आँप जोगाउन औषधि छर्ने चटारो

लहान, फागुन २९ गते । फुल्दै गरेका आँपलाई मधुवा रोगबाट जोगाउन बगैँचाहरूमा औषधि छर्न धमाधम छ । एक पटक बिराएर फल्ने आँपमा लागेको मजुरा सप्रिने हो भने यस वर्ष आँपको उत्पादनमा निकै वृद्धि हुने देखिएको छ । 

सिरहामा पाँच हजार हेक्टर जमिनमा आँपको बगैँचा रहेको केही वर्ष अगाडिको तथ्याङ्क रहे पनि यतिबेला दस हजार हेक्टरमा आँप उत्पादन भइरहेको अनुमान छ । आँपमा लागेको फूल देखेर कृषक र व्यापारीहरू हर्षित देखिएका उत्साहित भएका छन् भने अन्य प्रदेशका मानिस आँउदा यसपालि आँपको राजधानीमा निकै आँप फल्ने भन्दै हर्षित हुन थालेका छन् ।
लहान २ मा आँपको बगैँचामा औषधि छरिरहेका मो सफियाले भन्नुभयो– फूल जोगाउन अहिले औषधि छरिरहेका छौँ । केही दिनपछि फेरि टिकुला मजबुत बनाउने औषधि छर्नुपर्छ ।
तीनपटक औषधि छरेपछि मात्रै आँप हात लाग्ने भएकोले आँपको बगैँचाको ठेक्कापट्टा माघको सुरु हप्ताबाट नै हुने गरेको छ । ठेक्का लिएपछि जोत्ने पानी पटाउने निकै मिहिनेत गर्नुपर्ने हुन्छ । आँप सपार्न लहान कृषि कार्यालयको भूमिका कृषकमुखी नभएको गुनासो गर्दै उहाँले धेरै वर्षदेखि आँपको बगैँचा ठेक्कामा लिँदा पनि कृषि कार्यालयका कुनै कर्मचारीको सहयोग अहिलेसम्म नपाएको बताउनुभयो ।
आँपमा लाग्ने रोगको प्रकोपबाट जोगाउन र बगैँचाको स्याहार गर्न जोखिम बढेकाले पनि कृषकले सुरुमै बगैँचा व्यापारीसँग बिक्री गर्ने गरेका छन् । सुरुमा साना व्यापारीहरूले बगैँचा खरिद गर्ने र त्यसपछि ठूला व्यापारीहरूबाट बिक्री गर्ने परम्परा नै चल्दै आइरहेको व्यापारी सफियाले बताउनुभयो ।
माघदेखि नै आँपको बगैँचा व्यापारी ठेकेदारहरूले नै लिने गरेकाले यतिबेला पहिलो चरणको औषधि बगैँचाको जोताइ पानी पटाउने काम गरिसकेका छन् । आँपको दाना केराउको जस्तो भइसकेकोले बम्बई, मालदह प्रजातिका आँपमा दोस्रो चरणको औषधि छर्ने बेला हुन थालेको जिल्ला कृषि विकास कार्यालय लहानका प्रमुख प्रकाश साहले बताउनुभएको छ ।
उहाँका अनुसार औषधिको मात्रा मिलाउन नसके लागेको मजर पनि झरेर बर्बाद हुनसक्ने भएकाले अहिले कृषकहरूको समूहमा औषधिको मात्राबारे चेतना वृद्धि गर्न अनुगमन र क्षेत्र भ्रमणलाई प्राथमिकता दिइएको छ । पश्चिमी हावा चलेका कारण मजरका लागि अनुकूल वातावरण छ तर पूर्वी हावा चल्न थाल्यो भन्ने जोखिम बढ्ने साहको अनुमान छ ।
प्रमुख साहका अनुसार क्लोपाइरी वा इमिलाक्लोरिडर षोषक तìव २ ग्राम बोरेक्ससहित प्रतिलिटर पानीमा मिलाएर छरेमा मधुवा जोगाउन सकिन्छ । कृषकहरूले औषधिको मात्रा मिलाउन नसकेर मजर झर्ने विगतका वर्षहरूमा पनि समस्या देखिएकोले एक लिटर पानीमा एक एमएल मात्रै औषधि झार्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
बढी औषधि हाले ५० प्रतिशत मजर झार्ने भएकोले कृषकहरूलाई जानकारीको लागि लहान नगरपालिकाको क्षेत्रमा कृषि कार्यालय लहानले अनुगमन बढाएको प्रमुख साहले बताउनुभयो । पछिल्लो समयमा वर्षा हुन नसकेका कारण धान उत्पादन हुने खेतहरूमा लोकमार्गको उत्तरी भेगमा आँपको खेती ह्वातै बढेको छ ।
लहान नगरपालिका, धनगडीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाका उत्तरी भेगमा आँप उत्पादन निकै हुने गरेको छ । गोलबजार नगरपालिकामा दुई दर्जनभन्दा इँट्टा भट्टाहरू रहेका कारण त्यसबाट निस्किने धुवाँले आँप उत्पादनमा कमी आएको गुनासो पटक पटक किसानले गर्दै आए पनि कुनै सुनवाई नभएको स्थानीय कृषकको गुनासो छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds