जङ्गको श्राद्ध मङ्गलबार

काठमाडौँ, फागुन १४ गते । नेपालको इतिहासका चर्चित पात्र तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाको यही फागुन १५ गते श्राद्ध गरिँदैछ । सो दिन पञ्चमेल मिठाइ, मालपुवा, रोटी, पुरी, दही १५ कतारोसहित विधिविधानसम्मत श्राद्ध कार्य गरिदिने चलन छ । गुठी संस्थानले श्राद्ध गरिदिने गरेको छ भने श्राद्धका यी प्रसाद थापाथली भएर आवतजावत गर्ने बटुवाको मुखसम्म पुगोस् भन्ने चाहना गुठीको रहने गरेको छ । सोही दिन सोही स्थानमा जङ्गबहादुरका सन्तानहरूले पनि श्राद्ध गरिदिने गरेका छन् ।

श्री ३ जङ्ग संस्थाका अध्यक्ष यमजितप्रताप जङ्गबहादुर राणाले जङ्गबहादुरका धनी र वैभवशाली सन्तान अझै पनि भएको तर श्राद्ध गर्ने बखतमा कालमोचनघाटमा उनीहरूको नाकमुख नदेखिने गरेकोप्रति गुनासो गर्नुभयो । आफ्नो निधन भएपछि सन्तानले उचित रूपमा दान पिण्ड दिऊन् भनेर नै तत्कालीन राजा सुरेन्द्रविक्रम शाहसँग ३३ हजार रुपियाँमा कालमोचनको जग्गा खरिद गरेर पित्तलको सालिक ठड्याएको बताउँदै ७९ वर्षीय यमजितप्रतापले भन्नुभयो, “अभिलेखअनुसार श्राद्ध हुनै पाएको छैन । ” गुठी संस्थान काठमाडौँ जिल्ला प्रमुख वैकुण्ठ रेग्मीका अनुसार संस्थानले सोह्रश्राद्ध र गोविन्द द्वादशीका दिन दुईपटक जङ्गको श्राद्ध गर्दै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना