माघशुक्ल र शक्ति उपासना

kamal rijalकमल रिजाल


वैदिक सनातन धर्म संस्कृतिले चारवटा नवरात्रको चर्चा गरेको छ । तिनमा एक हाल चलिरहेको माघ शुक्ल प्रतिपदादेखि दशमीसम्मको नौ रात पनि पर्छ । यसबाहेकका अन्य नवरात्रमा चैत्रशुक्ल प्रतिपदादेखि दशमीसम्म तथा आषाढशुक्ल प्रतिपदादेखि दशमीसम्म र आश्विनशुक्ल प्रतिपदादेखि दशमीसम्मका नौ रात पर्छन् । नवरात्र भन्नाले विशेष किसिमको रात हो भन्ने बुझिन्छ । यतिबेला खासगरी शक्ति स्वरुपिणी माता भगवतीको उपसना गर्ने गरिन्छ । यसो गर्नाले सबै किसिमको मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । उनको उपासनागत विशिष्टतम पद्धतिमा देवीभागवत महापुराण पर्छ । यसो त मार्कण्डेय पुराण, ब्रह्मवैवर्तलगायत प्रायः सबै पुराणमा उनीबारे धेरथोर चर्चा नभेटिने होइन तर समग्र पक्षको विवेचन भने देवीभागवतमै भएको छ ।
शक्ति उपासनाको विशिष्टम ग्रन्थमा पर्नेे देवी भागवतलाई धर्म, अर्थ, काम चतुर्विध पुरुषार्थ सिद्धिको मूलभूत आधार मानिएको छ । यसलाई १८ पुराणमध्ये पाँचौं स्थानमा गणना गरिएको छ । यस पुराणमा द्वादश स्कन्ध, ३१८ अध्याय र १८ हजार श्लोक रहेको छ । पुराण पुरुषोत्तम भगवान्को श्रीविग्रहमा उरुस्थानको प्रतिनिधित्व गर्ने यस पुराणलाई सारस्वत कल्पको उपज मानिएको छ । यसो त कतिपयका मतमा भागवत भनेको श्रीमद्भागवत हो भन्ने देखिएको छ । दुवैको श्लोक र स्कन्ध सङ्ख्या पनि बराबर नै रहेका छन् । अध्याय सङ्ख्या केही फरक भेटिन्छ । देवी भागवतमा ३१८ अध्याय छन् भने श्रीमद्भागवतमा ३३५ अध्याय छन् । यसबाहेक अन्य पक्ष भने प्रायः सबै उस्तैउस्तै रहेका छन् । यिनका विषय वस्तुमा पनि कुनै न कुनै रूपमा सादृश्यता पाउन सकिन्छ । श्रीमद्भागवतलाई भक्तिसंहिता भनिन्छ ।
त्यस्तै यिनीका मुख्य मुख्य पात्र एउटै परिवारको सदस्य छन् । देवीभागवतको वक्तामा व्यासजी आफैँ देखिएका छन् । श्रीमद्भागवतको वक्तामा उनकै छोरा शुकदेवजी रहेका छन् । श्रोताको स्थिति पनि करिब यस्तै रहेको छ । श्रीमद्भागवतको श्रोतामा राजा परीक्षित देखिएका छन् । देवीभागवतको श्रोतामा उनकै छोरा जनमेजय रहेका छन् । अर्थात् दुवैका वक्ता र श्रोतामा उल्टोपाल्टो क्रमले एउटै बाबु छोराको उपस्थिति भेटिएको छ । यस हिसाबले दुवै आ–आफ्नो स्थानमा उत्तिकै महìवका देखिन्छन् । तथापि मानवीय उपयोगिताको दृष्टिले भने देवीभागवतलाई नै पहिलो स्थानमा लिन सकिन्छ । भागवतको स्वरूप आध्यात्मिक किसिमको छ तर देवीभागवतले आध्यात्मिक र भौतिक दुवै पक्षलाई समेटेको छ । निसन्देह देवीभागवतको जति बढी धार्मिक महìव रहेको पाइन्छ सामाजिक विशेषता पनि त्योभन्दा कत्ति कम छ भन्ने सकिने अवस्था छैन । नैतिक पक्षको कुरा गर्ने हो भने त झनै बढी छ । साथसाथै यसका वैज्ञानिक पक्ष पनि उत्तिकै सबल देखिन्छ । धर्म भनेको सुख, शान्ति र आनन्द प्राप्तिका आधार हुन् । यसका लागि दयामाया, मैत्री, करुणा आदि दैवीगुण जति आवश्यक पर्छन् शान्ति, सद्भाव, सहकार्य र सहिष्णुता आदि मानवीय गुणको त्यत्तिकै आवश्यकता पर्छ । देवीभागवतले विभिन्न कथा तथा दृष्टान्तको माध्यमबाट समाजलाई यतैतर्फ डो¥याउने प्रयास गरेको देखिन्छ । यसका लागि उसले स्वर्गीय सुखको लोभ पनि देखाएको छ नारकीय दुःखको डर पनि देखाएको छ तर जहाँ जे देखाए पनि उसको अन्तर्य भनेको समाजलाई सत्कर्मतर्फ प्रोत्साहित गर्नु र दुष्कर्मतर्फ निरुत्साहित गर्नु नै रहेको छ ।
अब आयो नैतिक पक्षको कुरो । यसमा खासगरी सत्य, सदाचार र सत्कर्ममा बढी ध्यान दिइएको पाइन्छ । देवीभागवतको प्रारम्भमै सत्यव्रत उतथ्यको कथा आएको छ । यस मार्फत उसले मानवम मात्रको बोली र व्यवहारमा सत्यताको खोजी गरेको छ । कथाअनुसार सत्यव्रत उतथ्य शारीरिक र मानसिक कमजोरीका कारण पहिले सबैको हेलाको पात्र बनेका थिए तर सत्यधर्मको अनुयायी भएकाले उनीपछि गएर माता भगवतीको कृपा प्राप्त गरी ठूला विद्वान् बन्न पुगेका थिए । त्यस्तै बीचतिर सुदर्शन र शङ्खचूडको चरित्रसम्बन्धी विशिष्ट कथा आएको छ । यस कथामार्फत क्रमशः सदाचार र सत्कर्ममा जोड दिन खोजिएको प्रष्टै अनुभूत गर्न सकिन्छ । यसबाहेक अनावश्यक लोभलालच तथा आपसी कलह र ईष्र्या एवं छलकपटको नतिजा कति बढी भयानक हुन्छ भन्नेतर्फ उत्तिकै ध्यान दिइएको पाइन्छ ।
जहाँसम्म वैज्ञानिक पक्षको कुरा छ त्यो कम्ती महìवको छैन । जतिबेला ब्रह्मा, विष्णु, महेश्वरले आफैँलाई चिन्न नसकेर भौतारिँदै मणिद्वीप पुगेका थिए त्यतिबेला माता भागवतीको एक सामान्य परिचारिकाले उनीहरूलाई कुन ब्रह्माण्डबाट आएका हांै भनेर सोधेकी थिइन् । अर्थात् तिमीहरू कुन ब्रह्माण्डका ब्रह्मा, विष्णु, महेश्वर हौँ ? भन्ने उनको अभिप्राय थियो । त्यसपछि उनीहरूले के भने लामो कथा भएकाले त्यतातिर नजाउँ । तथापि यसबाट यही प्रष्ट प्रष्ट हुन्छ कि त्यतिबेलै व्यासजीले संसारमा धेरै ब्रह्माण्ड रहेको तथ्य पत्ता लगाएका मात्र थिएनन् तिनको अवस्था पत्ता लगाई सकेका रहेछन् । यस्तो अवस्थामा एउटै ब्रह्माण्डको समेत पत्ता लगाउन नसकेर हैरान भइरहेका आजका वैज्ञानिकलाई त्यहाँसम्म पुग्न अरु कति हजार वर्ष लाग्ला सोझै अनुमान गर्न सकिन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना