बाढीपीडितलाई राहत दिन एक अर्ब

badhipidit-1काठमाडौँ, पुस २६ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन न्यानो कपडा खरिदका लागि रकम उपलब्ध गराउन गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपियाँको अख्तियारी दिएको छ । 

गत साउनको अन्तिम साता आएको बाढीका कारण पूर्ण रूपमा घर क्षति भएका ४१ हजार ६२६ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपियाँ वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई आइतबार अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भुसालले जानकारी दिनुभयो ।
प्राधिकरणअन्तर्गत बाढी पुनःनिर्माण तथा पुनःस्थापना आयोजना प्रमुख डा. सुमन कर्णले बिहीबारदेखि नै प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम वितरणको प्रक्रिया सुरु गरिने बताउनुभयो । तराईमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ, त्यसैले तत्काल राहत स्वरूप घर मर्मत गर्न र न्यायो लुगा खरिद गर्न बजेट विनियोजन गरिएको हो, उहाँले भन्नुभयो ।
बाढीपछिको पुनःस्थापना आवश्यकता आकलन प्रतिवेदनअनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६२६ घरधुरीलाई क्षति भएका घर निर्माण बापत भविष्यमा उपलब्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गर्ने गरी रकम वितरण गर्न लागिएको हो । आयोजना प्रमुख कर्णले तराईमा राहत वितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल भइरहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना