भाषा संरक्षणका चुनौती

tilak kumalतिलकबहादुर कुमाल

 

नेपाल भाषा संस्कृतिको फूलबारी हो । विभिन्न भाषा बोल्ने फूलबारीका फूल भएजस्तै भाषा संस्कृति विविधताबीच एकताकद्ध नेपालीको गौरव एवं पहिचानको धरोहर हो । अभिभावकको चाहना छोराछोरीले नेपाली भाषाभन्दा अङ्ग्रेजी भाषा बोल्न, पढ्न र लेख्न सकून् । क, ख, ग, घ भन्दा ए, बी, सी, डी र एक, दुई, तीनभन्दा वान, टु, थ्री, छिटो सिकोस् भन्ने मनशाय रहेको पाउँछौँ । बुबालाई ड्याडी, आमालाई मम्मी, दिदी–बहिनीलाई ‘सिस्टर’ दाइलाई ‘ब्रेदर’ आदि भनेर सम्बोधन गरेको पाउँदा प्रफुल्ल हुन्छौँ ।
कलम, गोलभेँडा, गाई, भैँसी, विद्यालय, छात्रावास आदि शब्द आजका बालबालिकाका लागि नौलो र आश्चर्यलाग्दो भएको पाइन्छ । नाता साइनोका शब्द लोपोन्मुख हुन थालेको आभास हुन्छ । मौलिक शब्दहरूका प्रयोग बिस्तारै कम भएको महसुस हामीले दैनिक प्रयोग गरिने भाषामा अनुभव गर्न सकिन्छ । राष्ट्रभाषा र राष्ट्रिय भाषामा समेत अधिकांश विदेशी भाषाको आगन्तुक शब्द समेटेर बोलिन्छ ।
बच्चा गर्भबाट धर्तीमा पैदा भएपछि सबैभन्दा पहिले आमाको न्यानो काँखमा रुने र कराउने गर्छन् । नेपालको हकमा मातृभाषा र नेपाली परिवेशमै स्याहार सुसार गरिन्छ । शैशवावस्थामा आमाको बोली, भाषा र शब्द सुन्छन् । बाल्यावस्थामा मातृभाषाको सोही नक्कल गरी बोल्ने प्रयास गर्नुका साथै उनीहरूले पहिले प्रयोग गर्ने शब्द मातृभाषाकै हुन् । आफ्नो मातृभाषा र संस्कृतिको ज्ञान नभएको मानिस जरा र पातविनाको रुखजस्तै हो, किनकि हरेक देशको आफ्नै राष्ट्रियता, संस्कृति, गौरव र पहिचान हुन्छ । जब मानिसले इतिहास बिर्सन्छ, तब इतिहासले सिक भनेर भन्छ, जो सिकेर आत्मसात् गर्दैन उसलाई दण्ड दिने गर्छ । कुनै देश मेट्नुछ भने इतिहास मेटे पुग्छ, जातिलाई मेट्नु छ भने भाषा मेटिदियो जाति पनि मेटिन्छ ।
हामीले मातृभाषामै चिन्तन, कल्पना दैनिक कामकाज मातृभाषामै सम्पन्न गर्छौं । जब पुर्खाले बोलेर मातृभाषामै हुर्के बढेका छोराछोरीलाई अन्तर्राष्ट्रिय भाषा सिकाइमा स्वयं प्राथमिकता दिन्छाँै । परिणामतः मातृभाषा ओझेलमा पर्न सक्छ । जब–जब मातृभाषाको सिकाइ कमजोर हुन्छ, तब–तब राष्ट्रियता, भाषा, संस्कृति र पहिचान संरक्षण गरेर भावी पुस्तालाई सुम्पिने कर्तव्यमा कठिनाइ आइपर्छ ।
उल्लिखित अभिव्यक्तिको भाव यो होइन कि अन्तर्राष्ट्रिय भाषालाई उपेक्षा गर्ने भनिएको होइन कि राष्ट्रिय भाषा वा मातृभाषामा अब्बल सिकाइ हुनुपर्छ । यससँगै अन्तर्राष्ट्रिय भाषा पनि आवश्यकतानुसार रूपमा सिक्नु सिकाउनु जरुरी छ । विज्ञान र प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय भाषाका शब्दबाट मातृभाषामा विभिन्न वस्तुका शब्द नामकरण भएको पाइन्छ । रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यता छ भने आधुनिक युगमा जीवनयापन गरिरहेका हामीलाई अन्तर्राष्ट्रिय विकास र पद्धतिअनुकूल देश सुहाउँदो विकास गर्न र गराउन रोजगारीका लागि पनि विदेशी भाषाको ज्ञान आवश्यक रहेको छ ।
यसर्थ, सानै उमेरदेखि बाध्यात्मक अवस्था र विधिमा अङ्ग्रेजी भाषा सिकाइको तुलनामा मातृभाषा वा राष्ट्रिय भाषामा अब्बल बनाउनु वान्छनीय हुनेछ । दोस्रो भाषा सिक्न पहिलो (मातृभाषा) को माध्यम भाषा प्रयोग हुन्छ । यसले दोस्रो भाषा सिकाइ स्वाभाविक र व्यावहारिक बनाउँछ । जसरी हतियार जति प्रयोग गरि पखाल्यो उदिन गर्दा धारिलो बन्छ, त्यति भाषा जति प्रयोग ग¥यो त्यति लोकप्रिय बन्छ । भाषा समृद्ध भए राष्ट्रियता र संस्कृति सुदृढ हुने हो । संसारमा करिब सात हजारभन्दा बढी भाषा बोलिने तथ्याङ्क छ, भने नेपालमा राष्ट्रिय जनगणना–२०६८ अनुसार एक सय २३ भाषा रहेको तथ्याङ्क छ । कुसुन्डा भाषाको वक्ता ज्ञानीमैया कुसुन्डामात्र हुनुहुन्छ भने दुरा भाषाको वक्ता मुक्तिनाथ घिमिरेमात्र हुनुहुन्छ । लोपोन्मुख भाषाको संरक्षणको लागि राज्य, भाषिक जनसङ्ख्या निकायको क्रियाशीलता अपरिहार्य छ भने भाषाको मानकीकरण, स्तरीकरण र अनुवादका निम्ति उचित पहलकदमी लिनैपर्ने भएको छ ।
आयातीत शब्दहरूको मौलिक संस्कृतिमा नेपालीमै अनुवाद गर्नेतर्फ हाम्रो उल्लेख्य प्रयास भएको छैन । हामी दैनिक नेपाली भाषाको प्रचलन गर्छौं । नेपाली भाषाको खाँटी मौलिक शब्द हुँदाहुँदै पनि अन्य विदेशी भाषाको शब्द औसतमा ६० प्रतिशत मिसावट गरी मातृभाषा बोलेँ भन्ठान्छौँ । मातृभाषामै अङ्ग्रेजी अर्थात् अन्य भाषा मिश्रित हुन्छ । अन्य भाषाको शब्द मिसाएर बोल्दा के–के न आधुनिक र परिवर्तित भएँ भन्ने मानसिकता हाबी भएको समेत पाइन्छ । हुन त भाषा विज्ञानको नियम र मान्यतानुसार कुनै पनि भाषा विशुद्ध हँुदैन कुनै न कुनै भाषाका शब्दहरू आयातीत हुन्छन् । तर, अनुवादित शब्दहरू प्रयोग गर्ने हामीमा हेक्का हुँदैन जस्तैः म पसलमा टोम्याटोः किन्न जान्छु । यहाँ ‘गोलभेँडा’ शब्द प्रयोग गरिनुपथ्र्यो ।

अङ्ग्रेजी भाषा सरह नेपाली भाषा शिक्षणलाई सँगै लैजानु उत्तम हुन्छ । शिक्षा मनोविज्ञान एवं बाल मनोविज्ञानले बालबालिकाको रुचि, क्षमता, स्तर र पृष्ठभूमिअनुसार सिकाइ वा शिक्षण प्रक्रिया सञ्चालन गर्नुपर्ने ठहर गरेको छ, यस्तो सिकाइ दिगो हुन्छ । बाल्यावस्थामै जुन कुनै हालतमा पनि दोस्रो भाषा सिकाइ हुनुपर्छ भन्ने जरुरी छैन, दोस्रो भाषा आवश्यकतानुसार सिक्दै जाने हो । फेरि, अर्को पक्ष के छ भने पहिलो भाषामा जस्तो दोस्रो भाषाको सिकाइ सहज, रुचिकर, समाज र संस्कृति सापेक्ष हुँदैन । जबरजस्ती दोस्रो भाषाको सिकाइले शिक्षण सिकाइप्रति बालमन नकारात्मक हुन सक्छ ।
पश्चिमा संस्कृति र संस्कारको प्रभाव भनौँ, नेपाली पोशाक, जातीय भेषभूषा, रीतिथिति र चालचलनको मौलिक विशेषता गुम्ने खतरा बढ्दो छ । अर्कोतिर जातिगत मातृभाषाको हकमा शिक्षा पद्धतिमा प्रायः एकमात्र भाषाको प्र्रयोग र बाहुल्यता भएकोले अन्य मातृभाषा ओझेलमा परेको छ । अर्कोतिर मातृभाषी अभिभावकले बालबालिकासँग मातृभाषामा व्यवहार नगर्ने भएकोले कतिपय बालबालिकालाई मातृभाषा भए–नभएको यथार्थमा अनभिज्ञ छन् । बहुजनसङ्ख्याले बोल्ने भाषाको प्रभाव र बाहुल्यताको कारण पनि कम जनसङ्ख्याले बोल्ने भाषा लोपोन्मुख स्थितिमा पुगेको छ । जातीय भाषिक समुदायका अगुवा र जनताको छोराछोरी मातृभाषामा लेख्न त परैको कुरा, बोल्न पनि नजान्ने स्थिति छ । लेख्य र कथ्य रूपमा जुन भाषा दैनिक व्यवहारमा प्रयोग गरिन्छ, सोही भाषाले अन्य भाषालाई प्रभावित गर्छ । यसर्थ, आफ्नो भाषा, कला, संस्कृतिको बारेमा अभिभावकको सचेतना र सक्रियता हुनु नितान्त जरुरी छ ।
विद्यालयको नामकरण प्रायः अङ्ग्रेजी भाषामै गरिएको पाउँछौँ भने विद्यालयमा बोल्ने क्षेत्र (इङ्लिस स्पीकिङ जोन) लेखिएको पाउँछौँ । यसले नेपालीको पहिचान र गौरव नेपाली भाषाको अस्तित्वबारे बाल मस्तिष्कमा कस्तो प्रकारको विचार पैदा गर्ला ? स्तरीय नेपाली भाषा सिकाइ विद्यालयमा भएको बिरलै पाइन्छ । कतिपय विद्यालयमा अतिरिक्त क्रियाकलाप पनि अङ्ग्रेजी भाषामा गरिन्छ । प्रायः विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको महिनाअघि मात्र अतिरिक्त कक्षा सञ्चालन गरिनु कमजोरी होइन र ? यसबाट विद्यार्थीमा भाषिक सीपको विकास हुँदैन, फलतः उच्च शिक्षामा पनि सोचेजस्तो शैक्षिक उपलब्धि हात नलाग्न सक्छ । शिक्षण परीक्षामुखी बन्दा नेपालीलगायत अन्य विषयका प्रश्नको उत्तर दिने शैली एवं नेपाली भाषामै कमजोर बन्न पुग्नु सुखद लक्षण होइन । विद्यालय सञ्चालक, अभिभावक, शिक्षक र समाजले नै नेपाली भाषालाई अरू भाषा र विषयजस्तै समान महŒव दिइएन भने नेपाली भाषाको भविष्य र अस्तित्व कस्तो होला ? शिक्षणमा सबै विषयलाई बराबर महŒव दिनु श्रेयस्कर हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना