विद्यालयमा स्मार्ट शिक्षण व्यवस्थापन

devi p acharyaडा. देवीप्रसाद आचार्य

विद्यालयहरूमा भौतिक सुविधासम्पन्न कक्षा कोठाहरू, व्यावहारिक पाठ्यक्रम, पाठ्यपुस्तक र दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय पठनपाठनको व्यवस्था गर्नु नै स्मार्ट शिक्षण व्यवस्थापन हो । विद्यालयमा विद्यार्थीलाई पढ्ने शैक्षिक वातावरण, शैक्षिक सामग्रीहरूको प्रयोग, सरल र अर्थपूर्ण शिक्षण, शिक्षक र विद्यार्थीबीचको मैत्रीपूर्ण व्यवहार, विद्यार्थीको पूर्वज्ञानको जग, उमेर, सिकाइ क्षमता आदिका आधारमा अध्ययन अध्यापन गर्ने र गराउने विधि स्मार्ट शिक्षण प्रणालीअन्तर्गत पर्दछन् ।
स्मार्ट शिक्षण सिकाइअन्तर्गत पाठ्यक्रम र पाठ्वस्तुका निर्धारित उद्द्ेश्यहरू पूरा गराउनका लागि विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अपनाइन्छ । यसो गर्दा अभिनय, प्रदर्शन, अन्तक्र्रिया, विद्यार्थी सहभागिता, सहपाठी अन्तक्र्रियाका साथै प्रविधिमैत्री शिक्षण सिकाइलाई पनि जोड दिइन्छ । अध्यापन गर्ने गुरुजनको आकर्षक व्यक्तित्व, मीठो भाषिक अभिव्यक्ति, स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, नेतृत्व सीप, स्पष्ट वक्ता, सहयोगी, विनयशील, जिज्ञासुका साथै शिक्षणमा निपूर्णताजस्ता गुणहरू स्मार्ट कक्षाको व्यवस्थापनमा वाञ्छनीय ठानिन्छ ।
स्मार्ट शिक्षण व्यवस्थापनमा विज्ञान तथा प्रविधिमैत्री हुन आवश्यक हुन्छ । विद्यालयहरूमा कम्प्युटर शिक्षा, इन्टरनेटको सुविधा, वेबसाइटहरूको प्रयोग गरी ज्ञान सिक्ने विधि र व्यवस्था, विज्ञानका प्रयोगशाला, पुस्तकालयलगायतका सुविधाहरू स्मार्ट शिक्षणमा जोडिएर आउँछन् । अहिलेको युग विज्ञान र प्रविधिको विकास भएको युग हो । विज्ञान र प्रविधिको विकासले विश्व एउटा गाउँजस्तो भएको आजको अवस्थामा विद्यार्थीले सैद्धान्तिक, वैज्ञानिक तथा प्राविधिकलगायतका क्षेत्रमा खोज, अनुसन्धानका साथै प्राविधिक ज्ञान र सीपमा सक्षम हुन आवश्यक ठानिन्छ ।
स्मार्ट शिक्षण पद्धतिमा प्राविधिकमात्र नभएर मनोवैज्ञानिक पक्षलाई पनि ध्यान दिन त्यत्तिकै जरुरी हुन्छ । शिक्षणको मनोवैज्ञानिक पक्षले बालकेन्द्रित शिक्षण पद्धतिमा जोड दिन्छ । शिक्षकहरूले शिक्षण सिकाइ गर्दा विद्यार्थीको अभिरुचि, व्यक्तिगत वा अन्य समस्यालगायत सिकाइलाई प्रभाव पार्ने तŒवहरूमा ध्यान दिन जरुरी छ । शिक्षाशास्त्री रोबर्ट फोस्टरले शिक्षण सिकाइ शिक्षकमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला हो भनेका छन् । यो ज्ञान स्थानान्तरणको कलालाई स्मार्ट शिक्षण व्यवस्थापन र प्राविधिक सुविधासँग जोडेर ज्ञान स्थानान्तरण गर्न सकेमा शिक्षण सिकाइ गुणस्तरीय हुन सक्ने अपेक्षा गरिन्छ ।
हाम्रो देशको शिक्षामा आमूल परिवर्तन आजको आवश्यकता हो । आमूल परिवर्तनभित्र देशको शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ पद्धति, मूल्याङ्कन प्रणालीलगायत विद्यालयको भौतिक सुविधा, शिक्षक व्यवस्थापनलगायतमा परिवर्तन आवश्यक ठानिन्छ । समाज रूपान्तरणका लागि राजनीतिक परिवर्तनसँगसँगै शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन पनि त्यत्तिकै महŒवपूर्ण हुन्छ । नेपालमा देशमा तीव्र राजनीतिक परिवर्तनका साथै नागरिकहरूको राजनीतिक चेतनाको स्तर पनि वृद्धि भएको पाइन्छ तथापि प्रजातान्त्रिक प्रणाली र शिक्षाको गुणस्तरमा सामञ्जस्य हुन पनि त्यत्तिकै आवश्यक हुन्छ । तसर्थ, शिक्षामा समयसापेक्ष परिवर्तन अपरिहार्य छ ।
शिक्षामा आमूल परिवर्तनको आवश्यकतासम्बन्धमा हिजोआज समाज र बौद्धिक क्षेत्रमा बहस पनि चलिरहेको छ । शिक्षा समयसापेक्ष बन्न नसकेको विज्ञहरूको बुझाइ छ । सामुदायिक विद्यालयमा गुणस्तरीय पठनपाठनको व्यवस्था हुन नसकेको तीतो सत्य हो जुन, राष्ट्रिय बहसको विषय पनि हो । राज्यले शिक्षामा ठूलो धन राशी खर्च गरेको पनि छ । परन्तु शिक्षा क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकिएको छैन । गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रका शिक्षण संस्थाका मुख ताक्नुपर्ने अवस्थाको सिर्जना भएको छ । हाम्रो देशका शिक्षालयले किन गुणस्तरीय शिक्षा दिन असफल भए ? राज्यका अगाडि गम्भीर प्रश्न खडा भएको अवस्था छ । यससम्बन्धमा गहन अध्ययन तथा अनुसन्धानको खाँचो छ ।
शिक्षा व्यक्ति, व्यक्तित्व र समाज विकासको भरपर्दो आधार हो । देशका शिक्षालय समाजलाई आवश्यक पर्ने हरेक क्षेत्रका जनशक्ति उत्पादन गर्ने स्रोत केन्द्र हुन् । राज्यले शिक्षा क्षेत्रलाई समय सुहाउँदो बनाउन सकेन भने सबल तथा क्षमतावान जनशक्ति अभावमा समाजका हरेक क्षेत्रहरू कमजोर हुन्छन् । आजको युगमा शिक्षालाई जीवनको सार्थकता र सभ्य समाज निर्माणका साथै भौतिक विकासको पूर्वाधार भएकाले पनि शिक्षालाई जीवनको तयारी र समाज विकासको भरपर्दो साधनका रूपमा हेरिन्छ । देशका विद्यालय भविष्यका सक्षम तथा सुझबुझपूर्ण, सिर्जनशील, स्वाबलम्बी, उद्यमशील, आर्थिक विकासमा टेवा पु¥याउने, अनुशासित, कर्तव्यनिष्ठ, प्रविधिमैत्री नागरिकहरू उत्पादन गर्ने आधार भएकाले विद्यालय तहदेखि नै स्मार्ट शिक्षण व्यवस्थापनको आवश्यकता परेको हो । यसर्थ, विद्यालय तहको शिक्षाको गुणस्तरलाई उकास्नु अनिवार्य भइसकेको छ, त्यसैले पनि स्मार्ट शिक्षण व्यवस्थापन अहिलेको आवश्यकता एवम् अनिवार्य सर्त हो ।
वास्तवमा शिक्षण सिकाइ प्राविधिक सीपसँग जोडिएको हुन्छ । जुनसुकै प्राविधिक कार्यसम्पन्न गर्नका लागि विशेष सीप र दक्षताको आवश्यकता पर्दछ । देशको शिक्षण पद्धति परम्परागत शैलीमा आधारित भएकाले आजको एक्काइसौँ शताब्दीका दोस्रो दशकका विद्यालयको गुणस्तरीय पठनपाठनको व्यवस्थापन आजको चुनौती हो । शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक, प्रध्यापक तथा अभिभावकहरू लगायतका राज्यका शिक्षा क्षेत्रमा संलग्न निकायहरूको ठूलो भूमिका रहन्छ ।
स्मार्ट शिक्षण व्यवस्थापनमा शिक्षणका प्रचलित कथाकथन, प्रश्नोत्तर, व्याख्यान, प्रवचनजस्ता शैलीलाई बदल्न आवश्यक ठानिन्छ । गुरुहरूको विद्यार्थीलाई तर्साउने, हप्काउने, दण्डसजाय दिने, मानसिक पीडा र त्रासमा गरिने शिक्षण सिकाइ बालकेन्द्रित हुन सक्दैन । परम्परागत शिक्षण प्रणालीले विद्यार्थीको रचनात्मक चिन्तनको विकासमा अवरोध गर्दछ । तसर्थ, आजका विद्यालयमा स्मार्ट शैक्षिक व्यवस्थापनमा आधुनिक शिक्षण विधि आवश्यक ठानिन्छ । आजको युगमा सिक्न–सिकाउन र बुभ्mन–बुझाउनका लागि विविधप्रकारका सैद्धान्तिक, मनोवैज्ञानिक तथा प्रयोगात्मक विधिहरूको ज्ञानका साथै प्रयोगलाई स्मार्ट शिक्षण व्यवस्थापभित्र समावेश गर्नुपर्दछ ।
आधुनिक शिक्षण शैलीलाई अनुशरण गर्न नसकिए शिक्षाको जगमा प्रतिकूल असर पर्छ, गुणस्तर खस्कन्छ । देशको शैक्षिक भविष्य अन्धकार हुन्छ । त्यसैले आजका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समयसापेक्ष शिक्षण सिकाइको प्रबन्ध जरुरी हुन्छ । यसका लागि शिक्षण सिकाइको क्षेत्रमा विकास भएका उपलब्धिलाई प्रयोगमा ल्याई स्मार्ट शिक्षण व्यवस्थापन र कार्यान्वयन गर्नु जरुरी छ । यसो गर्दा राज्यले शिक्षाविद्, बुद्धिजीवी, विचारक, लेखक, पाठ्क्रमविद्, मनोविद्, दार्शनिकलगायतका बुद्धिजीवीसँग सहकार्य पनि वाञ्छनीय छ ।
गुणस्तरीय शिक्षाको अभावमा हाम्रा शिक्षालयहरू बेरोजगार शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रयोगशालाका रूपमा सञ्चालित भएको घामजस्तै छर्लङ्ग छ । हाम्रो शिक्षाले आत्मनिर्भर, स्वावलम्बी, ज्ञान र सीप भएका नागरिकहरू उत्पादन गर्न पूर्ण रूपमा सक्षम भएको छैन । यसर्थ, समाज एक्काइसौँ शताब्दीको दोस्रो दशकमा गतिशील भइरहेको समयमा यस शताब्दीमा उपलब्ध हुन सक्ने ज्ञान, विज्ञान र प्रविधिलाई स्मार्ट शिक्षण सिकाइको व्यवस्थापनमा प्रयोग गर्दै पठनपाठनको गुणस्तर उठाउन राज्यले ढिला गर्नुहुँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना