विघटनको सङ्घारमा नेसनल ट्रेडिङ


लक्ष्मण दर्नाल

काठमाडौँ, माघ १४ गते । २०१८ सालदेखि व्यापार व्यवसायमा अग्रणी नेसनल टे«डिङ लिमिटेड अहिले विघटनको सङ्घारमा पुगेको छ । पूर्ण सरकारी स्वामित्वमा रहेको यस संस्थान निरन्तर घाटा गएको र ऋणमा परेकाले सरकारले पनि यसलाई बेवास्ता गर्दैआएको छ ।
पाँचै विकास क्षेत्रमा कार्यालय स्थापना गरेर देशभर नै बजार जमाएको नेसनल टे«डिङको केन्द्रीय कार्यालय नै अहिले सुनसान छ । हाल काठमाडौँमा ३६ जना र वीरगञ्ज, पोखरा, भैरहवा र धनगढी कार्यालयमा एक÷एकजना मात्र कर्मचारी राखिएको छ । टेकुस्तिथ २५ रोपनी जग्गा तीन अर्ब २५ करोड रुपियाँमा बिक्री गरी अरु कर्मचारीलाई स्वैच्छिक अवकास दिएको हो ।
केन्द्रीय कार्यालय रहेको टेकुको जग्गा पनि नेपाल आयल निगमलाई बिक्री गरी २६४ जना कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको टे«डिङ हाल बाँकी रहेको भौतिक सम्पति पनि लिलाम गर्ने मनसायमा छ । टे«डिङले गर्दै आएको व्यापार बन्द छ । टेकुमा सञ्चालन हुँदैआएको पेट्रोल पम्प पनि बन्द गरिएको छ । national treding
भएका भौतिक सम्पतिको छिनोफानो गर्न, हालसम्मको लेखापरीक्षण तथा आगामी योजनाका बारेमा छलफल गर्न यहीँ माघ २६ गते विशेष साधारणसभा बोलाइएको नेसनल टे«डिङ लिमिटेडका महाप्रबन्धक पूर्णशङ्कर बीसीले बताउनुभयो । २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद्को निर्णयले नेसनल ट्रेडिङ लिमिटेड राख्ने कि नराख्ने भन्ने सवालमा व्यापार योजना बनाएर पेस गर्न भनिएपछि अहिले सो योजना तर्जुमा गरिन लागेको हो ।
सरकारले कर्मचारी घटाउन, समान लिलाम गर्न र ठाउँठाउँमा भएको सम्पत्तिको सुरक्षाको तारत्रार गर्न लगाएको छ । यसबाहेक नियमित कारोबार केही भएको छैन ।
उहाँले भन्नुभयो, अहिले अरु कुनै पनि काम भएको छैन, अब यसलाई कसरी जीवित राख्ने भन्ने कुरामा योजना बनाउँदैछु । उहाँले यसको छुट्टै पहिचान र क्षेत्र हुने गरी योजना बनिरहेको र फागुन अन्तिमसम्म योजना तयार भई आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा लगिने सुनाउनुभयो ।
सरकारले नेसनल ट्रेडिङ लिमिटेड राख्ने हो भने नयाँ व्यापार योजनासहित निश्चित जिम्मेवारी दिनुपर्ने उहाँले बताउनुभयो । यसलाई समय सान्दर्भिक बनाई कहिले चिनी बेच्ने कहिले सिमेन्ट बेच्ने भन्दा पनि एउटा निश्चित जिम्मेवारीमा लैजानुपर्छ, उहाँले भन्नुभयो । उहाँले यतिको लामो इतिहास भएको संस्थान सरकारलाई आवश्यक पर्ने र कुनै पनि बेला चाहिने दाबी गर्नुभयो ।
नयाँ व्यापार योजना निर्माण गरेर संस्थानलाई बचाउनुपर्ने केही कर्मचारीको भनाइ छ । सरकारले नै स्वीकृति नदिएकाले हाल कारोबार ठप्प भएको टे«डिङले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग समायोजना गरिने छलफल भए पनि सम्भव नभएको बीसीले बताउनुभयो । उहाँका अनुसार नेसनल ट्रेडिङ सरकारको पूर्ण स्वामित्व भएको संस्थान हो भने साल्ट ट्रेडिङमा ७९ प्रतिशत सेयर निजी रहेका कारण त्यो सम्भावना पनि छैन ।
काममा स्थिरता नहुने, कहिले कुन काम, कहिले कुन काम गर्नुपरेको र अरुले गरिरहेकै व्यापार नेसनल ट्रेडिङले गर्नुपरेकाले यसको आवश्यकता नदेखिए जस्तो भएको तर सरकारले यसलाई निश्चित जिम्मेवारी दिएर सञ्चालन गर्नुपर्ने नेसनल ट्रेडिङ लिमिटेडले जनाएको छ । सुरुका दिनमा चीनबाट आउने सामानको व्यापार सबै नेसनल ट्रेडिङले गर्दथ्यो । निजीस्तरबाट गाडीको कारोबार नहुँदा त्यो पनि यसैले गर्दथ्यो तर निजी क्षेत्रको उपस्थिति बढेपछि नेसनल ट्रेडिङ बिस्तारै ओरालो लाग्न थालेको हो । पछिल्लो समय चिनी र रक्सीको व्यापार पनि ट्रेडिङले ग¥यो तर प्रतिस्पर्धामा उत्रन सकेन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना