कुमाल समाज सुधार समितीको राष्ट्रिय सम्मेलन आयोजना हुने

काठमाडौँ, फागुन ८ गते । नेपाल कुमाल समाज सुधार समितीको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
यहीँ फाल्गुन २४ र २५ गते गोरखा को १० किलो कुन्दुरमा हुन गइरहेको सो सम्मेलनको तयारि तिब्र गतिमा भइरहेको जनाएको समितिले जनाएको छ ।
समितिको विधान अनुरुप प्रत्येक दुई वर्षमा राष्ट्रिय सम्मेलन एक पटक बोलाउनु पर्छ तर समितिको राष्ट्रिय सम्मेलन महाधिवेशनको वर्ष नहुने, राष्ट्रिय सम्मेलनमा प्रतेक जिल्लाबाट २-२ जना प्रतिनिधि र परिबेक्षक को रूपमा सहभागी गरिनेछ र सम्मेलनको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ ।
समितिको राष्ट्रिय सम्मेलनले समितिलाई आवश्यक निर्देशन दिने, प्रतिबेदन माथि छलफल गर्नेछ, बिगतमा भएका कामको लेखाजोखा र मुल्यांकन गर्ने, संस्थाको सुधार र विकासको निम्ति आवश्यक निर्णय गर्ने समितले जनाएको छ ।
समितिले सम्पूर्ण भातृ संगठन, जिल्ला समिति, लगायत सम्पूर्ण समितिलाई सहभागीताको लागि पत्राचार भइसकेको जनाएको छ । समितिले यस सम्मेलनलाई एकता राष्ट्रिय सम्मेलन को नाम दिएको छ । लामो समयदेखि विवादास्पद रहेको कुमाल समाजको एकता प्रमुख एजेन्डामा सारिएको छ । विवादास्पद अन्य समितिलाई पनि पत्राचार गरि सम्मेलनमा सहभागी भइ वार्ता र छलफलबाट एकता को आव्हान गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना