको उदय हुनुअघिसम्मको कालखण्ड (१८९४–१९०३) झण्डै दश वर्षलाई इतिहासमा अँध्यारो युग अस्थिरताको युग शीर्षक दिने गरेको पाइन्छ । अर्थात् कलेज विश्वविद्यालयका पाठ्यक्रममा यही छ ।
निर्वाचन ०७४ को पृष्ठभूमि इतिहास अध्ययन आवश्यक भन्ने सन्दर्भमा मात्र यति कुरा आएका हुन् । किनभने इतिहास भनेको कस्तो हो भने यसले आफैँ कुनै पाठ सिकाउँदैन तर पाठ नसिक्नेलाई भने सधैँ खाल्डोमा मात्र पु¥याउँछ । ताप्तर्य इतिहासमा प्रथम प्रतिनिधि प्रान्तसभा चुनावले धेरै नै महŒवपूर्ण पाठ सिकाएको छ । आमनिर्वाचन र मतदाताबीचको सम्बन्ध पनि बडो विचित्रको हुँदोरहेछ । आध्यात्मिक भाषामा अलौकिकजस्तो भन्दा पनि हुन्छ ।
अरू बेला जनता बडो निर्बल, असहाय, दुःखित, पीडित, शोषित, निरीह हुने तर जब चुनाव आउँछ, त्यतिखेर भने एकैपटक ‘जनार्दन’ भइदिने, यसैकारण नै महात्मा गान्धीले ‘जनता’ लाई
‘जनार्दन’ को संज्ञा दिनुभएको रहेछ । झण्डै–झण्डै यसपटकको हाम्रो चुनावमा यस्तो प्रस्टै दखियो पनि । जनता ‘जनार्दन’ भइसकेपछि तिनलाई झुक्याउन मुस्किल हुँदोरहेछ भन्ने पाठ काँग्रेसभित्र हार भोगेका नेतृत्वलाई साक्षात्कार शिक्षा पाठ अवश्य मिलेको हुन्ुपर्छ ।
काँग्रेसका बुजुर्ग र पीडितहरूले के हेक्का राख्न सकेनन् भने ‘ओली–प्रचण्ड’ गठबन्धनलाई ‘अधिनायक वादी’ भनिदिँदा त्यसको प्रत्युत्तरमा देउवा–राणा–थापा’ गठबन्धनलाई ‘प्रतिगामी’ जवाफ आयो भने त्यसको के उत्तर दिने । किनभने नेपाली जनताले ०४६ साल यता ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइरालाको अघिनायकवाद झेलेर, भोगेर दिक्क भएका भए पनि काँग्रेसका पीडित र बुजुर्गहरूले औँल्याएका जस्तो ‘कम्युनिस्ट अधिनायकवाद’ चाहिँ अहिलेसम्म देख्न झेल्न पाएका छैनन् । आममासिनको स्वभाव के हुन्छ भने नदेखेको डरसँग भन्दा देखेका डरसँग बढी तर्सिन्छ । नदेखेको डरको त उसलाई कुनै अनुभव अन्दाज नै हुँदैन । त्यसै कारण मैले भनेको काँग्रेस चुनाव प्रचारका नायक बनेका नेताहरूले वाम गठबन्धनका कारण चुनाव हारियो, जुन भनिरहेका छन्, एकदम गलत भनिरहेका छन् । अन्य पनि धेरै कारण थिए । तीन मुख्य राजनीतिक दलमा दुईटा मिलेपछि एक्लो परेको हार्नु स्वाभाविक थियो ।
सावबाट पात झरेको जस्तो नाङ्गो त ०६४ को संविधानसभा चुनावा पनि भएको थियो तर यसपटक विर्ता र जमिनदारी जसरी पार्टी हालीमुहालीमा रहेका प्राधिकार वर्गको
जुन स्तरको अवस्था देखियो त्यो भने वाम गठबन्धनका कारण नभएर कथित लोकतान्त्रिक गठबन्धनका कारण हो भन्ने मेरो पक्का ठहर छ ।
हिमाली र उच्चा पहाडी भेगको मतदानमा मङ्सिर महिनाको तुसारो र सिरेटोलाई वास्ता नगरेर ७० प्रतिशत हाराहारीमा र कतै–कतै त ९० प्रतिशतसम्म मतदान हुनुलाई संसदीय प्रणालीको दुनियाँलाई नै एउटा रेकर्ड हो । त्यसमा पनि सय वर्ष नाघेका ११५ वर्षसम्म हिँडिरहेकाले देश र जनताको भलो होस् भन्ने आशीर्वाद दिन भनेर छोरा नातिहरूको पिँठ्युमा बोकिएर जोडोले लुगलुग काप्तै चारकोश टाढाबाट मतदान गर्न आउनुभनेको त्यस्तो जनार्दन नभई सम्भव हुन्न ।

 प्रकाशित मिति: २०७४/९/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना