एकताको टुङ्गो लागेपछि मात्रै माओवादी सरकारमा सहभागी हुने

maobadi-kendra.काठमाडौँ, फागुन ४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारमा नेकपा माओवादी (केन्द्र) तत्काल सहभागी नहुने भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री नियुक्त हुनुभएको हो । 

माओवादी केन्द्रले दुई दलबीच एकता गरेर वा त्यसको खाका तयार गरेपछि मात्र सरकारमा जाने प्रस्ताव गरेको छ । एकताको टुङ्गो नलगाई सरकारमा सहभागी नहुने अनौपचारिक निर्णय भएको माओवादी नेताहरूले बताउनुभएको छ ।
बुधबार एमाले र माओवादीका अध्यक्षद्वयको एक्लाएक्लै बैठक र एकता संयोजन समितिको बैठकले बिहीबार एकता प्रक्रिया टुङ्गो लगाएर मात्र सरकार गठन प्रक्रिया सुरु गर्ने सहमति
गरेको थियो ।
एकता प्रक्रिया टुङ्गो नलगाई सरकार बन्ने भएपछि बिहीबार बिहान प्र्रचण्ड निवासमा माओवादी केन्द्रका शीर्ष नेताको बैठक बसेको थियो । बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । “एकताको टुङ्गो नलगाई सरकार गठन भएको छ । त्यसैले माओवादी केन्द्रले सरकार गठनमा सहयोग ग¥यो, त्यसमा सहभागी भएन”, उहाँले भन्नुभयो । उहाँले पार्टीले पठाउने मन्त्रीको विषयमा समेत छलफल हुन बाँकी रहेको
जानकारी दिनुभयो ।
माओवादी केन्द्रका एक जना नेताले पार्टी एकतामा सैद्धान्तिक कुरा मिल्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एमालेको जनताको बहुदलीय जनवाद (जबज) माओवादीले अहिले नै स्वीकार गरिदिनुपर्नेजस्ता कुरा आएका छन् । दुई पार्टीबीच सैद्धान्तिक पक्षमा कुरा नमिलेसम्म सरकारमा जानुको अर्थ रहँदैन । ”

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना