सिमसागबाट लोभलाग्दो आम्दानी

हरिप्रसाद कोइराला

पथरी शनिश्चरे (मोरङ), फागुन १६ गते । न गोडमेल, न खनजोत, विषादी र मल पनि हाल्नु नपर्ने । पूर्वी मोरङको पथरी शनिश्चरे–१० का ५३ परिवारलाई सिमसागको आम्दानी लिन भ्याई नभ्याई छ । मोरङ्गी खोलाको बगुवा पानीको थोरै क्षेत्रफलमा खेती गर्दा घर गर्जो टार्ने खर्च मात्र होइन, बचत पनि हुन थालेपछि अचेल व्यावसायिक रूपमा सिमसागको खेती गर्न थालेका छन् ।
मोरङ्गी खोलाको थोरै भूगोलमा सिमसागको व्यावसायिक खेती गरी गरेका ५३ जनाले एक सिजनमा २५ लाख रुपियाँसम्म आम्दानी लिने गरेको स्थानीय हस्तबहादुर दाहालले बताउनुभयो । बाढी आउन छोडेपछि असोज कात्तिकमा रोपेको सिमसागले ४५ दिनदेखि आम्दानी दिन थाल्छ । उहाँले थप्नुभयो, बिरुवाले निरन्तर एकनासले चिसो पानी पाए प्रत्येक ३०/३० दिनमा चारपटकसम्म उत्पादन लिन मिल्छ । मोरङ्गी खोलाको राजमार्ग दक्षिण सात मिटर र उत्तरतर्फ दुई सय मिटर गरी नौ सय मिटर लम्बाइभित्र किसानले सिमसागको व्यावसायिक खेती गर्दै आएका छन् । sim sag
जस्तोसुकै खडेरी पर्दा पनि पानी नसुक्ने मोरङ्गी खोलामा २०४० सालमा पहिलोपटक हस्तबहादुर दाहालले सिमसागको खेती सुरु गर्नुभएको हो । ६७ वर्षीय दाहालले भन्नुभयो, २०४८ सालमा मैले एक लाख ३० हजारको सिमसाग बेचेँ । सिमसाग बेचेर हस्तबहादुरले बैङ्कको कर्जा ति¥यो भनेर खुब हल्ला फैलियो । त्यसपछि सिमसागको खेती गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो ।
५० सालदेखि भने स्थानीयले व्यावसायिक रूपमा खेती गर्न थालेको दाहालले बताउनुभयो । यो वर्ष उहाँले तस्न कट्ठामा खेती गर्नुभएको छ, उहाँले भन्नुभयो । पानी तातिएन भने ५०÷६० हजारको हुन्छ ।
खोलामा स्थानीय किसानले दस धुरदेखि तीन कट्ठासम्म जग्गा ओगटेर साग रोपेका छन् । एक कट्ठा जग्गामा एक सिजनमा २० हजार रुपियाँको साग उत्पादन हुने अर्का किसान लेखबहादुर खड्काले बताउनुभयो । अर्का किसान ज्ञानबहादुर दाहाल पनि वार्षिक १५÷२० हजारको साग बेच्नुहुन्छ । पानी निरन्तर भयो भने, छिटोछिटो बाली लिन पाइन्छ र आम्दानी अझ बढी हुन्छ । रोप्दा एकपटक मिहीन परिश्रम गरेपछि निरन्तर डुब्ने गरी सिँचाइ गरे पुग्ने सिमसाग खेती आम्दानीको राम्रो स्रोत भएको किसानहरू स्वीर्काछन् ।
उता काबेली कृषि फर्मले कानेपोखरी ६ को सीताखोलामा व्यावसायिक सिमसाग खेती गरिरहेको छ । तीन कट्ठा सीम क्षेत्रमा खेती गरिरहेको सञ्चालक कमल हाङ्वाङले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना