अनलाईन पत्रकारितालाई ब्यवस्थित गर्नुपर्ने-सूचनामन्त्री बस्नेत

sanchar mantri mohan bahadur basnet onlaine newsko chata sangathanko rastriya onelaine patrakar sangha _nojako doshro barsikotsab samarohama udhami kalpana yakthumbalai samman garnuhudai photo by kabita thapa

गोरखापत्र समाचारदाता
काठमाडौं, पुस २७ गते । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनलाईन पत्रकारितालाई ब्यवस्थित गर्नुपर्ने धारणा राख्नुभएको छ ।
बिहीबार यहाँस्थित राष्ट्रिय अनलाइन पत्रकार संघद्वारा गरिएको ‘पर्यटनमा अनलाईनको महत्व’ विषयक अन्र्तक्रिया कार्यक्रममा उहाँले उक्त भनाई राख्नुभएको हो ।
मन्त्री बस्नेतले अनलाईन मिडियालाई ब्यवस्थित गर्न सरकारले तयारी गरिरहेको जानकारी दिनुहुँदै अनलाइन पत्रकारिता संसारमै सर्वश्रेष्ठ हुने दिशामा रहेको बताउनुभयो ।
उहाँले नेपालमा धेरै अनलाईनहरु दर्ता रहे पनि खासै धेरैले नेपाली पत्रकारिताको क्षेत्रमा सेवा गर्न नसकेको बताउँदै धेरै अनलाईनहरुलाई ‘च्याँखे’ अनलाईनको संज्ञा दिनुभयो ।
सरकारी प्रवत्ता पनि रहनुभएका मन्त्री बस्नेतले राष्ट्रिय चलचित्र बोर्डमा पहिलो पटक महिला प्रमुख बनाएको बताउनुभयो ।
उहाँले नेपाली कलाकारहरुले पनि उच्च शिक्षा लिएको थाहा पाएकाले चलचित्रको ज्ञान भएकै महिलालाई उक्त बोर्डको नेतृत्व गर्न दिएको स्पष्ट पार्नुभयो ।
मन्त्री बस्नेतले पर्यटनको विकासको लागि नेपालसम्बन्धी विभिन्न जानकारी अनलाईनमार्फत् विश्वसामू पु¥याउने सकिने धारणा राख्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना