दुवै सदनले पारित गरे अन्तरिम कार्यविधि

नारायण काफ्ले

काठमाडौँ, फागुन २२ गते । सङ्घीय–संसद्को पहिलो अधिवेशन सोमबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशनको पहिलो बैठक सोमबार बसेको हो । दुवै सदनले सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेका छन् । पहिलो अधिवेशनमा दुवै सदनमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाइएको थियो । यस्तै प्रधानमन्त्री चयन, मन्त्रिपरिषद् विस्तार र कार्यविभाजनको जानकारी पनि सदनलाई गराइएको थियो । बैठकले स्थायी नियमावली नबन्दासम्म बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि पनि चयन गरेको छ ।

पारित कार्यविधिकै आधारमा नियमावली नबन्दासम्म संसद्को कामकारबाही सञ्चालित हुनेछ । यस्तै अधिवेशनको पहिलो बैठकले प्रतिनिधिसभातर्फ पाँच सदस्यीय अध्यक्षमण्डल चयन गरेको छ । सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने गरी प्रतिनिधिसभामा पाँच सदस्यीय अध्यक्षमण्डल चयन भएको हो । अध्यक्षमण्डलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलका प्रतिनिधि हुनुहुन्छ । तिनमा एमालेबाट खगराज अधिकारी, काँग्रेसबाट मानबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट पूर्णाकुमारी सुवेदी, राष्ट्रिय जनता पार्टीबाट लक्ष्मणलाल कर्ण तथा सङ्घीय समाजवादी फोरम नेपालबाट उमाशङ्कर अरगरिया हुनुहुन्छ । माओवादी केन्द्रकी सांसद सुवेदी पहिलो संविधानसभामा उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै राष्ट्रियसभामा पनि तीन सदस्यीय अध्यक्षमण्डल चयन भएको छ जसमा एमालेबाट पर्शुराम मेघी गुरुङ, काँग्रेसबाट राधेश्याम अधिकारी र माओवादी केन्द्रबाट कालीबहादुर मल्ल हुनुहुन्छ ।samsad by shekhar1

पहिलो बैठकमै नियमापत्ति प्रतिनिधिसभाको पहिलो बैठकमै नियमापत्ति भएको छ । अधिवेशनको पहिलो नियमापत्ति नेपाल मजदुर किसान पार्टीका तर्फबाट निर्वाचित स्वतन्त्र सांसद प्रेम सुवालले गर्नुभएको हो । प्रतिनिधिसभा बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि निर्णयार्थ पेस गर्दा सुवालले नियमापत्ति गर्नुभएको हो । तर, सभा सञ्चालन गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले नियमावली नै नबनेको अवस्थामा कुन नियमका आधारमा नियमापत्ति गर्नुभएको भन्दै थप रुलिङ गर्नुभएन । सुवालले अन्तरिम कार्यविधि आफूहरूसँग कुनै परामर्श नगरी अध्ययनको मौका नदिई पारितको तयारी गरेको भन्दै नियमापत्ति गर्नुभएको थियो । संसद् सचिवालयले पाँच राष्ट्रिय दलसँग भने कार्यविधिबारे राजनीतिक परामर्श गरेको थियो । मस्यौदा समिति गठन हुने यसैबीच प्रतिनिधिसभाको मङ्गलबारको दोस्रो बैठकबाट नियमावली मस्यौदा समिति गठन हुने भएको छ । स्थायी नियमावली बनेपछि अन्तरिम कार्यविधि प्रतिस्थापित हुनेछ । दलीय प्रतिनिधित्वका आधारमा मङ्गलबारको बैठकले नियमावली मस्यौदा समिति गठन गर्ने एमाले सांसद एवं संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना