प्रवासी मजदुरलाई पीडैपीडा


मधुसूदन ओझा

 

कोरियामा इपिएसका खराब नीतिका कारण प्रवासी मजदुर दिनप्रतिदिन पीडित हुँदै गइराखेका छन् । हाल कोरियामा काम गर्न आउने प्रवासी मजदुरको सङ्ख्या बढ्दो क्रममा छ । सङ्ख्या बढेसँगै समस्या पनि चार गुना बढी नै राखेका छ्न । इपियस मा सबै अधिकार रोजगारदातालाई मात्र दिएर प्रवासी मजदुरलाई आफूखुशी कम्पनी परिवर्तन गर्नबाट वञ्चित गराएर मजदुरका हक अधिकारमाथि कुठाराघात गरेका कारण रोजगारदाताबाट प्रवासी मजदुरले शोषितपीडित भएर भन्दा पनि न्यूनस्तरको जीवन आयपन गर्नु परेको हो । कोरियामा कार्यस्थलमा प्रवासी मजदुरले भोग्नु पर्ने मुख्य पीडामध्ये कुटपिट, गालीगलौच गर्ने, अभद्र व्यवहार गर्ने, श्रम सम्झौता विपरीत काममा लगाउने, काम गरेबापतको उचित ज्याला नदिने झन् कृषितिर त विकराल समस्या छन् । दिनहँु १६ घण्टा काम लगाएर महिनाको ३० दिन काम गरेर तलबसम्म नपाउने प्रवासी मजदुरको सङ्ख्या धेरै छ ।
कृषितिर बस्ने ठाउँ प्राय फिनिल हाउसभित्रको थोत्रा कन्टेनरमा व्यवस्था गरेको हुन्छ । जुन ठाउँमा मान्छेहरू त के जनावरले समेत बस्ने योग्य हुँदैन त्यसमा पनि महिनाको ३ ÷४ लाख वन भाडा तिर्नुपर्ने हुन्छ । ट्वाइलेट बाथरुमको उचित व्यवस्था हँुदैन किचन (भान्सा कोठा) बाहिर खुला आकाश मुनि प्रयोग गर्न विवश प्रवासी मजदुर छन् । कार्यस्थलमा रोजगारदाताले प्रवासी महिला मजदुरमाथी अभद्र व्यवहार गर्दछन् । प्रवासी मजदुरले कोरियन महिलालाई होटेल
(गेस्ट हाउस) सोधेवापत जेल जानुपर्छ भने प्रवासी महिला मजदुरमाथि रोजगारदाताले गर्ने अभद्र व्यवहारका लागि भने ठूलै प्रमाण जुटाउनुपर्ने हुन्छ । कानुनले पनि यसरी प्रवासी मजदुर जति पीडित भए पनि पीडितको पीडालाई बेवास्ता गरेको छ कोरियामा । इपिएसका खराब नीतिका कारण रोजगारदाताले प्रवासी मजदुरलाई एउटा स्थानमा ल्याएर, एउटा काम भनेर ल्याएर अर्कै काममा लगाउने गरेका छन् । यसो पीडा भोग्ने कतिपय प्रवासी मजदुर रोजगारदाताले देखाउने डर त्रासका कारण अगाडी आउन सकेका छैनन् । आफूमाथि हुने दुव्र्यवहारका लागि रिपोर्ट गर्न कोसिस गर्ने प्रवासी मजदुरलाई रोजगारदाताले अनेकौँ धम्की दिनुका साथै आज्ञाकारी दास भएर बस्न मानेन भने तीन वर्षपछिको एक वर्ष १० महिनाको कार्यकालका लागि रोजगारदाताद्वारा थप्नु पर्ने बोनस भिसा नथपी दिने र फलस्वरूप धेरै प्रवासी मजदुरले आफ्नो कार्यकाल पूरा नगरी कुनै स्वदेश फिर्ता हुनुपर्ने र कैयाँै मजदुरले विना भीसा बस्न बाध्य हुनुपर्छ । उसो त काम मन परेन र काम गर्न असमर्थ भएमा झुटो आरोपमा गैरकानुनी बनाई दिने रोजगारदाता छ्न् । कम्पनी परिवर्तनका लागि प्रवासी मजदुरबाट ५० औँ लाख वन लिने रोजगारदाता पनि छन् । कतिपय रोजगारदाताले त प्रवासी मजदुरलाई ल्याएर कम्पनी परिवर्तन गर्नबापत रकम असुल गर्ने धन्दा गर्ने खोलेका छन् ।
प्रवासी मजदुरमाथि रोजगारदाताद्वारा गरिने यस्ता व्यवहारको प्रवासी मजदुरले प्रमाणित गराउन निकै गाह्रो छ । इपिएसका खराब नीतिका कारण सम्बन्धित निकायले पनि रोजगारदाताकै कुरालाई प्राथमिकता दिने गर्दछ । कार्यस्थलमा हुने दुव्र्यवहारमध्ये प्रायः सबैजसो घटना बाहिर आउदैनन् । यसको मुख्य कारण रोजोगारदाताको डर त्रास हो । रोजगारदाताले तलब सम्बन्धी समस्या र अन्य कामसम्बन्धी समस्यालाई लिएर नोदोङ्बु या अन्य सरोकारवाला निकायमा गयो भने गैरकानुनी बनाई दिने र नयाँ कोरिया प्रवेश गरेको प्रवासी मजदुर छ भने कार्ड नबनाई दिने धम्की दिने गरेका छन् । कोरिया आएको ९० दिनभित्र कार्ड बनाउनु पर्ने भए पनि ९० दिनभित्र कार्ड नबने गैरकानुनी नै हुन्छ भन्ने चाहिँ होइन तर पनि रोजगारदाताले भने झुटो डर देखाएर दास बनाएका छन् । कोरियामा प्रवासी मजदुर र अन्य प्रवासीमाथि विभिन्न प्रकारका भेदभाव गर्ने गरिन्छ । कार्यस्थलमा सँगै काम गर्ने कोरियन मजदुरकोभन्दा प्रवासी मजदुरको तलब कम हुन्छ । प्रवासी मजदुरलाई न्यूनस्तरको भनेर हेर्ने गरिन्छ हेप्ने गरिन्छ कतिपय रोजगारदाताद्वारा त्यस्तै प्रकारको व्यवहार गरिन्छ । यदि प्रवासी मजदुरले पनि आफूखुशी कम्पनी परिवर्तन पाउने नियम भएको भए कार्यस्थलमा यसरी पीडित हुनुपर्ने थिएन । कार्यस्थलमा कोरियन सहकर्मीले प्रवासी मजदुरलाई बोलाउँदा उमेरले ठूलो भए पनि सिधै ठाडो भासा प्रयोग गरेर हेपेर बोलाउने गर्छन् भने प्रवासी मजदुरले आफूभन्दा उमेरले सानै भए पनि ठाडो अथवा नाम लिएर बोलाउँदा रिसाउने गर्छन् रोजगारदाताले गर्ने व्यवहार देखेर या रोजगारदाताले कुरा लगाएर उनीहरूले यसो गरेका हुन् । कतिपय कार्यस्थमा कार्यरत आफूभन्दा पद ठूला भएका काम गराउन भनी राखिएका कोरियन सिनियरलाई त रोजगारदाताले जसरी भए पनि कुटपिट गाली गलौच डर त्रास देखाएर भए पनि काम लगाउनुपर्छ प्रवासी मजदुर भनेको खान नपाएर आएको भोको नाङ्गो हुन्छ जति दमन ग¥यो त्यति फाइदा लुटिन्छ भन्दो रहेछ एक जना प्रवासी मजदुरले आफू आफ्नो देशमा अटोबाइकमा बसेको फोटो देखाउँदा तेरो देशमा बाईक पनि छन् भनेर न्यून भावनाले हेपेको पनि छ । यो त सामान्य उदाहरण हो योभन्दा झन् वर्णको हिसाबले जातिको हिसावले उचनिचको भावनाले हेर्ने गरिन्छ । कार्यस्थलमा प्रवासी मजदुरलाई यदि प्रवासी मजदुरले स्वइच्छाले कम्पनी परिवर्तन गर्न पाउने नियम भएको भए यस्तो प्रकारको दुव्र्यवहार सही बस्नु पर्ने थिएन ।
सुरक्षासम्बन्धी आवश्यक उपकरणको कमी र रोजगारदाताको लापरबाहीका कारण कैयौँ प्रवासी मजदुरले औद्योगिक दुर्घटनामा परी अकालमै ज्यान गुमाउनु परिराखेको छ । इपीएसकै खराब नीतिका कारण शोषितपीडित भएर तनावमा आएर आत्महत्याका घटना घट्ने गरेका छन् । इपिएसमा सुधार नहुँदासम्म प्रवासी मजदुरले यस्तै अनेकाँै पीडा सहेर बस्नुपर्नेछ । कोरियामा प्रवासी मजदुरको हक अधिकार सुनिश्चितताको काय भीसा प्रणाली लागू हुन जरुरी छ । प्रवासी मजदुरले आफूखुशी कम्पनी परिवर्तन गर्न पाउने नियमसहितको प्रवासी मजदुरका विभिन्न हक अधिकार सुनिश्चित भएको कानुन हो । यसमा हामीले आफूखुशी कम्पनी परिवर्तन गर्न पाउनुका साथै लामो समय काम गर्न पाउने, परिवार साथमा ल्याउन पाउनेजस्ता अनेकन मजदुर हितैषी माग छन् । यो नियम लागू गराउन दबाब सिर्जना गर्नका लागि प्रवासी मजदुर सबैले प्रवासी मजदुर सङ्गठनको सदस्य बनी एकजुट भएर प्रवासी मजदुर सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रममा ज्यादाभन्दा ज्यादा सहभागी बनेर दबाब सिर्जना गर्न जरुरी छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds