नापी विभाग भन्छ– भारतले जग्गा मिचेको छैन

काठमाडौँ, माघ ८ गते । वीरगन्जको सिर्सियामा नेपालको ५० बिगा जमिन भारततर्फ नपरेको दाबी नापी विभागले गरेको छ । वीरगन्जको सीमा क्षेत्रमा भारतले नेपालको ५० बिगा जमिन मिचेको भन्ने समाचार कतिपय मिडियामा सार्वजनिक भएपछि विभागले आइतबार पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेको हो । 

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपालको सिमानामा नेपाल र भारतबीच स्थिर सीमा सिद्धान्त अपनाएका कारण कुनै–कुनै स्थानमा नेपालको भनी बुझिएको भूमि भारततर्फ र भारतको भनी बुझिएको भूमि नेपालतर्फ पर्न गएको स्पष्ट पार्नुभयो ।
उहाँले यसलाई एकदेशले अर्को देशको भूमि मिचिएको भन्न नमिल्ने बताउनुभयो । उहाँले सीमा क्षेत्रमा प्राकृतिक रूपमा नदीको बहावमा परिवर्तन हुन गई स्थानीय तहमा सीमाको बुझाइ र तत्कालीन समयमा रहेको नदीको बहावको अवस्थाले नेपालको भनी बुझिएको जग्गा भारततर्फ र भारतको भनी बुझिएको जग्गा नेपालतर्फ पर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
२०३५ सालसम्म कित्ता नापी भई नदी किनारासम्म भोगचलन गरिएका जग्गाको जग्गा धनी दर्ता पूर्जा समेत उपलब्ध गराइएको तर २०४५ सालपछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा लालपूर्जा उपलब्ध गराइएका जग्गा अर्कोतर्फ पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना