सुमनको गीतलाई सर्वाधिक ‘भ्यूज’

suman manandhar
गोरखापत्र समाचारदाता-
काठमाडौँ, माघ ९ गते । नेवारी समूदायमा अत्याधिक रुचाइएको गायक सुरजवीर वज्राचार्यको ‘बुँदिया भिन्तुना म्ये’ को कभर गीत प्रतियोगिताको समय सोमबार सकिएको छ । विजेताको घोषणा माघ २० गते गरिने छ ।
नेपालभाषाका पाक्षिक पत्रिका पेजथ्रीको आयोजनामा युट्युव, स्मुल र फेसबुकमार्फत् गराएको यस प्रतियोगितामा करिब एक महिनामा एकसय २१ जना प्रतिस्पर्धीहरुले गीत पोस्ट गरी सहभागी भएका थिए । विजेतालाई २४ इञ्चको चेज एलइडी टिभीसहित एउटा गीत रेकर्डिङको अवसर प्रदान गरिनेछ । उक्त गीतको शब्द सुरजवीर वज्राचार्य र सङ्गीत जुगल डंगोलको हुनेछ ।
सामाजिक सञ्जालमा सर्वाधिक हेरिएको गायिका सुमन मानन्धरको कभर गीत पहिलो बनेको छ । गायिका मानन्धरलाई २४ इञ्चको चेज लिड टेलिभिजन प्रदान गरिने छ । उहाँको कभर गीत ७७ हजार ८१९ पटक हेरिएको छ । सामाजिक सञ्जालमा धेरै हेरिएको अन्यमा सात वर्षीया सजेता चित्रकार (५७,४९९), मञ्जिल शाक्य (४८,०९९), राजु बज्राचार्य (४४,७३१), अमोघबीर वज्राचार्य (४०९५१) हुनुहुन्छ ।
प्रतिस्पर्धामा समावेश नगरिएका तीन वर्षीय अपूर्व शर्मा राजोपाध्यायको कभर गीतले पनि नेपाल भाषाको सांङ्गितिक क्षेत्रमा राम्रो चर्चा पाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना