कीर्तिपुर दर्पणको १५ औं वार्षिकउत्सव

गोरखापत्र समाचारदाता-
कीर्तिपुर, माघ ४ गते । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेशकाजी महर्जनले कीर्तिपुरलाई विश्वसामू चिनाउन सञ्चारगृहको ठूलो महत्व रहेको बताउनुभएको छ ।
कीर्तिपुर दर्पण साप्ताहिक पत्रिकाको १५  औं वार्षिकउत्सव कार्यक्रममा बोल्नुहुँदै उहाँले सञ्चारगृह देश विकासको मेरुदण्ड भएको स्पष्ट पार्नुभएको हो ।

kirtipur


प्रमुख महर्जनले कीर्तिपुर राजधानी नजिक रहेर पनि ‘नजिकको तीर्थ हेला’ भएको टिप्पणी गर्नुहुँदै भन्नुभयो, ‘स्थानीय सञ्चारले कीर्तिपुरका हरेक गतिविधिलाई प्रकाशन र प्रशारण गरेकै कारणले यहाँका जनता सूसुचित हुने पाएका छन्, कीर्तिपुरका सबै सञ्चारगृहलाई धन्यवाद दिन्छु ।’

कीर्तिपुर नगरपालिकालाई विश्वसामू चिनाउन विशेष रुपमा स्थानीय सञ्चारगृहलाई आर्थिक रुपमा सबलीकरण गर्न बजेट आवश्यक हुने भएकाले सोही अनुसार अगाडि बढ्ने उहाँले आवश्वासन दिनुभयो ।
उहाँले विभिन्न सञ्चारगृहमा कार्यरत कीर्तिपुरका पत्रकारहरुको सामुहिक प्रयासबाट कीर्तिपुर नगरबाट सकेसम्म एउटा राष्ट्रिय दैनिक प्रकाशन गर्नुपर्ने धारणा राख्दै नगरपालिकाबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कीर्तिपुर दर्पण साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक देवराज महर्जनले कीर्तिपुर नगरकै बुढो पत्रिकाको रुपमा स्थापित यस पत्रिकाले चाँडै अनलाईन सेवा विस्तार गरिने कुरा बताउनुभयो ।
राजधानी नजिक रहेर पनि कीर्तिपुरका घटनाहरु पत्रिका नआउने गरिएकाले उक्त पत्रिका स्थापना गरेको स्मरण गर्नुहुँदै कीर्तिपुरका स्थानीयले सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
पत्रिकाका सम्पादक शरबकुमार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा पत्रिकाका संस्थापक सदस्य तथा कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हर्ष महर्जनलगायतलाई सम्मान गरिएको थियो ।
वार्षिकउत्सवको उपलक्ष्यमा आयोजित शैक्षिक क्रियाकलापमा पहिलो, दोश्रो र तेश्रो हुने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना