सञ्चारकर्मी महर्जनको वार्षिक पुण्यतिथि मनाइयो

Newa ja

काठमाडौं, फागुन २५ गते । काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले प्रदेश नम्बर ३ लाई नेपालमण्डल राख्दा सबै जाति, भाषा, धर्म, क्षेत्र र इतिहासको प्रतिनिधित्व हुने बताउनुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले ‘नेवाः जः’ मासिक पत्रिकाको प्रकाशन उद्घाटन कार्यक्रममा उहाँले उक्त भनाई राख्नुभएको हो ।
दिवंगत सञ्चारकर्मी सानुकाजी महर्जनको वार्षिक पुण्यतिथिको अवसर पारेर शाखाले पहिलो अंक प्रकाशनमा ल्याएको हो ।

sanukaji

शाखाका कोषाध्यक्ष रहनुभएका महर्जनको विसं २०७३ फागुन ८ गते बिहान ४० वर्षको उमेरमा निधन भएको थियो ।
सांसद श्रेष्ठले प्रदेश ३ मा बहुसंख्यामा रहेका नेवार र तामाङ् जातिलाई प्रतिनिधित्व गरेर नेवाः ताम्सालिङ् प्रदेश राख्दा पनि उपयुक्त हुने बताउँदै भन्नुभयो, ‘लिच्छिविकालीनदेखि मल्लकालसम्म प्रचलनमा रहेको नेपालमण्डल राख्दा कसैलाई हानी हुँदैन, सबैको पहिचान यसैमा सन्निकट छ ।’
परिवर्तित सन्दर्भमा सम्पन्न मुलुकको सम्पन्न नागरिक बन्ने अभियानलाई सार्थक बनाउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैसँग आग्रह उहाँले गर्नुहुँदै दिवंगत सञ्चारकर्मी महर्जनप्रति श्रद्धान्जलि अर्पण गर्दै शाखाले गर्न खोजेको प्रयासमा सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।
गोरखापत्रका पूर्वसम्पादक पुष्करभक्त माथेमाले नेपालभाषामा विभिन्न पत्रपत्रिकाहरु प्रकाशन भएर निरन्तरता कायम गर्न नसक्नु विडम्बना रहेको बताउँदै निरन्तरता दिन ध्यान पु¥याउन आग्रह गर्नुभयो ।
शाखाका अध्यक्ष नातिकाजी महर्जनले पत्रिका प्रकाशनमा सबैको सहयोग अपेक्षित रहेको बताउनुभयो ।
कार्यक्रममा सांसद जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्यहरु बसन्त मानन्धर र राजेश शाक्य, राससका सम्पादक राजु शाक्य, नेवाः पत्रकार राष्ट्रिय गुथिका अध्यक्ष श्रीकृष्ण महर्जन, पूर्व राज्यमन्त्री तीर्थराम डंगोल, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धर, सुजिब बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।
(गोरखापत्र अनलाइन), फोटो सौजन्य–बुद्धशरण शाही

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना