ग्रामीण महिलालाई नछोएको नारी दिवस

Pratibha Subediप्रतिभा सुवेदी

हाल हामी १०८औँ नारी दिवस मनाउने क्रममा छौँ । वास्तवमा विभिन्न देशका विभिन्न क्षेत्रका महिलाले उठाएको समस्यालाई शिक्षित र शहरीया महिलाको संयुक्त प्रयासमा मनाउँदै आएको इतिहासले देखाउँछ । हाम्रो परिवेशमा यो दिवस सरकारी स्तरबाट बिदा दिएर मनाउन थालिएको पनि ४० औँ वर्ष भइसक्यो । यो दिवसले ग्रामीण महिलाका हितका सवाल उठाए पनि उनीहरु समक्ष यसको चेतना पुगेको छैन । नेपाली संस्कारमा भिज्न सकेको छैन । महिलाले तीजलाई महिला दिवस वा पर्व जसरी खुशी भएर मनाउँछन् त्यति योे दिवस मनाउन आउँदैनन् । किनकी यसले उनीहरुको स्थानीय र दैनिकीमा केही अमिट छाप छोड्न सकेको छैन ।
उदाहरणका लागि आज स्थानीय तहमा हामीले ४० प्रतिशतको महिलाको उपस्थिति देखेका छाँै । यो महिलाकै अथक प्रयासबाट भएको हो भन्ने आम महिलामा महसुस भएको छैन । किनकि महिला पुरुष राजनीतिज्ञको पछिपछि लागेर टिकटको माग गर्दै चुनाव भिड्न र समानुपातिकमा पर्न परेको स्थिति आएको छ । स्थानीय निकायको तल्लो तहमा भनौँ वडामा ५ जनामा २ जना महिला प्रतिनिधित्व छ, जसमा धेरै महिला सदस्य पदमा छन् । उनीहरुले ती पदमा आउँदा गर्नपर्ने जिम्मेवारी बारे बुझ्दै जानेछन् र त्यो पाएको अधिकार दैनिक प्रयोग गर्दा राजनीति बुझ्दै जाने मौका पाउने छन् र निर्णयमा सहभागी हुनेछन् ।
सधैँ आफ्ना लागि अरुले गरिदिने निर्णयमा महिला आत्मनिर्भर हुन कठिन हुन्छ । यही हो मार्च आठको नारी दिवसको सन्देश । यस्तो नै अवस्थामा यो दिवसको शुरुवात भएको हो । अरुका कारखानामा काम गर्ने महिला मजदुरले कारखानामा १६ घण्टाभन्दा बढी समय काम गर्नुपर्ने र ज्याला त्यसअनुसार पाउन नसक्ने र शिशु स्याहारको दिवा सुविधा पनि उपलब्ध नभएको स्थितिमा विरोध गरेका थिए । यो विद्रोह गर्दै सडकमा ओर्लेको दिन सन् १९५७ मा अमेरिकामा थियो । यो दिन मार्च ८ परेको थियो । त्यसको ५० वर्षपछि पुनः सन् १९०९ मा यी मागका साथै महिलाले भोट दिन पाउने अधिकारसहितको माग राखेर नारा जुलुुुुसमा उत्रिए ।
विश्वका अगुवा महिलाले ती मजदुर महिलाका आवाजको कदर गर्दै सबै सहमत भएर पहिलो पल्ट १९१० मा डेनमार्कको राजधानी कोपेन हेगनमा १७ वटा देशका करिब सय जना महिलाको आयोजनामा अन्तर्राष्ट्रिय महिला सम्मेलन, आयोजना गरी श्रमिक महिला दिवसका रुपमा मनाउने र महिलाका हितका वुदा थप गरिएका थिए । जसमा विश्व शान्ति, आमा बालबालिकाका सुरक्षा, ज्यालामा वृद्धि साथै का मगर्ने समय दिनको ८ घण्टा आदि थिए । यसरी नारी दिवस पहिलोपल्ट सन् १९११ मा जर्मनी अष्ट्रिया डेनमार्क, स्वीट्जरल्याण्ड र अमेरिकामा गरी ५ देशमा मनाएका थिए ।

यसरी विश्वमा नै महिलाले न्यूनतम सुविधा र भेदभावपूर्ण व्यवहारका विरुद्ध लामो सङ्घर्ष गरे । महिलाका राजनीतिक सहभागिताका लागि त झन् कठिन लडाइँ लड्न परेको छ । इतिहास हेर्दा सन् १८९३ मा न्युजिल्यान्डका महिलाले र सन् १८९५ मा अस्ट्रेलियाका महिलाले भोट दिने अधिकार पाएका थिए । यसरी नै सन् १९१३ पछि उत्तरी युरोपका देशहरु नर्वे, डेनमार्क, फिनल्याण्डका महिलाले पाए । अमेरिकी महिलाले १९२० मा मात्र यो अधिकार पाए । यो अवसर पाए पनि माथिल्लो निकायमा पुग्न र चुनाव लड्ने अवसरका लागि अझ कति वर्ष पछि मात्र पाए ।
नेपालमा पनि सन् १९४८ मा नेपालमा नगरपालिकामा भोट हाल्न र उम्मेदवारी दिने अधिकार महिलालाई थिएन । नेपाल महिला सङ्घर्षमा सबै महिला आबद्ध थिए र तात्कालीन प्रधानमन्त्री पद्मशमशेर समक्ष आफ्नो माग पेश गरी पूरा गर्न सफल भएका थिए । सन् १९५२ मा कामाक्षा देवीको अध्यक्षतामा अखिल नेपाल महिला सङ्घ गठन भएको थियो । त्यो दशकमा सामाजिक र राजनैतिक विचारधाराका विभिन्न महिला सङ्घ र संस्था खुलेका थिए ।
समय समयमा भएका महिलाका अनवरत प्रयासका कारण सन् १९४६ मा राष्ट्र सङ्घको स्थापना लगत्तै विश्वव्यापी रूपमा महिलाको स्थिति अध्ययन गर्न महिलासम्बन्धी आयोग गठन गरियो । सन् १९६७ मा सयुंक्त राष्ट्रसङ्घको महासभाले महिला वर्ष घोषणा गर्ने र विश्व सम्मेलन आयोजना गर्ने निर्णय ग¥यो । फलस्वरूप सन् १९७५ मा पहिलो महिला विश्व सम्मेलन अमेरिकाको मेक्सिको सहरमा सम्पन्न भयो जहा“ महिलाका मुद्दामाथि व्यापक बहस भयो । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले आ–आफ्ना देशमा कार्यक्रम र नीतिहरू तय गर्ने भए । सन् १९७५–८५ लाई महिला दशक मनाएर यस क्षेत्रलाई महŒव दिइएको थियो ।
पहिलो महिला विश्व सम्मेलनबाट महिला विकासका लागि चेतना जागरणमा सहयोग पुगेको थियो । सन् १९८० मा सम्पन्न दोस्रो महिला विश्व सम्मेलन महिला नेट वर्किङका लागि महŒवपूर्ण रह्यो । त्यसैगरी सन् १९८५ मा भएको तेस्रो महिला विश्व सम्मेलनले महिला विकासलाई मूलधारमा ल्याउने सक्रियतामा जोड दियो । यसका फलस्वरुप हामी महिला मूलधारमा समावेश हुन पर्ने रहेछ भनी समयसमयमा केही प्रयास भएका छन् ।

यसपछिका दिनमा पनि महिलाका स्थितिमा सुधार आएन र महिलाका आर्थिक र सामाजिक समस्यासँगै गासेर लाने निणर््ायमा सम्बन्धित निकाय पुगे । विकसितमध्येको मुलुकमा पनि महिलाले रोजगारी, समान आर्थिक अवशरका लागि नै प्रयासरत रहे ।
त्यसकारण दस्तावेजमा अग्रणी महिलाले महिलाका मुद्दा केही विषयमा मात्र सीमित बनाउन ह“ुदैन, मातृ–शिशु, परिवार नियोजन र महिला स्वास्थ्य मात्र महिलाका प्रमुख मुद्दा होइनन्, जातीय शोषण, भेदभाव, विकास, वातावरण अनि अर्थनीति सबै नै महिलाका मुद्दाहरू हुन् भनी प्रस्ट पारेका थिए ।
समयसमयमा पुनर्मूल्याङ्कन हुँदा पनि महिलाको गरिबीको स्थति, शिक्षामा पछौटेपन, महिलाविरुद्ध हुने हिंसामा कमी ल्याउने विषय, महिला स्वास्थ्य, सञ्चारमा महिला विषय, महिला मानव अधिकार, आर्थिक कारोबार, वातावरण संरक्षण, बालिका विकास, महिलाका लागि संस्थागत संरचना, युद्धबाट पीडित महिलाको हितको विषय र महिला निर्णयमा हुनुपर्ने लगायतका कुरा महिला उत्थानका लागि आवश्यक सम्बोधन हुनुपर्ने मुद्दा हुन् भनी पहिचान र निक्र्योल भएको छ । महिलाको उन्नतिको बाधक महिलामा परेको गरिबीको मार, अशिक्षा, आर्थिक विकासमा पछौटेपन, महिलामा हुने विभिन्न रुपका हिंसा मुख्य मानिएका छन् । जुन विश्वव्यापीरुपमा महिलाले स्वीकार पनि गरे । किनभने यी सबै विषयको अन्तरसम्बन्ध छ ।

यस निष्कर्षमा विभिन्न क्षेत्रका महिला समावेश भएका थिए । तसर्थ यो महिलाका योगदान र उनीहरुका हितका आवाज उठाउने यो दिवसको सान्दर्भिकता विश्वभरि फैलियो र क्रमशः नारी दिवस विभिन्न तप्काका महिलाले विभिन्न किसिमले मनाउन थाले ।
महिलामा पनि हामी महिला भन्ने भावनाभन्दा पुरुषवाट टेवा लिएर मात्र उन्नति हुन्छ भन्ने भावनाले महिला एकता सुदृढ हँुदैन । आममहिलाका जीवनमा फरक ल्याउने गरी प्रतिबद्ध हुन अगुवाले आम महिलाका जीवनमा परिवर्तन ल्याउने प्रभाव छोड्न सक्ने प्रतिबद्धता नभएसम्म ग्रामीण महिलाले यो दिवससँग सहकार्य गर्र्ने छैनन् ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना