काँग्रेस आन्तरिक गृहकार्यमा सहमतिमै प्रदेश प्रमुख तोकिने

Nepali-congress-750काठमाडौँ, माघ २ गते । राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँँग्रेस आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पार्टीको केही शीर्ष नेतासँग प्रम निवास बालुवाटारमा छलफल सुरु गर्नुभएको हो । आगामी २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा पार्टी सभापतिले छलफल गर्नुभएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । 

छलफलमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तेक्ने विषयमा छलफल भएको शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूसँग पनि सहमति गरेर नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरिरहनुभएको छ । बैठकमा सहभागी नेताहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन पनि पार्टी सभापतिलाई आग्रह गर्नुभएको थियो । काँग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरिहेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने संवैधानिक बाध्यता छ । राष्ट्रियसभाका लागि मतदाता हुने प्रदेशसभा सदस्यले निर्वाचन तालिकाअनुसार त्यसअघि नै प्रदेश प्रमुखबाट सपथ लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य विमलेन्द्र निधिलगायत सहभागी हुनुहुन्थ्यो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना