वाम गठबन्धनको सन्देश

nuhuchchhe narayanन्हुंछेनारायण श्रेष्ठ

 

नेपालको संविधान २०७२ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयांँ प्रधानमन्त्रीको रूपमा नेकपा एमालेका केपी ओलीलाई नियुक्त गरेसँगै उनले सङ्घीय सरकारको पहिलो प्रधानमन्त्री हुने सौभाग्य पाएका छन् । संविधाअनुसार तिनै तहको निर्वाचनपश्चात् मुलुक यतिखेर औपचारिक रूपमा सङ्घीयतामा प्रवेश गरिसकेको छ । अहिले सङ्घीय संरचनाअनुसार प्रदेशसभाको गठन भएको र सातवटै प्रदेशको अस्थायी मुकाम तोकी प्रादेशिक सरकारले आ–आफ्नो प्रदेशको काम शुरु गरिसकेका छन् र नियमित रूपमा बैठक बसी जनताको पक्षमा काम गर्दैछन् । सरकारले सातवटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालयसहित सातै मन्त्रालयको संरचना तयार गरिरहेको छ र मुलुकलाई सङ्घीय संरचनाअनुरूप ढाल्दै आम नागरिकको हकाधिकार प्रदान गर्नेतर्फ अघि बढिरहेको छ ।
मधेशवादी दललाई समेत सरकारमा सामेल गराउने उद्देश्यले एमाले माओवादी र मधेशवादी दलहरूबीच वार्ताहरू चलिरहेका छन् । मधेशवादी दलहरूको संविधान संशोधन गर्ने मुख्य शर्तलाई एमाले माओवादीले स्वीकार्ने सङ्केत देखिएपछि फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो । वामपन्थी कुनै पनि हालतमा मधेश विरोधी होइनन् भन्ने उदाहरण प्रदेश नं. २ को प्रदेश सभा सरकारलाई विश्वासको मत दिएर प्रकट गरिसकेका छन् । अबको समय भनेको दुई तिहाइको सरकार निर्माण गर्ने र त्यही सरकारले संविधान संशोधन गरी मधेशीको माग पूरा गर्ने समय हुन सक्ने भएकाले मधेशवादी दल यो सरकारमा सामेल हुनुको विकल्प देखिँदैन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ र यसमा मधेशीको उल्लेख्य सहभागिता हुनेमा विश्वास लिन सकिन्छ । हालै मात्र सानो आकारको मन्त्रिपरिषद् विस्तार भएको र आउने दिनमा मधेशवादी दललाई समेत समेटी मन्त्रीमण्डल विस्तार गरिनुपर्ने आवश्यकता छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र माओवादी केन्द्रको ५३ सांसद छन् । बहुमतका लागि १३८ सांसद आवश्यक हुन्छ । हाल प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक रहेकोमा माओवादी केन्द्र र नेकपा एमालेको सिट सङ्ख्या एक सय चौहतर रहेका कारण बाम गठबन्धनका तर्फबाट केपी ओली प्रधानमन्त्री नियुक्ति भइसकेका छन् । यदि मधेशवादी दलहरू मिलेको खण्डमा सरकार दुई तिहाइको हुने र स्थिर हुनेमा विश्वास लिन सकिन्छ ।
एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि वाम गठबन्धनका दुवै दलका नेताहरूले निर्णय गरेका थिए । त्यस्तै गरी ओली–दाहाल दुवै पार्टीको अध्यक्ष, आलोपालो प्रधानमन्त्री हुने निर्णय गर्नुका साथै केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दुवै दल सहमतिमा पुगेका छन् त्यस्तै गरी मुलुकका ठूला दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा समेत सहमति भएको र दुवै दलको सहमतिलाई पार्टीभित्र अनुमोदन गरी पार्टी एकता संयोजन समिति बैठकले एकीकरणको निर्णय समेत गरिसकेको जनाइएको छ । दुवै दलले स्व.जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अङ्गीकार गर्ने, वैचारिक–सङ्गठानात्मक कार्यदलमार्फत सिद्धान्तको अन्तिम टुङ्गो लगाउने र चुनाव चिह्न सूर्य राख्ने, भावी राष्ट्रपति र उपराष्ट्रपतिमा हालैका बहालवाला राष्ट्रपति र उपराष्ट्रपति राख्ने, एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने, संयुक्त अध्यक्षको रूपमा पार्टी सञ्चालन गर्ने, एकले सरकार र अर्कोले पार्टी सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् ।
यसप्रकारको निर्णयले नेपाली राजनीतिमा नयांँ तरङ्ग उत्पन्न गराइदिएको छ । विभिन्न टिकाटिप्पणी र अनुमानकाबीच पार्टी एकीकरणको विषयले मूर्तरूप लिएको हो । मुख्यतया दुई नेता एमाले अध्यक्ष केपी ओली र एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एउटै कम्युनिष्ट पार्टी बनाउने र आम नागरिकको चाहनाबमोजिम पार्टी एकता हुने विषयलाई चौतर्फी स्वागत गरिएको छ । दुई दलबीचको यो सम्बन्धलाई दिगो स्थायी बनाउनुपर्ने आवश्यकता छ ।
केपी ओली प्रधानमन्त्रीमा चुनिएपछि मुलुकलाई समृद्धि र विकासको पथतिर अग्रसर गराउन र दुवै दलको एकीकृत पार्टी निर्माण गरी तिनलाई चिर स्थायी बनाउँंदै स्थायी सरकार निर्माण गरी मुलकको आर्थिक समृद्धि, विकास निर्माण, संविधान कार्यान्वयन, चुनावी घोषणापत्र कार्यान्वयन, सङ्घीयता कार्यान्वयन, स्पष्ट वैदेशिक नीति अवलम्बन गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा मुलुकलाई अगाडि बढाउने र देशलाई सफलताको बाटातर्फ अगाडि बढाउन सक्ने आँट, हिम्मत र साहस वाम गठबन्धनमा रहेको र त्यही आधारमा गएका निर्वाचनमा समेत जनमत प्राप्त गरेका कारण नेपाल र नेपालीको हक हितका लागि वाम गठबन्धन र वाम सरकार आवश्यकता परेको हो । वामपन्थीको सरकार बन्यो भने मुलुकको कायापलट गर्न सकिने दृष्टान्ट तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको पालामा शुरु गरिएको आफ्नो गाउँ आफँै बनाऔ, वृद्ध भत्तालगायतका विषयले हालसम्म उत्तिकै चर्चा पाइरहेकै छ । वामपन्थी सरकारमा सामेल हुँदा लोडसेडिङ अन्त्य गर्ने महìवपूर्ण जिम्मेवारी, नाकाबन्दीको विरोध गरी राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति अडिग रही देशको अस्मिता जोगाउने कार्य गरेकै हुन् ।
मुलुकलाई उन्नति, प्रगतिको बाटोतिर अघि बढाउन देशमा देखिएका बेरोजगारी, अशिक्षा, भ्रष्टाचार निर्मूल पार्नका लागि समेत वामपन्थीको ठूलो त्याग, तपस्या र योगदान रहेको कुरालाई नकार्न सकिँदैन् । अर्कातर्फ अहिले पनि वाम गठबन्धन र केपी ओली नेतृत्वको सरकारलाई तगारो हाल्नेहरू नभएका होइनन् । आफूलाई सर्वहारा र सच्चा वामपन्थी भन्नेहरू अझै पनि वाम एकताको पक्षमा उभिन सकिरहेका छैनन् । माक्र्सवाद, लेनिनवादको नाममा पदसँग आफ्नो अस्तित्व देखाइरहेका छन् । विगतदेखि हालसम्मको इतिहासमा नेपालका वामपन्थी दलहरू एकता हुने र टुट्ने क्रम जारी रहेकै छन् । पछिल्लो समय वाम एकता र सिङ्गो कम्युनिष्ट पार्टी निर्माण गर्ने महान् कार्यले अहिले मूर्त रूप लिँदैछ र मुलकुको समृद्धि र विकास गणतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन, सङ्घीयता कार्यान्वयन जस्ता महìवपूर्ण कार्य गर्ने जिम्मेवारी वापन्थीको काँधमा आइपरेको छ । सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा वामपन्थीकै पकडमा रहेका कारण यो देशको मुहार फेर्ने कार्य वामपन्थीकै हो, अबको समयमा छरिएर रहेका ससाना वाम दल आआफ्नो व्यक्तिगत स्वार्थ त्यागी सिङ्गो कम्युनिष्ट पार्टी निर्माणको कार्यमा सम्मिलित भई जनताको पक्षमा इमानदार सिपाही भएर काम गर्नुपर्ने अवस्था आएको छ । केपी ओली नेतृत्वको सरकारले राजनीतिक स्थायित्व, अन्तर्राष्ट्रिय सम्बन्धमा व्यापक सुधार, शान्ति, समृद्धि, विकास, बेरोजगारको अन्त्य, कर्मचारी समायोजनलगायतका विविध क्षेत्रमा काम गर्नु आवश्यक छ भने मुलुकमा व्याप्त रहेको भ्रष्टाचार, बेरोजागारी अन्त्य गर्र्नु
आवश्यक छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना