पशुपालन र दुग्ध उत्पादन

dhadhiram khatiwadaदधिराम खतिवडा

 

भौगोलिक हिसाबले अधिकांश भूभाग गाउँ क्षेत्रले ओगटेको नेपाल, जीविकोपार्जनका लागि मानिस व्यावसायिक रूपले नभए पनि केही न केही काममा संलग्न भएका हुन्छन् । ग्रामीण क्षेत्रको व्यवसाय पशुपालनमध्ये भैँसीपालन प्रमुख हो । दैनिक उपभोग्य दुग्धजन्य पदार्थ र प्राङ्गारिक कृषि र खेती मलका लागि प्रत्येक घरमा एउटा दुई वटा भैैँसी अनिवार्य पालेको देखिन्छ । नेपाललगायत विश्वका ४२ देशमा भैँसीपालन हुँदै आएको छ । कृषि विभागको तथ्याङ्कअनुसार नेपालमा भैँसीको सङ्ख्या ५२ लाखको हाराहारीमा छ । एउटा भैँसीले प्रतिदिन सरदर (सानो ठूलो) १२ लिटर पिसाब र छ किलो गोबर निकाल्छ । ४० किलो घाँसदाना र १०० लिटर पानी चाहिन्छ वयस्कलाई । एक वर्षमा ५२ लाख भैँसीले करिब दुई करोड टन पिसाब र एक करोड टन गोबर मल तयार हुन्छ । प्रतिहेक्टर २० टनको दरले मल हाल्दा १५ लाख हेक्टर जमीनलाई मल पुग्छ । नेपालमा खेती गरिने जमिन ३० लाख हेक्टर हाराहारी हो । भैँसीले मात्र आधा जमिनलाई मल दिन सक्छ भने ७३ लाख गाई, एक करोड बाख्रा, १२ लाख बङ्गुर, सात करोड कुखुराको मल जोड्दा भैँसीको दोब्बर हुन सक्छ । यसमा करिब ६० लाख हेक्टर जमिनमा निस्कने सोत्तर, पतकर, र पशुपक्षीजन्य विकारबाट थप दुई करोड टन मल तयार हुन सक्छ । जसबाट १० लाख हेक्टर जमिनलाई शुद्ध मल प्राप्त हुन सक्छ । करिब दुई करोड ८० लाख नेपालीको वर्ष दिनको पिसाब एक करोड टन (दिनको सरदर एक लिटर), दिसा २५ लाख टन (२५० ग्राम सरदर) र पसिना (लुगा धुएको पानी) २० लाख टनबाट मात्र करिब सात लाख हेक्टर जमिनलाई मल पुग्छ । तर, माथिका सबै मलको ९० प्रतिशत स्रोत पानीमा बगेर खोल्सी, खोला, नदी प्रदूषित गर्दै बङ्गालको खाडी पुगेर समुद्रको सन्तुलन बिगार्दैछ । साथै हावाको सन्तुलन तथा ओजन तहको विनाश अत्यधिक गर्दै आएको छ । मानिसलाई दीर्घकाल धरापमा पारिरहेको छ । यिनै कुराले नेपाल अर्गानिक देश हुनलाई धेरै सजिलो छ ।
नेपालमा कृषि व्यवसायमा संलग्नमध्ये ७० प्रतिशतले पशुपक्षी पाल्ने गरेका छन् तर उत्पादकत्व भने कम छ । मासु, दूधजस्ता उत्पादनका लागि पशुपालन गरिने भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । नेपालले वार्षिक चार अर्ब रुपियाँ जतिको मासु र दूधजन्य उत्पादन आयात गर्दै आएको छ । खाद्य एवं आर्थिक वृद्धिका लागि भैँसी उत्पादनमा वृद्धि नाराका साथ गत २०७४ कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म अन्तर्राष्ट्रिय भैँसी गोष्ठी भएको थियो । उक्त गोष्ठीमा नेपालसहित १० देशका वैज्ञानिक सहभागी थिए । उनीहरूले भैँसीका प्रजनन् प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन प्रविधि, अनुवांशिक प्रविधि, भैँसीजन्य उत्पादनको सामाजिक, आर्थिक पक्ष, एवं पशुजन्य खाद्य पोषणको प्रमुख स्रोतको रूपमा भैँसी भएको र उत्पादनमा जोड दिनुपर्ने सुझाएका थिए । नेपालमा कुल दुग्ध उत्पादनको दुईतिहाइभन्दा बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैँसीको उत्पादनले ओगटेको छ । विश्वभरमा १८ करोड ५० लाख भैँसी पालिएकोमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैँसीपालन हुँदै आएको बताइएको छ । विश्वमा १५ देखि ४० प्रतिशतसम्म दुहुनु भैँसीमा देखिने गरेको थुनेलो रोग नियन्त्रणका लागि एसियन मस्टाइटिस काउन्सिल स्थापना गर्न सकारात्मक वातावरण बनेको छ । दैनिक ४८ लाख लिटर दूध उत्पादन नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुन्छ । सरदर रु ५२ प्रतिलिटर किसानले पाउने गरी वार्षिक रु ९१ अर्ब हाराहारीको दूध किसानले बिक्री गर्नेमा रु १२ अर्ब ग्रामीण क्षेत्रमा मात्रै जान्छ । दुग्धजन्य पशुपालनमा चार लाख ५० हजार कृषक आबद्ध भएको र करिब २० हजार जनाले प्रत्यक्ष रूपमा उद्योगमा रोजगारी पाएका छन् । किसानले उत्पादन गर्ने दूधमध्ये १५ प्रतिशतमात्रै डेरीमार्फत बजारमा पुग्छ । ३५ प्रतिशत कृषकले सोझै उपभोक्ता कहाँ पु¥याइएको र ५० प्रतिशत किसानको आफ्नै खपत रहेको अवस्था छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रले मात्रै नौ प्रतिशत योगदान पु¥याएको देखिन्छ, यहाँ उत्पादित दूधको २५ प्रतिशत अन्य देशबाट ल्याउनुपर्ने अवस्था छ । वार्षिक प्रतिव्यक्ति ९२ लिटर दूध खपत हुनुपर्नेमा अहिले ७२ लिटर मात्र खपत हुँदै आएको तथ्याङ्क छ । दूध उत्पादनलाई वृद्धि गर्न नश्ल सुधार कार्यक्रमलाई प्राथमिकता दिँदै उन्नत जातका घाँसका बीउबिजन उपलब्ध गराउन आवश्यक छ । गोठ सुधारका लागि दिइने अनुदानलाई सरलीकृत गर्दै पशु बीमा कार्यक्रमलाई कृषकको पहुँचसम्म पु¥याउनु जरुरी छ । सरकारी तवरबाट दानाको विकल्पमा पोषिलो घाँसको बीउबिजनलाई निःशुल्क वितरण गर्नुपर्ने लगायत काम भए दुग्ध उत्पादनलाई अझै बढाउँदै विदेशी दूधसँग प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने देखिन्छ ।
पछिल्लो तीन वर्षमा दूध उत्पादन राम्रो भएको भए पनि उत्पादनको तुलनामा खपत बढी रहेकाले त्यसलाई सम्बोधन गर्ने गरी उत्पादन बढाउनुपर्नेमा दुग्ध व्यवसायीको जोड छ । अहिले डेढ अर्ब बराबरको दूध र दुग्धजन्य पदार्थको आयात हुँदै आएको छ । उनीहरूले उत्पादनलागत कम हुने कार्यक्रम ल्याएर किसानलाई आकर्षित गरी उत्पादन बढाउनुपर्ने छ ।
दुग्घ विकास संस्थानले पाउडर प्लान्टको क्षमता वृद्धि गरेर मिल्क होलि डे को समस्या समाधान गरेको भए पनि निजी क्षेत्रका डेरीमा अझै सो समस्या कायम नै रहेको भन्दै निजी क्षेत्रका दूध व्यवसायीले सामूहिक रूपमा निजी क्षेत्र, सरकारी, सार्वजनिक तथा सहकारी क्षेत्रलाई समेटेर सरकारी ऋण अनुदानमा पाउडर प्लान्ट निर्माण गर्नुपर्ने आवश्यकता छ । दुग्धको माग बढिरहँदा उत्पादन भने घटिरहेको छ । युवा वैदेशिक रोजगारीमा पलायन हुँदा घरमा पशुपालन गर्नेको सङ्ख्या घटेको छ । दुःखगरी खानभन्दा किनेर खान सजिलो भएकोले पशुपालनतर्फ किसानको मन जान छाडेको छ । दुग्ध बिक्री केन्द्र अहिले प्रशस्त मात्रमा रहेका भए पनि नेपालमा दूध कमी हुँदा भारतबाट दूध लिई बिक्री गर्ने गरेको व्यापारी छन् । पढेलेखाका युवायुवती पशुपालन गर्न लजाउनेले गर्दा पनि दुग्धको उत्पादनमा कमी आएको हो ।

डेरी उद्योगको इतिहास
नेपालमा डेरी उद्योगको शुरुआत राणाकालको अन्त्यतिरबाट भएको हो । राणा प्रधानमन्त्री मोहन शमशेरले विश्व खाद्य सङ्गठनको सहयोगमा काभ्रेको नालामा आधुनिक पशुपालन तथा दुग्ध व्यवसायको सर्वेक्षण गराएपछि २००९ सालमा दूधको सङ्गठित सङ्कलन र व्यापार व्यवसाय शुरु भएको हो । त्यसपछि २०२६ सालमा सरकारी स्तरबाट संस्थान ऐन २०२१ अन्तर्गत दुग्ध विकास संस्थान स्थापनापछि नेपालमा डेरी उद्योगले व्यावसायिक रूप लिएको देखिन्छ । गाउँ घरका किसानको घरमा दूध लिन बिहान दुग्ध बिक्री केन्द्र डेरी सञ्चालक दैडिने गर्छन् । तर, पनि चाडपर्वको अवसरमा दुग्ध नपुग्ने गर्छ । दुग्ध डेरी केन्द्रले दूधमा मिसावट गरिन्छ भनिए पनि बिक्री केन्द्रले दूधमा पानीको मात्रा केही हुने र गुणस्तर परीक्षण गरेर मात्र बिक्री गरिन्छ । मधेशी समुदायमा भने दुग्धमा अन्य पदार्थ पनि मिसावट गरिएको पाइने भएकाले परीक्षण मुख्य आवश्यता रहेको देखिन्छ । सरकारले कृषिलाई प्रथमिकतामा साथ राखे पनि अहिलेसम्म दुग्ध व्यापारीलाई कर मा कुनै पनि छुट नदिएको पाइन्छ ।
दूध उत्पादनमा किसानलाई अनुदान
पशु सेवा विभागले दूध उत्पादन तथा बजारीकरणका आधारमा पाइलट कार्यक्रमको आयोजना गरी हाल कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागी गराई सहकारीको मापदण्डअनुसार दैनिक कम्तीमा ३०० लिटर दूध सङ्कलन र वार्षिक कम्तीमा २०० दिनसम्म दूधको कारोबार गर्ने गरेको हुनुपर्ने प्रावधान छ । यस्तै दैनिक सङ्कलित दूध दुग्ध उत्पादक सहकारी संस्था आफैँले प्रशोधन गरी वा उद्योगलाई बिक्री गरी दूध वा दुग्धजन्य पदार्थको बिक्री वितरणको प्रबन्ध गरेको, यो सहयोगले कृषि क्षेत्रको दिगो विकास, गरिबी निवारण तथा खाद्य र पोषण सुरक्षाका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना