राष्ट्रिय एकता दिवस

Arjun_narsingh_kcअर्जुननरसिंह केसी

 


एक दशकसम्मका निरन्तर प्रयास र सङ्घर्षपछि यसपाली सरकारले पुस २७ गतेलार्ई राष्ट्रिय एकता दिवसको रूपमा मान्यता दिइ सार्वजनिक विदाको घोषणा गरेको छ । यस दिवसको महìव पुनःस्थापित हुनु आपैmँमा निर्विवाद र स्वागतयोग्य निर्णय हो । तथापि यसलार्ई खुलेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपबाट स्वीकार गर्न संकोच गरिएको छ । पृथ्वीनारायण र राष्ट्रिय एकता हाम्रो सन्दर्भमा परस्पर पूरक तथा अन्योन्याश्रित सम्बन्ध राख्दछन् एकबाट अको हटाउँदा त्यो अपूण रहने छ ।
पुस १६ गते नेपाली काङ्ग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवससँग पुस २७ को राष्ट्रिय एकता दिवसले भावनात्मक सामीप्य राख्दछ । राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलार्ई उच्च सम्मान गर्दै उनको निधन भएको दिनलार्ई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने काम सुचारु होस् भनी सरकारलार्ई घच्घच्याउन मसहित मोदनाथ ‘प्रश्रित’, डा. रमेश ढुङ्गेल, प्रा.डा. सुरेन्द्र के.सी, भरत बस्नेत, धर्मराज बराल, खगेन्द्र सिटौला, सोमप्रसाद पाण्डे, पेशल निरौला नुवाकोटको पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्द चित्रकार र नागरिक समाजका अगुवालगायतले विभिन्न कार्यकालका प्रधानमन्त्रीसँग लिखित तथा मौखिक आग्रह गर्दै आएका हाँै । नागरिक समाज बुद्धिजीवी र आमजनताको अथक प्रयास र मिहिनेतले अन्ततः सार्थकता पाएको छ । राष्ट्रिय एकता दिवसको सन्दर्भले हामीलार्ई आफ्नो इतिहास एकपटक स्मरण गर्न उत्प्रेरित गर्छ भने यसलार्ई अक्षुण्ण राख्न जिम्मेवार बनाउँछ ।
एकीकृत राष्ट्र निर्माण अभियानका नायक पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको तथ्य इतिहासले बताएको छ । सुविधा र उपकरण शुन्य रहेको त्यो युगमा राज्य एकीकरण गर्नु लरतरो काम थिएन । एकीकरण अभियानमा व्यूह रचना, हतियारको जोहो र योजनाबद्ध तयारीको पक्ष मैदानमा युद्ध लड्नु जत्तिकै महìवपूर्ण कुरा हो । यावत कमी र कठिनाइबीच अदम्य साहसको पँुँजीले एकीकरण अभियान चलिरह्यो । एकीकरणबाट नेपाल राष्ट्रको नाम भयो भने गोर्खाली साहस र बहादुरीको पर्यायवाची विशेषणका रूपमा विश्व प्रख्यात भयो ।
वि.सं. १८३१ मा पृथ्वीनारायणको निधनपछि पनि सुगौलीको सन्धि (वि.सं. १८७३) नहुन्जेलसम्म पूरा ७१ वर्ष लामो वीरतापूर्ण अभियानबाट मात्र आजको नेपाल, एउटा स्वाधीन राष्ट्रको रूपमा उदय भएको हो । तत्कालीन हिन्दुस्तानमा मुगल साम्राज्य अस्ताउँदै गएको ऐतिहासिक संक्रमणकालीन युगमा हिन्दुस्तानी सत्तामा अंग्रेजको वर्चश्व र औपनिवेशिक साम्राज्यवादी हालिमुहाली बढ्दै गएको अवस्थामा यता आधुनिक एकीकृत नेपाल राष्ट्र निर्माणको आवश्यकता थियो । अन्यथा नेपाल आजकै मानचित्र र स्वाधीन अवस्थामा रहने थिएन । यसलार्ई केबल राजा वा राज्यको द्वन्द्वको इतिहासका रूपमा हेर्नु शक्तिकेन्द्रित साम्राज्यवादी वा सामन्तवादी दृष्टिकोणद्वारा विश्लेषण गर्नु राष्ट्र निर्माणप्रति भ्रामक र अन्यायपूर्ण मूल्याङ्कन हुनेछ । बरु लिच्छवि कालदेखिकै आमचाहना र युगको प्रसव वेदनालार्ई मूर्त रूप दिने ऐतिहासिक नायकको रूपमा पृथ्वीनारायणलाई लिनु उचित हुन्छ ।
विश्वका अन्य मुलुकमा पृथ्वीनारायण शाहजस्तै राष्ट्र एकीकरणका नायकको गौरवमय इतिहास छ । इसापूर्व तेस्रो शताब्दीतिरका चीनका सम्राट ‘चिन शिह ह्वाङ््–ती’ ‘छिन्वंश’ का पहिलो सम्राट थिए, जसले छरिएर रहेका ७ मुख्य राज्यलार्ई युद्ध द्वारा एकीकरण गरेको, चीनको विशाल पर्खाल निर्माणको सुरुआत, नाप–तौल र सिक्काको मापन निर्धारण र लिखित भाषाको प्रारम्भ गरेको श्रेय उनैलार्ई दिइन्छ । उनैको नामबाट आधुनिक चीनको नामकरण भयो । १९७४ मा चीनका किसानले सम्राट ‘चिन’ बारेका पुराताìिवक सामग्री फेला पार्दाको सन्दर्भमा माओत्से तुङ्ले भनेका थिए, “सम्राट चिन शिह ह्वाङ्–तीविरुद्ध शेखी गरेर के हुन्छ ? उनले जम्मा ४६० जना कन्फ्युसियसपन्थी विद्वानहरूलार्ई मारेका थिए, तर हामीले ४६ हजार बुद्धिजीवीलार्ई मा¥यौँ । ” माओले कहिल्यै चीनको नाम परिवर्तनको कुरा गरेनन् ।
सोह्रौँ शताब्दी (१५३०) तिर मस्कोका ‘महाराजकुमार’ ‘इभान द टेरिबल’का पालामा नै साइबेरिया, कजान, अस्त्राकान आदि ठूल्ठूला भूभाग रुसी साम्राज्यमा समेटियो । इभानले नै रसियालार्ई मध्ययुगीन राज्यबाट बहुजातीय र विभिन्नतापूर्ण साम्राज्यमा परिणत गराए । दोस्रो विश्वयुद्धमा जर्मनीले रुस (सोभियत सङ्घ) माथि हमला गर्न थाल्दा कम्युनिस्ट तानाशाह स्तालिनले समेत राष्ट्रनिर्माता यी जारको अभूतपूर्व प्रशंसा गर्दै ‘जारहरूले एकीकरण गरी खडा भएको रुसी राष्ट्र जोगाउन सम्पूर्ण रसियालीहरू उठ्नुपर्ने’ भाषण गरे । त्यस्तै आसयका सडक–नाटक पनि गराए ।
पृथ्वीनारायण शाहको निन्दा गर्ने ‘क्रान्तिकारी’हरूले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले पृथ्वीनारायण शाहले तत्कालीन राष्ट्रिय, सामाजिक र दक्षिण एसियाली क्षेत्रीय आवश्यकताबाट राज्यहरूको एकीकरण गरेर नेपाल राष्ट्रको निर्माण गरेका हुन् भनी लेख लेखेको हेरून् पुष्पलाल ः छानिएका रचनाहरू, भाग ९ पृ. १५६–१५९ । परिवर्तनकारी सच्चा लोकतन्त्रवादीले राष्ट्रिय पहिचान र राष्ट्रियताको महìव बुझ्नुपर्छ । नत्र लोकतन्त्र कहाँ स्थापित गर्ने ? क्रमभङ्गताको नाममा राष्ट्रिय परम्परा, मर्यादा, धर्म र संस्कृतिमाथि प्रहार गर्दै राष्ट्रिय विभूतिको शालिक तोड्ने ध्वंसको क्रमले राष्ट्रिय एकता र सद्भावना कायम हुँदैन, समृद्धितर्फ उन्मुख भइन्न, राष्ट्रिय पहिचानलार्ई जीवन्त राख्न सकिँदैन ।
जर्मनीका राजनेता ओटो फन विस्मार्कले सन् १८६० देखि १८९० को अवधिमा जर्मनीलार्ई पहिलो कल्याणकारी राज्यको रूपमा सिर्जना गरे, श्रमिक वर्गको समर्थन पाउने ध्येयका साथ । जर्मनहरू विस्मार्कलार्ई राष्ट्र रचनाको साथै जर्मनीको आधारशिला तयार गर्ने १९ औँ शताब्दीका विश्व प्रतिष्ठित राजनेता मान्दछन् । पादरीहरू मिथ्याका अवतार हुन् भन्ने इटलीका जनरल तथा राजनीतिज्ञ जिउसेप्पी ग्यारिवाल्दी (सन् १८०७–१८८२) लार्ई, क्यामिलो काबुर, भिक्टर इम्मानुएल द्वितीय, जिसेप्पी मेज्जिनीसँगै ‘पितृभूमिका जनक’ मानिन्छ । इटालीमा उनको ठूलो सम्मान छ ।
लिच्छविकाल, जसलार्ई नेपाल राष्ट्रको इतिहासमा स्वर्ण युग भनिन्छ, त्यसमा पनि मानदेवको पालातिरै राष्ट्र एकीकरण कायम गनुपर्ने आवश्यकता महसुस भएको तथ्य इतिहास बताउँछ । किनकि नेपाल नामकरण नभएको त्यस युगमा छरपस्ट पहाडी राज्य पाँच समूहमा विभक्त थिए–(१) ‘तीन शहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौँ उपत्यकाका राज्य समूह, (२) गण्डकी प्रदेशमा अवस्थित पाल्पा तथा लमजुङ अन्तर्गतका चौबीस राज्यको समूह (३) कर्णाली क्षेत्र स्थित हुम्ला–जुम्ला राज्यअन्तर्गत पर्ने बाइसे राज्य समूह,
(४) पूर्वमा कोशी नदी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रूपमा रहेका एघारवटा राजौटा समूह, जसलार्ई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य–समूह’ भन्नेगरेका छन्, र (५) सुगौलीको सन्धिपछि गुमेका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ (सिक्किम) र त्यस अन्तर्गतका राज्य समूह । लामो ऐतिहासिक प्रक्रिया र सामाजिक रूपान्तरणद्वारा यी राज्यको स्थापना भयो । मध्ययुगतिर काठमाडौँ उपत्यकामा टोले तथा ग्रामीण सरदार र पश्चिममा भुरेटाकुरे शक्ति विकसित भएका थिए । कालक्रममा तिनको ठाउँ बाइसे, चौबीसे आदि राज्य–समूहले लिए ।
राष्ट्र निर्माणको शुभारम्भ वि.सं. १८०१ मा नुवाकोटबाट भयो । नुवाकोट कब्जा नगरी काठमाडौँ र भोटका बीचको व्यापार–कारोबार नियन्त्रणमा आउन नसक्ने रणनीतिक महìवले गर्दा नै निर्णायक आक्रमण गर्न शुपाघाट तरेर चारै दिशाबाट घेरा हालियो । दिव्य उपदेशमै उल्लेख छ, ककनी र शिवपुरीमा सिपाही तैनाथ गरी मोर्चा बाँधियो । नुवाकोट बजारभन्दा उत्तर–पश्चिम ओखती पानी तर्फबाट स्वयं पृथ्वीनारायण आक्रमणमा आएका थिए भने उनका भाइ दलमर्दन शाहले गेर्खु तिरबाट, अशोकबाटीका तिरबाट कालु पाण्डे, धरमपानीतिरबाट यशोब्रह्म शाहले आक्रमणको कमाण्ड गरेका थिए । त्यो नै नुवाकोट विजयको अन्तिम युद्ध थियो । यी चारै दिशामा ऐतिहासिक मार्ग निर्माण गरी नुवाकोट–दरबारलार्ई केन्द्रस्थल बनाउनु आवश्यक छ । यसलार्ई ऐतिहासिक, पुराताìिवक, सांस्कृतिक एवं पर्यटकीय महìवको सम्पदास्थलको रूपमा विकास गर्न म शहरी विकासमन्त्री हुँदा नै सम्पदा वस्ती विकास कार्यक्रम पारित भएको छ र यसका लागि निरन्तर घच्घच्याउने काम सुमन पाण्डेजीले गर्नुभएको मलार्ई सम्झना छ । त्यसै समयमा यहाँ एक संग्रहालयको स्थापनाका लागि उक्त मन्त्रालयको गुरुयोजनामा समावेश गरी प्रारम्भिक बजेट निकासा भइसकेको छ ।
नुवाकोटको सफलतापछि नेपालको राजधानी त्यहीँ भयो । पृथ्वीनारायणले उत्तरतिरको एकीकरण विस्तारको खाका र जीवनको अन्त्यमा दिएको ‘दिव्यउपदेश’ नुवाकोटमै लिपिबद्ध गरिएको हो । राष्ट्र एकीकरणको वीरताले नेपालीलार्ई हिन्दुस्तान र विश्वभरि ‘गोर्खाली’ पहिचानका साथ सुपरिचित गरायो, जुन पहिचानको साख र भरोसा आजतक यथावत छ । दिव्य उपदेशमा “यो राज्य चार जात छत्तीस वर्णको साझा पूmलबारी हो” भनी आजको समावेशी राज्यको अवधारणालाई उनले त्यही युगमा स्थापित गर्ने सोच लिएका थिए । ‘गोरखा’ लार्ई उनले एकीकृत राष्ट्रको नामकरण गरेनन् । छोराहरूले काठमाडौँ उपत्यकाका राज्यहरू भाग लगाएर शासन गर्न माग्दा उनले राज्य बाँड्ने होइन जोड्ने हो भनी इन्कार गरे । एकीकरणका लागि उनले हतियार मात्र उठाएनन्, धेरै राजा रजौटासँग नयाँ राज्य व्यवस्थाअन्तर्गत चल्न कूटनीतिक सम्झौता र साइनो–सम्बन्ध बनाए ।
उनले राज्य जोड्ने कामसँगै राज्यमा थिति बसाल्ने काम पनि गरे । दिव्य उपदेशमै लेखिएको छ, गोर्खाका राजा राम शाहलगायत काठमाडौँका जयस्थिति मल्ल र महिन्द्र मल्लले बाँधेको थिति हेरी त्योभन्दा उत्कृष्ट थिति बसाल्ने ‘अभिलाषा’ उनले लिएका थिए । उद्योग, खानी, खेती, सेना तथा युद्धनीति, छिमेकी राज्यसँगको सम्बन्ध आदि तत्कालीन नेपालका यावत पक्षलार्ई दिव्य उपदेशले छोएको छ, जो आज पनि त्यत्तिकै सान्दभिक छ ।
वि.सं. १८३२ को मंसिर मध्यतिर पृथ्वीनारायण नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही पुस २७ गते बिहान सात बजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले दिएको ‘दिव्यउपदेश’ चारजना भारदारहरूले टिपेका थिए ।
पृथ्वीनारायण शाह राजाभन्दा बढी राष्ट्र निर्माता हुन् भन्ने मेरो विश्वास र विवेक कहिल्यै पनि डगमगाएन । आफ्नो अन्तरआत्माले ठहराएको सत्यको पक्ष लिँदा कसले के भन्ला भनेर मैले वास्ता गरिन । उनी निधन भएको नुवाकोटको देवीघाटस्थित शालिक २०६२ सालमा तोडफोड गरियो । नुवाकोट, सिंहदरबारलगायत देशका विभिन्न स्थानमा राखिएका उनका शालिक सशस्त्र द्वन्द्वको क्रममा तोडफोड गर्ने हर्कत हुँदा मैले त्यसको जोडदार विरोध गरेको थिएँ । २०६३ को पृथ्वी जयन्ती मनाउन स्व. मदनमान सिंह खड्का, सोमप्रसाद पाण्डेलगायतका साथीसहित स्थानीय जनसमुदायको ठूलो जमघट हुँदा कार्यक्रम गर्न दिइएन, आक्रमण गरी लखेट्ने र भगाउने काम भयो । त्यसपछि उहाँहरू मेरो सम्पर्कमा आएर त्यो खेदजनक घटनाको सम्पूर्ण विवरण बताउनु भयो । २०६४ को पृथ्वी जयन्ती कार्यक्रम मेरो उपस्थितिमा भव्य रूपबाट मनाइयो । तर कुनै पार्टीको सहभागिता रहेन । त्यसपछि यो क्रम निरन्तर जारी छ ।
शालिक पुनःनिर्माण गरियो र २०६६ सालको कार्यक्रममा तत्कालीन संस्कृति मन्त्री मिनेन्द्र रिजाललार्ई सरिक गराई सरकारी स्तरबाट प्रथम पटक मान्यता प्राप्त भयो । तत्पश्चात् यसलार्ई पुनस्र्थापित गर्ने प्रतिबद्धताका साथ म निरन्तर रूपबाट यस अभियानमा सरिक रहेँ । सरकारमा, संसद्मा वा सार्वजनिक रूपबाट यसबारे आफ्ना प्रयास जारी राखेँ । त्यस समयमा पृथ्वीनारायण शाहको नाम लिनु पनि राजनीतिक अपराध वा प्रतिक्रान्तिको चेस्टाजस्तो आक्षेप लगाइन्थ्यो । तर यसका बाबजुद अनेकौँ आरोह–अवरोह पार गर्दै पृथ्वी जयन्तीको परम्परा फेरि स्थापित भएको छ । यो अत्यन्त सुखद पक्ष हो ।
लेखक नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।

 प्रकाशित मिति: २०७४/९/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना