राष्ट्रपतिको चुनाव फागुन २९ मा

नारद गौतम

काठमाडौँ, फागुन ११ गते । राष्ट्रपतिको चुनाव फागुन २९ गते मङ्गलबार गर्ने गरी निर्वाचन आयोगले बिहीबार मिति घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले फागुन २९ गते मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म काठमाडौंमा मतदान र सोही दिन ४ बजेपछि मतगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार, फागुन २१ गते मतदाता नामावली प्रकाशन, २३ गतेउम्मेदवारको मनोनयन पत्र दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । प्रमुख आयुक्त डा. यादवले राष्ट्रपति चुनावका लागि उच्च अदालतका न्यायाधीशनिर्वाचन अधिकृत रहने व्यवस्थाअनुसार नाम उपलब्ध गराउनन्याय परिषद्लाई आयोगले पत्राचार गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचन भएको सात दिनभित्रै उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी छिट्टै कार्यतालिका प्रकाशन गरिने जानकारी दिनुभयो ।
निर्वाचनको मिति घोषणा गर्नुअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई बिहीबार नै भेट गरी परामर्श गर्नुभएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो । आयोगले यसै विषयमा फागुन ३ गते राजनीतिक दलका प्रतिनिधिसँग परामर्श र छलफल गरेको थियो । त्यतिबेला फागुन २१ गते निर्वाचन गर्ने भनिए पनि सरकारसँग परामर्श गर्न बाँकी रहेकाले निर्वाचनको मिति हप्ता दिन पर सरेको हो ।
आयोगले मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणाम घोषणा गर्ने तर कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त नभएमा पुनः निर्वाचनको मिति घोषणा हुने जानकारी दिएको छ । sheetal_niwas
निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रशिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ जना मतदाता हुनेछन् । निर्वाचक मण्डलमा रहेका सङ्घीय संसद्का सदस्यको मतभार ७९ हुनेछ भने प्रदेशसभासदस्यको मतभार ४८ हुनेछ ।
निर्वाचक मण्डलका सबै ८८४ जना सदस्यको कुल मतभार ५२ हजार ७८६ हुनेछ । त्यसमध्येराष्ट्रपति निर्वाचित हुनका लागि कम्तीमा २६ हजार ३९४ मतभार आवश्यक पर्छ । चुनावी तालमेल गरेका तथा पार्टी एकीकरणको घोषण गरेका नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)सँग राष्ट्रपति चुनावका लागि कुल २८ हजार ६३२ मतभार छ । यो मतभार राष्ट्रपति निर्वाचनका लागि आवश्यक पर्ने न्यूनतम मतभारभन्दा दुई हजार २८३ ले बढी हो । गणतीय हिसाबले एमाले र माओवादी केन्द्र मिल्दा प्रदेशसभामा २४१ सदस्यको कुल मतभार ११ हजार ५६८ र सङ्घीय संसद्मा २१६ सदस्यको मतभार १७ हजार ६४ गरी २८ हजार ६३२ मतभार हुनेछ ।
निर्वाचनमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ र त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
दोस्रो चरणमा पनि कुनै उम्मेदवारले ५० प्रतिशत (२६ हजार ३९४) भन्दा बढी मतभार प्राप्त नगरे तेस्रो चरणको निर्वाचन हुनेछ । यो चरणमा भने सदर मतमा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना