मात्तिएका हात्तीको नियन्त्रण चुनौतीपूर्ण

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, फागुन २७ गते । मात्तिएका हात्ती बस्तीमा पसेर मानवीय तथा भौतिक क्षति पु¥याउन थालेपछि नियन्त्रणका प्रयास चुनौतीपूर्ण र जोखिमयुक्त बन्दै गएका छन् । एक महिनायता पूर्वको झापादेखि पश्चिमका शुक्लाफाँटासम्म विशेष गरेर युवा हात्ती (१५ वर्ष देखि २५ वर्षसम्मका) मात्तिएर बस्ती तथा सहरमा पसेर क्षति पु¥याउन थालेका छन् ।
झापाबाट छिरेका भारतीय हात्तीले गत सातामात्रै दुई जनाको ज्यान लिएको छ भने कोसी टप्पुमा छ महिनायताका विभिन्न घटनामा छ जनाको ज्यान गएको छ । बर्दियामा गत वर्ष १४ जनाको ज्यान गएको थियो भने यो वर्ष पनि युवा हात्तीले गाउँमा आतङ्क मच्चाइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । यस वर्ष हात्तीको आक्रमणमा परेर १२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ छाप्रामा नोक्सानी पुगेको छ । हात्तीले बाली नालीको नोक्सानी समेत गरेको छ ।
विभागका महानिर्देशक मनबहादुर खड्काले हात्ती र मानिसले एउटै जङ्गलको स्रोत उपभोग गर्दा समस्या दखिएको बताउनुभयो । जङ्गलमा घाँस दाउरा गर्न गएको बेला हात्तीको आक्रमणमा परेर मानवीय क्षति बढी भइरहेको उहाँले बताउनुभयो ।
हात्तीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न विभागले सबै प्रविधि अवलम्बन गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । तर, पनि हामीले हात्तीलाई नियन्त्रण गर्न सकिरहेका छैनौँ, उहाँले भन्नुभयो । सीमित स्रोत र साधन भएका कारण क्षतिलाई पूर्ण रूपमा नरोके पनि कम भने गरेको उहाँले बताउनुभयो । elephant_1
हात्तीका गतिविधिलाई नियमित अनुगमन गरी हात्तीको क्षति न्यूनीकरण गर्न हाल सरकारले सौर्य तारबार, भीएचएफ रेडियो कलर, स्याटलाइट रेडियो कलर, अलार्मिङ सिष्टम लगायत प्रविधिको प्रयोग गर्दै आइरहेको छ ।
दाँत काटेपछि हात्तीले खासै क्षति पु¥याउन नसक्ने भएकाले बेला बेला मात्तिएका हात्तीलाई डार्ट गरी दाँत काटिदिने काम पनि विभागले गरिरहेको छ । तर, भारतबाट झापा प्रवेश गरेको हात्तीले इलाम र मोरङसम्म र कोसी टप्पुको हात्तीले सिन्धुलीसम्म, बर्दियाको हात्तीले बाँके बर्दिया र सुर्खेतसम्म र शुक्लाफाँटाको हात्तीले कैलाली र डडेल्धुराको जोगबुढासम्म आतङ्क मच्चाउने गरेको उहाँले बताउनुभयो ।
हात्तीसम्बन्धी शोधकर्ता अशोककुमार रामले यो मौसममा युवा हात्ती पोथी खोज्न बढी ठाउँमा चहार्ने र बाटोमा भेटिएका मानिसलाई आक्रमणमा गर्ने गरेको बताउनुभयो । उहाँले यो समस्या नेपालको एउटा ठाउँमा मात्र नभएर झापादेखि शुक्लाफाँटासम्म रहेको बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज आसपासमा क्षेत्रमा युवा हात्ती चर्न र पोथीको खोजीका लागि हिँड्ने क्रममा वनजङ्गल बाहिरका बस्तीसम्म समेत पुग्ने गरेको उहाँले बताउनुभयो । रामले १५ देखि २५ वर्ष उमेरका युवा मात्तिएका हात्तीले वनजङ्गलभित्र आफूले खोजेका कुरा नभेटाएपछि वनजङ्गल बाहिर आउने गरेको बताउनुभयो । यस्ता खालका हात्ती बर्दियामा चार वटा, कोसी टप्पु क्षेत्रमा तीन वटा, पर्सा र चितवन कलस्टरमा चार वटा, झापामा चार वटा र शुक्लाफाँट क्षेत्रमा दुई वटा देखिएका छन् ।
हात्तीले भौतिक क्षतिका साथै मानवीय क्षति पु¥याउन थालेपछि कोसी टप्पुमा दुई वटा र बर्दियाका हात्तीमा स्याटलाइट रेडियोकलर जडान गरिएको छ । गत वर्ष १४ जनाको ज्यान गएपछि बर्दियामा गाउँ बस्ती नजिक अलार्मिङ प्रणाली समेत जोडिएको छ । तीन किलोमिटर टाढा हात्ती आउँदा नै यस प्रणालीले मोबाइलमा म्यासेज पठाउने र घन्टी दिने भएपछि हाल बर्दियामा हात्ती नआउँदै स्थानीय बासिन्दा सचेत र सर्तक भएर बस्ने गरेको विभागका महानिर्देशक खड्काले बताउनुभयो ।
संसारमा हात्तीको सङ्ख्या घट्दै गएको भए पनि नेपालका भने बर्सेनी हात्तीको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । जङ्गली जनावर आउँदा गाउँघरमा मानिस जम्मा भएर कोलाहल मच्चाएर धपाउने, आगो देखाउने, ढुङ्गामुडा गर्ने जस्ता परम्परागत विधिले समेत हात्ती बढी जिस्केर नोक्सानी हुने गरेको रामले बताउनुभयो ।  विभागका महानिर्देशक खड्काले भन्नुभयो, ‘यसो गर्दा अरु वन्यजन्तु भागे पनि हात्तीलाई जति बढी जिस्कायो उति बढी नोक्सानी गर्न तम्सिने भएकाले हात्तीलाई देख्दा चुपचाप बस्नुपर्छ । ’

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना