‘दि लेडी विद दि ल्याम्पु’

trichandra pratiksyaत्रिचन्द्र प्रतीक्षा

 

इतिहास हेर्ने हो भने थुप्रै महिलाले बिरामीको स्याहारसुसार गरेका छन् । उदाहरणका लागि, हंगेरीका राजा एन्ड्रयु द्वितीयाकी छोरी एलिजाबेथलाई सन् १२२६ मा परेको अनिकालमा खाद्यान्न वितरण गर्ने प्रबन्ध र अस्पताल निर्माण गर्ने बन्दोवस्त मिलाइन् साथै त्यहाँ तिनले क्षयरोग भएकाहरूको हेरचाह गरिन् । सन् १२०७ मा जन्मेका एलिजाबेथ, मात्र २४ वर्षकी छँदा सन् १२३१ मा मृत्यु भयो ।
यस्तै बिरामीको उपचार तथा स्याहारसुसारमा अन्य महिलाले पनि महìवपूर्ण योगदान पु¥याएको पाइन्छ । यी महिलामा फ्लोरेन्स नाइटिङ्गेलको नाम अग्रणी स्थानमा आउँछ र उनको उल्लेखविना आधुनिक नर्सिङ इतिहास अपूरो रहनेछ । आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स नाइटिङ्गेललाई दया र सेवाकी प्रतिमूर्ति अर्थात् ‘‘द लेडी विद द ल्याम्प (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ ।
मे १२, १८२० मा इटालीमा एक समृद्ध र उच्चवर्गीय बेलायती आमाबाबुबाट जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेल निकै पुलपुलिएर हुर्केकी थिइन् । यद्यपि, कलकलाउँदी फ्लोरेन्सले बिहेका प्रस्तावलाई अस्वीकार गरेर स्वास्थ्यसम्बन्धी शिक्षा हासिल गर्नतिर अग्रसर भइन् र गरिबको हेरचाह गर्नेतर्फ लागिन् । आमाबाबुको विरोधका हुँदाहुँदै पनि फ्लोरेन्स जर्मनीको केइजरस्भर्तमा नर्सहरूलाई तालिम दिने स्कुलमा भर्ना भइन् । पछि, तिनले पेरिसमा अध्ययन गरिन् र ३३ वर्षको उमेरमा लण्डनस्थित महिला अस्पतालमा सुपरिटेनडेन्टसम्म भइन् ।
फ्लोरेन्स नाइटिङ्गेलको नर्सिङको अतिरिक्त लेखन लगायतका क्षेत्रमा समेत उनको दख्खल थियो । फ्लोरेन्सको सबैभन्दा महìवपूर्ण योगदान क्रिमिया युद्धमा रह्यो । अक्टोबर १८५४ मा आफ्नो स्वेच्छाले घाइते सिपाहीको उपचार गर्न ३८ महिलाको एउटा दल तयार गरी सरकारले पठाएको देश टर्की गईन् । तिनले त्यहाँ ठूलो चुनौतीको सामना गर्नुप¥यो । नर्सहरूको समूहले भूतघर जस्तै पुरानो भइसकेको अस्पताल सफा गरे तर सफा गर्नु सजिलो भएन किनकी त्यहाँ साधारणभन्दा साधारण आवश्यक भौतिक सामानजस्तै साबुन, रुमाल, हातधुने बेसिन केही थिएन भने बिरामीका लागि खाट, डस्ना वा ब्याण्डेज पर्याप्त मात्रामा समेत थिएनन् । फ्लोरेन्स र तिनको समूहले यो चुनौती स्वीकारेर युद्धको अन्तसम्ममा नर्सिङ तथा अस्पतालको प्रशासनमा सुधार ल्याइसकेको थियो । उनी त्यहाँ पुग्नुअघि मृत्युदर ६० प्रतिशत थियो र सन् १८५६ मा त्यहाँबाट फर्कंदा उक्त मृत्युदर घटेर २ प्रतिशतभन्दा कम भइसकेको थियो । राति राति बिरामीलाई बत्ती लिएर उपचार गर्न जाने भएकैले नाइटिङ्गेललाई बत्ती लिएकी महिला अर्थात् लेडी विथ द ल्याम्प का रूपमा विश्वभरि नै प्रसिद्धि मिल्यो ।
सन् १८५९ मा उनले लण्डनस्थित सेन्ट थोमसेज हस्पिटलमा कुनै धार्मिक सम्बन्धविनाको पहिलो नर्सिङ स्कुल, नाइटिङ्गेल ट्रेनिङ स्कुल फर नर्सेज स्थापित गरिन् । यसैवर्ष स्वास्थ्योपचारको स्तरलाई उकास्न तिनले नर्सिङसम्बन्धी पुस्तकसमेत ‘नोट्स अन नर्सिङ प्रकाशित गरिन् । त्यो समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुसार गर्ने कार्यलाई उच्च सम्मानका दृष्टिबाट हेरिदैन्थ्यो । त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो । उनकै कारण विस्तारै समाजले नर्सिङ पेशालाई सम्मानका साथ हेर्न थाल्यो र थुप्रै महिला यसतर्फ आकर्षित पनि भए । यसरी फ्लोरेन्सले त्यसबेलाको पुरातनवादी सोचलाई चिर्दै स्वास्थ्य उपचारका दिशामा नयाँ युगको सुरुवात गरेकै कारण सन् १८६९ मा उनलाई बेलायती महारानी भिक्टोरियाले रोयल रेडक्रस सम्मानबाट सम्मानित गरिन् । वास्तवमा उनले नर्सिङ पेशालाई एक नयाँ उचाइमा पु¥याउन निकै महìवपूर्ण भूमिका खेलिन् भन्दा अत्युक्ति हुने छैन ।
लामो समय युद्धका घाइते बिरामीको स्याहर सुसार गर्दागर्दै गर्दागर्दै उनलाई पनि गम्भीर सङ्क्रमणले समात्यो र ओछ्यान परिन् । निकै वर्ष ओछ्यान परेका फ्लोरेन्सको ९० वर्षको उमेरमा १३ अगस्त, १९१० मा पार्क लाइन, लण्डनमा सधैँका लागि देह त्यान गरिन् । उनका बारेमा केही विरोधका स्वर पनि नसुनिएका होइनन् तथापि नर्सिङ र अस्पतालको प्रशासनमा तिनले सुरु गरेको प्रविधि स्तुत्य छ र यसले विश्वका थुप्रै राष्ट्रका चिकित्सालयमा निकै सकारात्मक प्रभाव पारेको छ । फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलालाई नर्सिङ क्षेत्रमा आउने प्रेरणा प्राप्त हुनसका साथै तथा यो पेशा सेवा तथा सद्भावले परिपूर्ण छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना