दोषीलाई कारबाही गर्न माग

sex victim

काठमाडौँ, फागुन २९ गते । पुल्चोक इञ्जीनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यही फागुन १६ गते पर्सामा बालिकामाथि भएको बलात्कारमा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न माग गर्दै आज विरोध प्रदर्शन गरेको छ ।

युनियनले पीडितलाई उपचारका साथै आवश्यक संरक्षणको व्यवस्था गर्न आग्रह गर्दै उक्त क्याम्पसका विद्यार्थीले यौनशोषण रोक्न खबरदारी तथा धर्ना दिएका हुन् ।

करिब १० बजेदेखि शुरु गरिएको धर्ना एक घण्टापछि विद्यार्थीले त्यस आसपास क्षेत्रमा पदयात्रा गरी महिलाहिंसा विरुद्ध लेखिएका प्लेकार्डलगायत विभिन्न सन्देशमूलक सामग्रीसहित प्रचार गरेका थिए ।

स्ववियु सभापति रोशन थापामगरले पछिल्लो समय महिलामाथि बलात्कार, कुटपिटजस्ता अनेकौं हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो सामाजिक विकृति विरुद्ध समाजका सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कैलालीमा हालै बोक्सीको आरोपमा बालिका कुटपिट गर्ने दोषीलाई समेत कडा कारबाहीको माग गर्दै समाजलाई दुरगामी प्रभाव पार्ने घटनालाई कसैले पनि राजनीतिक हस्तक्षेप गर्ननहुने
बताउनुभयो । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds