आठ वर्षदेखि चिस्यान केन्द्र बन्द


सन्तोष सुवेदी

सिरहा, फागुन १ गते । सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई १२ स्थित बगरटोल क्षेत्रका भैँसीपालक किसानलाई लक्षित गरी खोलिएको दूध चिस्यान केन्द्र आठ वर्षदेखि बन्द छ । केन्द्र बन्द रहँदा किसान मारमा परेका छन् ।
गरिबी निवारण कोषको १८ लाख रुपियाँ आर्थिक सहयोगमा २०६५ मङ्सिरमा कृषि तथा वन प्रविधि केन्द्र (क्राफ्ट) नेपालले कृषकहरूलाई समूहमा आबद्ध गरी केन्द्र सञ्चालनमा ल्याएको थियो । सगरमाथा दूध चिस्यान केन्द्रको नामले स्थापना भएको उक्त चिस्यान केन्द्र लामो समयदेखि बन्द हँुदा चिस्यान मेसिनमा खिया लाग्न थालेको छ ।
एक हजार लिटर क्षमताको चिस्यान केन्द्रमा त्यस वरपरका ११० भैँसीपालक कृषकले दूध सङ्कलन गर्दै आएका थिए । केन्द्रका अध्यक्ष झोकीलाल शास्त्रीका अनुसार, चिस्यान केन्द्रकै कारण व्यावसायिक भैँसीपालनमा हौसिएका विष्णुपुरकट्टी र बगरटोल वरपरका कृषकले दैनिक पाँच सय लिटर दूध केन्द्रमा सङ्कलन गर्दै आएका थिए । जसबाट उत्तरी भेगका कृषकले राम्रो आम्दानी आर्जन गर्न सफल भएका थिए ।
केन्द्र सञ्चालनका लागि कोषले क्राफ्ट नेपालको परिचालनमा लालीगुरा“स, सूर्योदय, हिमालय, जनजागृति कृषक समूह बनाई व्यावसायिक भैँसीपालनका लागि ऋणसमेत प्रवाह गरेको थियो । शास्त्रीका अनुसार ती समूहमा आबद्ध ९९ कृषक व्यावसायिक भैँसीपालनमा लागेका थिए ।
त्यतिखेर कृषकबाट प्रतिलिटर ३२ रुपियाँमा दूध खरिद गरी केन्द्रले सिरहाका धनगढी, जिरोमाइललगायत विभिन्न बजारमा ३६ रुपियाँ प्रतिलिटरमा बिक्री गथ्र्यौ, शास्त्रीले भन्नुभयो, कृषकहरूको आम्दानीमा बढोत्तरी हुनुका साथै केन्द्रलाई पनि राम्रो आम्दानी भइरहेको थियो भने डेरी उद्योग आफै चिस्यान केन्द्रसम्म दूध लिन पुग्थ्यो ।
उहाँका अनुसार बिक्रीबाट आम्दानी बढेपछि क्राफ्ट नेपालले लेखापालसहित दुई कर्मचारीसमेत तलबीमा राखेको थियो तर क्राफ्ट नेपालले भर्ना गरेको लेखापालमार्फत चिस्यान केन्द्रको आम्दानीमा अनियमितता हुन थालेपछि भने केन्द्रको अवस्था नाजुक बन्दै जान थाल्यो । प्राविधिक कर्मचारीको तलब समयमा लेखापालले भुक्तानी नदिँदा दूध बिग्रन थाल्यो, शास्त्रीले भन्नुभयो । कर्मचारीकै लापरबाहीका कारण दूध बिग्रेपछि केन्द्रले थप ७० हजार रुपियाँ घाटा बेहोर्नु प¥यो, बिजुली बिलसमेत तिर्न नसकेपछि केन्द्र धरासयी भयो ।
सहयोगी संस्था कृषि तथा वन प्रविधि केन्द्रले भर्ना गरेको कर्मचारीका कारण चिस्यान केन्द्र बन्द हुँदा डेढ सयभन्दा बढी कृषक मार खेप्न बाध्य छन् । चिस्यान केन्द्र बन्द भएकै कारण दैनिक आठ किलोमिटर पर जिरोमाइलमा रहेको भवानी र शिव डेरी उद्योगमा दूध पु¥याउन बाध्य भएको कृषक श्याम शास्त्रीले बताउनुभयो ।
दैनिक आठ किलोमिटर पर दूध लैजानु पर्दा बाटैमा बिग्रने समस्या झेल्नु परेपछि धेरै कृषकले भैँसीपालन व्यवसाय छाडी सकेका छन्, उहाँले भन्नुभयो, कृषकहरूले पटक–पटक चिस्यान केन्द्र सञ्चालन गराउन सँस्थासँग माग गरे पनि केही सुनुवाइ भएन । चिस्यान केन्द्र बन्द भएपछि गरिबी निवारण कोषबाट समूहमा लिएको ऋणसमेत चुक्ता गर्न नसकेका समूहका कृषक भैँसीपालन व्यवसाय छाडी अहिले कृषि पेसा अँगाल्न बाध्य भएका छन् । डेढ वर्ष सञ्चालनमा आएर बन्द भएपछि चिस्यान केन्द्र बेवारिसे हुँदा १८ लाखको मेसिनमा खिया लागेर कामै नलाग्ने भइसकेको शास्त्रीले बताउनुभयो ।
सहयोगी संस्थाको बेवास्ताका कारण गरिबीको कुचक्रबाट दिगो रूपमा माथि उठाउन सहयोग गर्ने लक्ष्य लिएर कोषले प्रवाह गरेको रकमले त्यस क्षेत्रका कृषकलाई झन् ऋणि बनाएको दुखेसो बगरटोलका कृषकहरूको छ । कृषि तथा वन प्रविधि केन्द्रले समुदायलाई चिस्यान केन्द्र हस्तान्तरण गरिसकेपछि उनीहरूले नै सञ्चालन गर्नुपर्ने भएकाले यसबारे केही गर्न नसक्ने बताउँदै आएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds