शिक्षाको उज्यालो घाम

Ramesh p gautamरमेशप्रसाद गौतम

शिक्षाको मियो भनेको शिक्षक नै हुन् । यसैले शिक्षकले चाहेमा विद्यार्थी हितमा धेरै काम गर्न सक्दछन् । यसैले शिक्षा सुधारका एक महŒवपूर्ण पक्ष शिक्षकहरू नै हुन् । यस्ता शिक्षक आफ्नो विषयमा दक्ष र सक्षम हुनु जरुरी छ तर हाम्रा कतिपय शिक्षकमा भएको कमीकमजोरीका कारण नागरिकको गुणस्तरीय शिक्षा पाउने हकबाट विमुख हुने गरेका छन् । विद्यालय शिक्षा सुधारमा शिक्षकको भूमिका गहन छ । तथापि शिक्षा सुधार्न समग्र शिक्षा प्रशासन सरोकारवालाहरू सचेत हुनका साथै अभिभावक, समुदाय, जनप्रतिनिधि सबैको इमानदार सहयोग चाहिन्छ । विनाउत्साह शिक्षकको कक्षाकोठामा गएर राम्रोसँग अध्यापन कार्य गर्न सक्तैन । शिक्षकलाई उत्प्रेरित बनाउने उसले पाउने सेवा–सुविधा वृत्ति विकासका अवसरहरू नै हुन् । यसका लागि सरकारी नीति नियम, पद्धति तथा सामाजिक दृष्टिकोणले समेत प्रभाव पारेको हुन्छ । शिक्षकलाई योग्य र दक्ष बनाउन तिनलाई तालिम दिने गुरु वा शिक्षक उत्पादन गर्ने विश्वविद्यालय वा क्याम्पसका प्रध्यापक बढी सक्षम र दक्ष इमानदार भएमा राम्रो शिक्षक पाउन सकिन्छ । विद्यालय तहका शिक्षकलाई योग्य र अध्ययनशील बनाउने काम विश्वविद्यालय शिक्षाशास्त्रका प्रध्यापकहरूकै हो । पढाउने प्रध्यापक विद्वान्, अध्ययनशील र व्यक्तित्वशाली भएमा उनीहरूले पढाएका विद्यालय शिक्षकमा पनि विषयवस्तु ज्ञाता, चिन्तनशील, अध्ययनशील इमानदार शिक्षक बन्न सक्दछन् ।

राज्यको कानुन र आफ्नो पेसागत आचारसंहितामा बस्ने शिक्षक आत्मविश्वासी र शिक्षण पेसाप्रति समर्पित हुन्छ तर पनि सरकारी नीति नियमले शिक्षकहरूको कार्यशैलीमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पु¥याइरहेको नै हुन्छ । अतः शिक्षक व्यवस्थापन सरकारी नीतिमा निर्भर रहने विषय हो तथापि समाज वा समुदायले सरकारको मात्र भर गरेर शिक्षाका सबै पक्ष पूरा भइहाल्छ नि भन्ठान्नुहँुदैन । शिक्षण संस्थाहरू भनेका सामाजिक संस्था हुन् । यहाँ विद्यार्थीको भविष्य, अभिभावकको सपना गाँसिएको छ । शिक्षकको मिहिनेत एवम् प्रतिबद्धता नभई हँुदैन । हरेक बालबालिकाको सांस्कृतिक, संवेगात्मक, बौद्धिक, नैतिक शारीरिक तथा आध्यात्मिक विकासका लागि शिक्षा नभई नहुने कुरा हो । यसैले शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित हुनुपर्छ भनेर नै संयुक्त राष्ट्रसङ्घको घोषणा सन् १९४८ मा भएको थियो । यसपछि विश्वका धेरै मुलुकले बालबालिका लागि कम्तीमा प्राथमिक शिक्षामा पहुँच सुनिश्चितता हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् । नेपालले पनि आधारभूत प्राथमिक शिक्षा सर्वसुलभ हुने घोषणा गरिसकेको छ तर पनि हाम्रा दुर्गम क्षेत्रका बालबालिका अझै शिक्षाको सुनिश्चितता अनुभव गर्न सकिरहेका छैनन् । यसका लागि सबै पक्षबाट सहयोग हुनु जरुरी छ । असल शिक्षक उत्पादनमा शिक्षक तालिम, शिक्षण लाइसेन्स, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, दण्ड पुरस्कार, अवकाश आदिले शिक्षकको प्रभावकारीतामा ठूलो असर पारेको हुन्छ । यसर्थ, शिक्षकले नैतिकतालाई ख्याल गरी आफ्नो पेसाको संवेदनशीलता बुझी कक्षाकोठामा प्रवेश हुँदा नयाँ ज्ञान र ऊर्जा बोकी हँसिलो मुद्रामा प्रवेश हुनुपर्छ । यसले विद्यार्थीका लागि लाभदायी हुन्छ ।

शिक्षकले आफ्नो पेसालाई बेवास्ता गर्ने आफ्नो कर्तव्य र सिङ्गो समाजलाई ठग्ने अनि सत्ता, शक्ति र राजनीतिक दलका नेताका पछि लाग्ने पनि गरेका छन् । यस्ता केही शिक्षकका कारण सिङ्गो शिक्षा जगत् नै बदनाम भएको छ । अर्कोतर्फ विद्यालयमा राजनीतिक दबाब, शिक्षक नियुक्तिमा सोर्सफोर्स, भनसुन, आफ्नालाई च्याप्ने अर्को राम्रो र योग्य भए पनि फ्याँक्नेजस्ता परिपाटीले सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएको छ । राजनीतिक कारणले विद्यार्थी भएका ठाउँमा शिक्षक अपुग छन् । एउटा नागरिकको हैसियतले चाहे नेता हुन्, शिक्षक हुन् वा अभिभावक सबैले आफू सच्चिने कोसिस गर्नुप¥यो । शिक्षा नसुघ्री देश सुध्रिँदैन । यसमा विशेषतः शिक्षण पेसामा लाग्ने शिक्षकले देशहितका लागि निष्कर्म काम प्रति वफादारी हुनु नै सबैको कल्याण छ । यसका लागि शिक्षक प्रवेशकालमै योग्य व्यक्ति छनोटको प्रावधान राखिनुपर्दछ । विद्यमान कार्यरत शिक्षकहरूमध्ये कतिपय स्वेच्छाले छाड्न चाहनेलाई सुविधासहित अवकाश दिने नयाँ प्रतिभावान योग्य व्यक्तिलाई शिक्षकमा प्रवेश गराउने नीति चाँडोभन्दा चाँडो लागू गर्नु उपयुक्त हुन्छ । क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षण दिलाउनु अत्यन्त जरुरी भएको छ । अहिलेसम्म झण्डै ८० प्रतिशत नेपाली जनताका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्दछन् । यस्ता विद्यालयको गुणस्तर वृद्धि नगरी मुलुकको विकास सम्भव हुँदैन । यी विद्यालयको भौतिक अवस्था सन्तोषजनक छैन । यसका लागि सरकारी र स्थानीय सहभागिता बढाउनु आवश्यक छ । यस्तै विद्यार्थी भर्ना चाप न्यून हँुदै गएका छन्, भर्ना भएका पनि टिक्न सकिरहेका छैन । शिक्षकलाई पेसाप्रति अभिप्रेरित गर्न पुनर्ताजगी तालिम प्रदान गर्न पुस्तकालयको व्यवस्था मिलाउन, विद्यार्थीमैत्री शिक्षा सिकाइकार्य अघि बढाउन आदिका लागि सरकारी लगानीको अति जरुरी हुन्छ । सरकारी बजेट विनियोजन गर्दा यी सवालमा ध्यान पु¥याउनुपर्ने हुन्छ । विद्यार्थीको सिकाइ उपलब्धि विशेषगरी शिक्षकको इच्छा शक्तिमा निर्भर गर्छ । विद्यालयमा शिक्षकले निर्वाह गरेको भूमिका, कार्यशैली र अभिभावकको सक्रियताको पनि जरुरत पर्दछ ।

शिक्षकले हरेक विद्यार्थीलाई व्यक्तिगत रूपमै सोधखोज गर्नुपर्छ । अभिभावकबराबर विद्यालय आई आफ्ना केटाकेटीका प्रगतिबारे जानकारी लिनुपर्दछ । विद्यालय व्यवस्थापन समितिले पनि स्थानीय सहयोग जुटाउनुका साथै दैनिक विद्यालयका पढाइमा समेत निगरानी राख्नु उचित ठहर्दछ । सबै मिलेर विद्यालयको समग्र शैक्षिक वातावरण सुधारका लागि प्रतिबद्ध र कटिबद्ध हुनु जरुरी छ । साथै शिक्षामा सबै नागरिकको पहुँच तथा अनिवार्य शिक्षाको प्रावधान समावेशी शिक्षाको नीति अवलम्बन गरिनुपर्दछ । अनि मात्र देशमा सबै नागरिकले शिक्षाको उज्यालो अनुभूत गर्न सक्दछ । शिक्षक नियुक्ति, सरुवा, बढुवा, दण्ड, पुरस्कार, अवकाश आदि कुरामा सरकारले गम्भीर बन्न नसकेको यथार्थ हो । गुणस्तरीय शिक्षाका लागि योग्य शिक्षक छनोट गर्ने नीति अवलम्बन गर्नुको साटो कमजोर शिक्षकलाई नै स्थायित्व दिन खोज्नु र प्रतिस्पर्धी फ्रेस नवयुवा शिक्षकलाई छायाँमा पार्नु त व्यवस्थापनको ठूलो कमजोरी हो । विद्यालयतहका शिक्षकको मुख्य समस्या मूल्य तथा संस्कार पनि हो । कतिपय शिक्षकहरू आफ्नो पेसाप्रति निष्ठावान देखिँदैनन् । त्यहाँ जवाफदेही र इमानदारी खड्किरहेको हुन्छ । विश्वविद्यालयका प्राध्यापकमा पनि भविष्यका शिक्षकप्रति प्राज्ञिक मूल्य र संस्कारको चासो देखिँदैन । यसले गर्दा स्वयम् प्रध्यापकहरू पनि कत्तिका आफ्नो दायित्वप्रति प्रतिबद्ध छन् भन्ने प्रश्न उठिरहेको हुन्छ । प्राध्यापकमा प्राज्ञिक संस्कारको अवमूल्यन हुन गइरहेको छ । अहिले हाम्रा विद्यालयमा विषयवस्तु तथा शिक्षणविधि, पद्धतिसम्बन्धी ज्ञान र सीपको अभाव देखिन थालेको छ । विषयवस्तुमा विज्ञता हासिल गर्न अध्ययनशीलता संस्कार र स्वभावको पनि त्यत्तिकै जरुरी छ । शिक्षकहरूलाई आत्मप्रेरित स्वअध्ययनतिर आकर्षित गराउन नसक्नु पनि आजको ठूलो चुनौती हो । यसका लागि विश्वविद्यालयका प्रध्यापकहरू नमुना बन्न सके त्यहीबाट उत्पादित शिक्षकहरू स्वाध्ययनतर्फ प्रेरित बन्न सक्दछन् । गतिला शिक्षक उत्पादन गर्ने विश्वविद्यालयमा नै बौद्धिक खडेरी हुनु राजनीतिक हस्तक्षेप बढ्नु एवम् तटस्थ बौद्धिक जमात विश्वविद्यालयभित्र पनि कमै पाइनुले पनि त्यही विश्वविद्यालयबाट उत्पादित हाम्रा शिक्षकमा कहाँबाट जवाफदेहीता, पेसाप्रति निष्ठा र असल संस्कार खोज्न जाने ? शिक्षाको सुधार गर्न खोज्दा विश्वविद्यालय तहदेखि बालकक्षासम्मको सुधारतर्फ ध्यान जानुपर्दछ । अनि मात्र शिक्षाको उज्यालो घाममा सबैको समान पहुँच पु¥याउन सकिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना