अस्तित्वको रक्षा उहिलेदेखि अहिलेसम्म

purushottam marhatthhaडा.पुरुषोत्तम मरहठ्ठा

 

कुनै पनि देशको शासन व्यवस्थाको आधारशीला राष्ट्रिय एकता हो । जनता विभाजित छन् भने राष्ट्रियता पनि कमजोर हुन्छ । जनताहरू सङ्गठित छन् भने विदेशीले खेल्न पाउँदैनन् । स–साना राज्यलाई एकीकरण गर्दै नेपाललाई बलियो र सङ्गठित बनाई बाइसे र चौबीसे राज्यलाई एउटै नेपालमा एकीकृत बनाउन सफल पृथ्वीनारायण शाहले यो काम अढाइसय वर्ष अगाडि नै गर्दिएर हामीलाई नेपाली हौँ भन्ने गर्व गर्न सक्ने नेपाल दिएकोमा नेपाली हामी उनीप्रति कृतज्ञ बन्नै पर्छ । यो एकीकरणमा नेपालका सबै जनजातिको उत्तिकै रगत पसिना बगाएका थिए ।
मेचीदेखि महाकालीसम्म नेपालको भूगोलमा बस्ने नेपालीले पृथ्वीनारायण र उनीपछि एकीकरणका नायकले सुम्पेको भूगोललाई पुस्तान्तरण गर्दा बेलाबखत झेल्लीखेल भएको थाहापत्तो पाउनैसकेका छैनौँ । नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएकोे संविधान पाइसक्दा पनि संविधानको आशय र मर्मअनुसार राज्य सञ्चालन गर्न अझै पद्धति बसाल्न सकेनौँ । एकीकृत नेपाल बनेपछि केन्द्रीकृत राज्यले जनताको अधिकारमा गरेको कटौती ठानेर हालका वर्षमा राज्य पुनर्संरचनाको सवालमा एकीकरणका युगपुरुषलाई उल्टो संविधानको प्रस्तावनामा केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सर्जना गरेको सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गर्दै भनी उनको नामोनिशान संविधानले देखाउनै चाहेन । संविधानमा चिनाउन नखोजे पनि हरेक नेपालीले गर्व गर्नसक्ने युगद्रष्टालाई कुनै न कुनै तवरले आफ्नो मनमन्दिरमा नराखेको भए उनको महìव अझैसम्म किन रह्यो ? नेपोलियनको आक्रमणका कारण इटालीवासीले एकताको भावनाको अनुभव गर्न पुगेका थिए । कला र विज्ञानले सम्पन्न इटाली त्यस समय विभिन्न टुक्रामा विभाजित थियो । इटालीलाई एउटा सङ्गठित राष्ट्र बनाउन गेरिबाल्डी, र मेज्जीनीकोे निकै ठूलो योगदान रहेको छ जसरी जर्मन एकीकरणमा विष्मार्कको योगदान रहेको थियो । विशाल नेपालको बीजारोपण गर्ने पृथ्वीनारायण शाहलाई नेपालीले पनि अझैसम्म कुनै न कुनै रूपमा आदर र सम्मानपूर्वक सम्झी नै रहेका छन् । भुरे र टाकुरेमा रमाएको नेपालले यत्रो विशाल र सङ्गठित राज्य पाएको यत्रो वर्षसम्म किन विकासमा फड्को मार्न सकेन ? एकीकरण अघि नेपाल कर्णाली क्षेत्रमा २२ वटा र गण्डकी क्षेत्रमा २४ वटा राज्य थिए । पूर्वी क्षेत्रमा सेन राजाका मकवानपुर, विजयपुर थिए । उपत्यकामा कला र संस्कृतिको चरम विकासमा पुगेको नेपालमण्डल कान्तिपुर, भक्तपुर, र ललितपुर एकीकरणपछि खुम्चिएन झन्झन् विकास र विस्तार हुँदै गयो । त्यसबखतको नेपाल लगभग तीन हजार वर्ष अघिको युनानी राज्य जस्तै थियो । नेपालमण्डल आफैँमा आत्मनिर्भर थियो । टुक्रामा विभाजित देश गोलवन्द हुन एउटा नेता र नेतृत्व आवश्यक थियो । राष्ट्र निर्माता पृथ्वीनारायण शाह समयको आवश्यकताले जन्माएको थियो । नेपाल नै नरहेको भए आज कसका लागि संविधान बन्थ्यो ?
एकातिर राज्यको पुनःसंरचना सङ्घीय आधार खोजिएर त्यसैको आधारमा तीन तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । त्यसैले वर्तमानमा राज्यको स्रोतमाथि अधिकतम उपयोग गर्न सकेन भने विभाजित बन्दै गएकाहरू एक ठाउँमा आउन सक्दैनन् । यो निर्वाचनले जनतामा केही आशा पलाएको छ । तसर्थ, पृथ्वीनारायण शाहले लमजुङजस्तो गरुढ बन्न पुगेको राज्यको नजरबाट गोर्खालाई जोगाएर आफू सर्प बन्दै भ्यागुतो खान उपत्यकामा पसेको बिर्सिन मिल्दैन । गोर्खाको आँखा भने भ्यागुताको रूपमा रहेको तीन शहर नेपालमा परेको थियो । दक्षिणको बेलायती साम्राज्यसँग टक्कर लिने भीमसेन थापा, कालु पाण्डे, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता वीरहरू जन्मिए । त्यसपछिका दिनमा दरबारभित्रका स्वार्थी भारदारले यो मुलुकलाई शक्ति राष्ट्रको खेलमैदान बनाएर शिखण्डीको भेषमा मुलुक सिध्याउन लागिरहे । मुलुकलाई द्वन्द्वमा लग्दै तिनले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्दै गए ।
पृथ्वीनारायणको आधिपत्यमा चार जात ३६ वर्णमात्र थियो तर एउटै नेपालीको फूलवारी थिएन भन्ने आलोचक भए पनि उनको भनाइ थियो ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलवारी हो सबैलाई चेतना भया । ’ भन्ने उद्गारले सबै जातजातिलाई एउटै मालामा उनेर राख्न खोजेका छन् । सबैलाई राज्य मेरो पनि हो भन्ने भावना विकास गराउन सकिएन भने नेपाल एउटा भौगोलिक क्षेत्र मात्र बन्ला भन्ने डर एकीकरणको अवस्थामा थियो । यस्तो अवस्थामा पृथ्वीनारायण शाहलाई सबै जात र जातिले योगदान दिएका थिए । जबरजस्ती उनले बनाएको संरचनालाई बाधा अवरोध हाल्ने काम त्यस समय कसैले गरेनन् । केन्द्रीकृत राज्य र नेपाली जनताबीच त्यस समय कहिल्यै अन्तर विरोध देखिएन । उनले उग्र राष्ट्रवादको नारा दिएनन् । मल्लराज्य भाग लगाएजस्तै भाग लाउन दिएनन् । भाइहरूले राज्य भाग माग्दा यो भागलाउने विषय हैन भन्दै उनले आफ्नै भाइहरूको सहानुभूति र सद्भाव गुमाउन पुगे तर अखण्ड राज्यको लागि चट्टानी अडानमा रहे । विजयप्राप्त क्षेत्रमा लुटपाट हुन दिएनन् । धार्मिक आस्थामा चोट पु¥याएनन् । नत उनी वीरभोग्या बसुन्धराको जस्तो वीर पुरुषले पृथ्वीमा राज गर्छ भनेझैँ राज गरेर बस्न खोजे । उनी त कर्ममात्र गरिरहे । पृथ्वीनारायण शाह एउटा सच्चा राष्ट्रभक्त र देश भक्तमात्र होइन हरेक नेपालीका लागि एउटा प्रेरणा थिए । दुनियाँ जसदेखि राजी हुन्छ उसैलाई कजाइदिनु भन्नुको अर्थचाहिँ लोकसम्मती थियो । कालुपाँडे र विराज वखतीलाई काजी पद दिनु अगाडि भारदारको सरसल्लाह रोज्दा जनता कालुपाँडेप्रति हुँदा लोकसम्मतीलाई मान्यता दिए । केही सिमित वर्ग र जातिले मात्र यो देशको शासन र स्रोतमा हाली मुहाली गरेको पाइन्छ । बेलायती इतिहासकार स्टीलरका अनुसार द्रव्यशाहलाई गोरखा राज्यमा सहयोग पु¥याउने ६ थर घर जसमा गणेश पाण्डे, नारायण दास अज्र्याल, भगीरथ पन्त, गंगाराम राना, सर्वेश्वर खनाल र केशव बोहोरालाई काउन्सील्स अफ गोर्खामा राखेर उनले त्यसैबेलामा एथेन्सको जस्तो काउन्सिल अफ फाइभहन्डे«डको प्रयोग र परीक्षण गर्दै रहे । उनले विभिन्न प्रयोग र परीक्षण गर्दै लोकसम्मतिलाई ठूलो आधार माने ।
नेपालको एउटा युगलाई नै परिवर्तन गर्नसक्ने क्षमता बोकेका पृथ्वीनारायण शाह नेपालको राष्ट्र निर्माता मात्र होइन न्याय व्यवस्थाका प्रतिपादकसमेत थिए । नियाँ निसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनू भन्दै धर्माधिकार र डिठ्ठा हाकिम भएको कोटलिङ र इटाचपलीजस्ता अदालती निकाय उनको पालामा बसी सकेको थियो । पृथ्वीनारायण शाहले राइट अफ सोर्ड अर्थात् तरवारको अधिकारद्वारा शासन गरेका थिएनन् न्याय र विधिबाट गरेका थिए भन्ने यी कुराले पुष्टि गर्दछ । इतिहास शिरोमणि स्व.बाबुराम आचार्यका अनुसार एकीकरण हुँदै गएको ठाउँमा अड्डा अदालतको स्थापना गर्दै आफ्नो शासन दृढ गराउने नीति उनको थियो । उनको जीवनकालमा मकवानपुर र पूर्वी नेपाल एकीकरण भएकोले त्यहाँ तल्ला तहका शुरु अदालतदेखि चित्त नबुझ्नेलाई डिट्ठा हाकिम र धर्माधिकारीका प्रतिनिधि रहेका कोटलिङ वा इटाचपलीसम्मको प्रावधान त्यस समय देखिन्छ ।
पृथ्वीनारायण शाहको विशुद्ध नेपाल एकीकरणलाई कतिपय आलोचकले खस भाषाले अन्य जनजातिको भाषामाथि उत्पीडनको सिलसिला सुरुभयो भन्ने पनि छन् । पृथ्वीनारायण शाहले अशली हिन्दुस्तान बनाउने राष्ट्रियता लिए भन्नेहरू पनि छन् । नेपालमा कुनै पनि जातजाति बहुसङ्ख्यकको स्थितिमा छैनन् । कतिपय आलोचकले २४० वर्षदेखि खस जातिको गोरखाको छ थर घरको शासनजस्तो भएको राजतन्त्रकालसम्म थियो भनेर औँल्याएका छन्, जसले जेजति नै आलोचना र प्रत्यालोचना गरे पनि नेपालको संविधानको धारा ३ ले नेपाल वास्तवमा अहिले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी उल्लेख भइसकेको अवस्थामा कसरी नेपालमा एउटै भाषा, एउटै जाति, एउटै संस्कृति छ भनेर भन्ने ?

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना