सरकार र संस्कार

atindra dahalडा. अतीन्द्र दाहाल

सङ्घीय नेपालको निर्वाचनसँगै देशमा राजनीतिक स्थायित्वको आभास हँुदैछ । आशा र आशंकाबीच तीनै तहका सङ्घीय संरचनाहरू संस्थागत अभ्यासमा छन् । अपरिवर्तनीय नेतृत्व रहने ७५३ स्थानीय तहपछि सात प्रदेशसँगैकेन्द्रमा समेत पाँच वर्षका लागि स्थायी प्रकृतिको सरकार बन्दैछ । पछिल्लो अभ्यासले देशलाई निकास मात्रै होइन, विकासको बाटो समेत प्रशस्त गर्दैछ । अब प्रतिनिधिहरूसँग समयको र देशमा सम्भावनाको अभाव पनि छैन । विगतमा सरकार फेरिइरहेका कारण सफलताका सपना पूरा भएनन् । अब सरकार खासै धेरै फेरिँदैनन् तर सरकारको संस्कार चाहिँ धेरै फेरिनुपर्छ जसले सफलतालाई प्रशस्त सघाउँछ ।
सफलता अनिवार्य आवश्यकता
अमेरिकामा सन् १७८७, फ्रान्समा १७९१, अर्जेन्टिनामा १८५२, अस्ट्रियामा १९२०, बेल्जियममा १८३१, क्यानडामा १८६७, डेनमार्कमा १८४९ मा संविधान बन्दा त्यहाँको राजनीतिक अवस्था हाम्रो अहिलेको जस्तै थियो । उनीहरूले प्रयास गरे, सफलता कमाए । एक÷दुईसय वर्ष पहिले मात्र पत्तालागेका अनि दोस्रो विश्वयुद्धसम्म अर्काको उपनिवेश रहेका अधिकांश देशले रोमान्चक प्रगति गर्न सक्छन् भने ५००० वर्ष पुरानो इतिहास र सभ्यता भएको अनि कहिल्यै उपनिवेश नरहेकोे हामीले उनीहरूको भन्दा अब्बल प्रगति गरेर देखाउन सक्छौँ र देखाउनुपर्छ ।
संसारमा कुनै सिद्धान्त स्वतः खराब वा असल हुँदैन । सिद्धान्त र विचार अमुक अनि अमूर्त हुन् । त्यसको प्रायोगिक कौशलता मुख्य आर्कषण हो । अति अनुकरणीय अनि नागरिकको हितकारी भनेर विश्वव्यापी रूपमा बुझिँदै आएको प्रजातन्त्र पनि थुप्रै देशमा असफल भएका छन् । पश्चिमाहरूले अहितकारी तथा अलोकप्रिय भनेर गिज्याउने कम्युनिस्ट शासनबाट राष्ट्रपति सीको नेतृत्वमा महाशक्ति भएर उदाउँदै चीनले विश्व तरंगित बनाउँदै छ । आवश्यक पूर्वाधार तथा गुणस्तरीय जीवनका अधिक पक्षहरूमा सकारात्मक उपलब्धिपछि बिआरआई योजना ल्याएको छ । पछिल्लो पटक ‘सिप्लोमेसी’ र ‘सिमोक्रेसी’ नामक विचारधारा चर्चामा आउँदैछन् । चीनको आक्रामक उदयका कारण नयाँ विश्वसंरचना कायम हुँदैछ । बलियो सरकार र कटिबद्ध प्रतिबद्धतासँगै निरन्तर सफलता अनि प्रगतिका कारण चीनमाथि अन्तर्राष्ट्रिय चासो बढ्दैछ । हामीमाथि पनि पछिल्लो निर्वाचनपछि अन्तर्राष्ट्रिय आर्कषण उच्च छ । दुवै छिमेकीबाट बधाईसँगै सहकार्यको अभिलाषा आएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले आएरै बधाई दिनुभयो । इमान्दार र विज्ञहरूलाई समेत मन्त्रिमण्डलमा लगिएको छ । अब, नेतृत्वलाई राजनीतिक कुराहरूमा अल्मलिनु पर्ने छैन । देशको अग्रगामी र नागरिक अपेक्षित विकासका खास सवालहरूमा ठोस पहल गर्नु मात्र बाँकी छ । विख्यात चिन्तक जोसेफ एस नाईकृत‘सार्प पावर’को पछिल्लो अवधारणालाई हामीले आफ्नो क्षमताले भ्याएसम्म उपयोग गर्नुपर्छ ।
क्षमताको प्रशोधन र प्रर्वधन
अपेक्षित परिवर्तनको लक्षमा पुग्न कर्मचारीतन्त्रमा व्यापक सुदृढीकरण आवश्यक छ । सरकारका सबै कायक्रमलाई नागरिकसम्म पु¥याउने माध्यम कर्मचारीतन्त्र नै हो । नागरिकले सरकार कामकाजी भए÷नभएको कुरा सरकारका सदस्यलाई भेटेर निर्धारण गर्ने होइन । सरकारी वा सार्वजनिक सेवा सुविधा लिने क्रममा कर्मचारीले प्रवाह गर्ने सेवाको चुस्तता अनि गुणस्तरका आधारमा नागरिकको सरकारप्रतिको विचार निर्माण हुन्छ । सरकारी सेवा चुस्तदुरुस्त भएमा सरकारमाथिको आधा आरोप र विर्कशण स्वतः समाप्त हुन्छ । सुशासन यहीबाट थालनी हुनुपर्छ ।
स्वीट्जरल्याण्ड, फिनल्याण्ड लगायत केही देशले कम्तीमा निश्चित संख्यामा मानिसहरूले उठाएको चासोलाई संसद्मा सार्वजनिक बहसको विषय बनाउँछन् । हाम्रोमा पनि नागरिकका गुनासा र सुझावहरूलाई यथोचित रूपमा सुनिनुपर्छ अनि त्यसले सरकारको निर्णय प्रकृयामा महìव राख्नुपर्छ ।
विकासका प्रस्ट योजना दिएर नागरिकसँग पनि सहयोग माग्नुपर्छ । वास्तवमा नै सरकारले आम हितमा काम गर्न लागेमा नागरिकबाट श्रम वा पुँजी वा दुवैको प्रशस्त सहयोग आउँछ । जापानमा सडकमा गुडेको सवारी बिग्रिए सरकारले त्यसको जिम्मेवारी लिन्छ । थाइल्याण्डमा अस्पतालले लापरबाही गरेमा बिरामीलाई क्षतिपूर्ति दिनुपर्छ । तसर्थ, नागरिक स्वतःस्फूर्त सम्बन्धित क्षेत्रका करबडो रहरले बुझाउँछन् । केही देशहरूले विकासका हरेक परियोजनामा नागरिकको अनिवार्य सहभागिता गराउँछन् । यसले योजनामा अपनत्व महसुस हुन्छ, नागरिक निरीक्षण र सरोकार बढ्छ, काम राम्रो हुन्छ, सबैले उत्साही सहभागिता जनाउँछन् । त्यसैले, ठूला आयोजनामा लगानीको आवश्यकता दाता हैन, वातावरण हो भन्ने बुझ्नुपर्छ ।
देशको विकासको लागि प्रशासनिक सामाजिक आचरण र मानवीय नैतिक मूल्यमान्यता पुनर्जागरणमा सघन ध्यान दिनुपर्छ । आत्मनिर्भर आर्थिक विकासत पहिलो शर्त हो । पूर्वाधारको विस्तार र व्यापक सुदृढीकरण उत्तिकै आवश्यक छ । यी तीन पक्षलाई सबै तहका सरकारले एउटै र अन्तिम लक्ष मान्नुपर्छ । विज्ञहरूको सहयोगमा तीनवटै पक्षको वृहत् तत्कालीन र दीर्धकालीन कार्ययोजनाको सुची बनाउनुपर्छ ।
चीनमा एक÷अर्काबीच र अरुसँग देश तथा नेतृत्वको विरोधमा नकारात्मक वार्तालापलाई रुचाइँदैन । कतिपय देशमा आप्mनो क्षेत्र भित्रको बाटो र सार्वजनिक स्थानको सुधार तथासंरक्षण सम्बन्धित समाज स्वयंले गर्छ । सामाजिक आचारण निर्माण गर्न सासाना कुराहरू पनि अधिक हितकारी हुन्छन् । खानपान, रहनसहनदेखी व्यवहारका हरेक पक्षमा हाम्रा थुपै परम्परामा विशाल र विराट मौलिकता अनि वैज्ञानिकता छ, तिनीहरूको पुनर्जागरण गरिनुपर्छ ।
प्रसिद्ध पुस्तक ‘डेमोक्रेसी ः द गड द्याट फेल्ड’का लेखक ह्यान ह्यामर हिप्स रोजगारी निर्माण, गरिबी निराकरण र नागरिकको सामाजिक सुरक्षा बढोत्तरीमा असफल भएकै कारण थुप्रै देशमा प्रजातन्त्र असफल भएको उदाहरण दिनुहुन्छ । हाम्रो समस्या पनि यही हो । अर्थशास्त्रमा नोबेल पुरस्कृत अमत्र्य सेनको विकासका गतिविधिले दु्रत्तर यात्रा नगरुन्जेल राजनीतिक र प्रशासनिक गतिविधिहरूले मात्र सरकारको सफलता र देशको प्रगति सम्भव नरहने भनाइ छ । तसर्थ, समाजका हरेक क्षेत्रहरूमा तत्कालीन सुधार दीर्घकालीन विकासका योजना आउनुपर्छ ।
नागरिकको आशा छ ‘देशकोे वर्वादीको यात्रा रोकिनुपर्छ । चरम बेरोजगारी, बेइमानी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्धि हट्नुपर्छ । नागरिकले सुख, मनोरञ्जन, न्याय, संगति, सभ्यता र सुशासन अनुभव गर्न पाउनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, पँुजी पलायन वा प्रवद्र्धन, सामाजिक सुरक्षा, आन्तरिक सामाजिक मानव सदभाव, सहायता, शान्ति सुरक्षा अनि अमनचयन, सडक, संचार, विद्युत् र विकास जस्ता पक्षहरूमा सकरात्मक प्रगतिको आभास हुनुपर्छ । भोकमरी, महामारी, बेथिति, सामाजिक अपराध, मानवीय विचलनतामा निरन्तर कमी देखिनुपर्छ’ ।
शासन वा कार्यकारीका नामसँग नागरिकको कुनै आर्कषण वा विर्कषण रहँदैन । नागरिकको मुख्य आशक्ति भनेको व्यवस्था वा कार्यकारीको कामसँग हुन्छ । अभ्यास गर्ने हो भने पाँच वर्षमा थुप्रै परिवर्तन गर्न सकिन्छ । हरेक आयोजना सम्पन्न नै नहोला तर यथोचित प्रगति र विकास देखिनुपर्छ । पछिल्लो २० वर्षमा थाइल्याण्ड, भियतनाम, मकाउ, जापान, दक्षिण कोरिया, कुवेत, कतार, हंगकंग, सिंगापुर लगायतका देशहरूले गरेको आर्थिक प्रगतिबाट हामीले साम्भाव्य अनुकरण गर्नुपर्छ ।
पछिल्ला अनुसन्धान तथा विश्व उदाहरणले हामीले बौद्ध तीर्थाटनलाई आक्रमक हिसाबमा विस्तार गर्नसके १० वर्षमा मध्यम स्तरको विकासोन्मुख देश हुने बताँउछ । प्रत्येक वर्ष झन्डै तीन करोड बौद्ध धर्मालम्बी मानिस नेपाल आउन चाहेको देखिन्छ । जलविद्युत् अर्को क्षमता हो, हामीसँग सताब्दी बढी पुग्ने बहुमूल्य खनिजहरू छन् । जीवन निर्वाह केन्द्रित, व्यापार केन्द्रित र सामाजिक आचारण सुधार केन्द्रित लक्षहरू तोकेरै हरेकमा कम्तीमा एक दर्जन आक्रमक कार्यक्रम ल्याउनुपर्छ ।
देशमा शिक्षाको गुणस्तर अनि स्थिति भयावह छ । हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछाँै । पढेका र दक्ष भनिएका मानसिक श्रम गर्नेहरू सम्पन्न देशलाई अनि शारिरिक श्रम गर्ने जति खाडीलाई पठाएर समृद्धिको आशा गर्नु गलत हुन्छ । पैसाको हिनामिना मात्र भ्रष्टाचार हैन, भ्रष्ट आचरण हुनु भ्रष्टाचार हो । यहाँ हरेकको आचरण भ्रष्ट हुँदैछ ।
नर्वे, डेनमार्क, स्वीडेन लगायत शून्य भ्रष्टाचार हुने देशमा विद्युतीय प्रजातन्त्र (डिजिटल डेमोक्रेसी) ले विशाल परिवर्तनहरू गराए । सामरिक संसारबाट हरेक राम्रा कुरा सिक्दै हाम्रो मौलिकता सुहाउने गरी ती विकास तथा परिवर्तनका आयामहरूको अभ्यास गर्नुपर्छ । सरकार नै यसको मुख्य सर्जक हो, नागरिक विश्वासिला सारथी बन्नुपर्छ ।
अहिलेको सरकारसँग जनमतसँगै स्थायित्वसमेत छ । सरकारको सफलता वा असफलताले केवल सरकारलाई मात्र हैन, व्यवस्थाको पनि सफलता र असफलता देखाउँछ । यथोचित काम गर्न नसकेमा सङ्घीयतासमेत अफापसिद्ध भएको देखिन्छ । तसर्थ योसरकारलाई विगतका अन्य सरकार जस्तो असफल भए पनि हुने सुविधाछैन । नागरिकले बलियो सरकार बनाउन सहयोग गरे, सरकारले आप्mनो संस्कार फेर्ने सक्षमता देखाउनुपर्छ । सबल र समृद्ध देश बनाउनुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना