दुर्घटना न्यूनीकरण गर्न ध्यानाकर्षण

गोरखापत्र समाचारदाता-
काठमाडौँ, फागुन २९ गते । राष्ट्रिय मानव अधिकार आयोगले हवाई दुर्घटनाको सत्य अनुसन्धान गरी दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरोकारबाला निकायलाई ध्यानाकर्षण गराएको छ ।
आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले मंगलवार एक विज्ञप्ति जारी गर्नुभएको छ । उहाँले ‘नेपालमा हवाई दुर्घटनाको इतिहासलाई हेर्दा हालसम्म छ दर्जन बढी हवाई दुर्घटना भएको देखिन्छ । यसले नेपाली आकाश सुरक्षित रहेको वा नरहेको भन्नेबारे प्रश्न खडा भएको छ । त्यसकारण सम्बन्धित निकायबाट हवाई दुर्घटनाको सत्य अनुसन्धान गरी दुर्घटना न्यूनीकरण गर्नेतर्फ गम्भीर हुनुपर्ने बेला आएको छ भनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
सोमवार युएस बङ्गला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । सो घटनाप्रति आयोगले शोक प्रकट गर्दै बङ्गलादेशको ढाकाबाट नेपालतर्फ आउँदै गरेको युएस वङ्गला विमान दुर्घनाग्रस्थ हुँदा ४९ जनाको मृत्यू  र २१ जना घाइते हुने गरी भएको घटनाप्रति दुःख प्रकट गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds