कार्यसूची चयन गर्न सचिवालयले बोलायो बैठक

parlament of nepalकाठमाडौँ, फागुन १६ गते । सङ्घीय संसद् सचिवालयले संसद् अधिवेशनको पहिलो बैठकका कार्यसूचीबारे निर्णय गर्न संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई छलफलमा बोलाएको छ । सचिवालयले कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेका कारण कार्यसूचीबारे छलफल गर्न बुधबार दिउँसो २ बजे संसद् भवन बानेश्वरमा दलका प्रतिनिधि बोलाएको हो । 

पहिलो बैठकका कार्यसूची लगायतका विषयमा छलफल गर्न प्रतिनिधि बोलाइएको प्रवक्ता भरतराज गौतमले बताउनुभयो । गौतमले पहिलो बैठकको कार्यसूचीसँगै संसद्मा पदाधिकारी निर्वाचन लगायतका कार्यतालिकामा पनि छलफल हुनसक्ने बताउनुभयो । छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको छ ।
सचिवालयको तयारीअनुसार पहिलो बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सञ्चालन कार्यविधि पारित हुनेछन् । कार्यविधि पारितसँगै सभामुख तथा उपसभामुख निर्वाचनको कार्यतालिका पनि प्रकाशन हुन सक्नेछ । यद्यपि, राजनीतिक दलबीचमा सहमति नभएको अवस्थामा पहिलो बैठकले पदाधिकारी चयनको कार्यतालिका प्रकाशनसम्बन्धी निर्णय गर्नेछैन ।
संसद् अधिवेशन २१ फागुनदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार चैत ३ अघि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । यस्तै अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन सम्पन्न गर्नुपर्छ । यस्तै राष्ट्रियसभाका अध्यक्ष तथा उपाध्यक्षको चयन पनि १५ दिनभित्रै सम्पन्न गर्नुपर्नेछ । स्थायी नियमावली निर्माण लगायतका प्रक्रियालाई पनि
संसद्ले पूर्णता दिनुपर्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना