धर्म निरपेक्षता र शिक्षा

padipna raj pantaप्रदिप्नराज पन्त

 

धर्म निरपेक्ष नेपालमा धर्मको आधारमा सबै नागरिक समान छन् । धर्म सापेक्ष नभएकामा केही मौन छन् त केहीले सशक्त विरोध गरेर आफ्नो चाहना अभिव्यक्त गर्ने गरेका छन् । तथापि धर्म निरपेक्षका बारेमा नेपालमा मिश्रित प्रतिक्रिया छ तर महìवपूर्ण कुरा के हो भने जनताका प्रतिनिधिले संविधानसभामार्फत निरपेक्षता स्वीकार गरेर संविधानमा उल्लेख गरिसकेपछि सबै नेपालीले त्यसलाई स्वीकार गर्नुपर्छ । अन्यथा असन्तुष्टिले द्वन्द्वमात्र निम्त्याउँछ र समृद्धिको महान् प्रण पूरा गर्न सकिन्न ।
लोकतन्त्रमा सबैका आवाजलाई उचित स्थान दिन पनि जरुरी छ र शासकले हाम्रै राज छ भनेर उन्मादमा रमाउनु हँुदैन । त्यसमाथि पनि धर्म र खास सम्प्रदायसम्बन्धी मुद्दामा शासक अत्यन्त सचेत हुनुपर्छ, यथोचित व्यवस्थापन गर्नुपर्छ, तर यसको अर्थ संविधानमै संशोधन गर्नुपर्छ भन्ने होइन ।
उपलब्ध तथ्याङ्कअनुसार विश्वका ४४ देश धर्म सापेक्ष छन् भने हाम्रा दुवै छिमेकीलगायत ८५ देश धर्म निरपेक्ष छन् । १३ देशले दोहारो अर्थ लाग्ने भाषाको प्रयोग गरेको देखिन्छ । उदाहरणका लागि बङ्गलादेशको संविधानमा मुस्लिम र धर्म निरपेक्ष दुवै उल्लेख भएको छ ।
जन्मबाटै देशहरू धर्म सापेक्ष वा निरपेक्ष थिएनन् । समय र परिस्थितिले केहीले सापेक्षता र केहीले निरपेक्षता अपनाएका हुन् ।
धर्म निरपेक्षताको सुरुवात ः
अङ्ग्रेजी शब्द सेक्युल्यारिज्मलाई नेपालीमा धर्म निरपेक्षता भन्ने गरिएको छ । सेकुल्यारिज्म ल्याटिन भाषा सेकलमबाट आएको हो । यसको नेपालीमा अनुवाद ‘वर्तमान युग’भन्ने हुन्छ । सेक्युल्यारिज्मको शाब्दिक अर्थ चाहिँ वर्तमान युग नै हो ।
जर्ज ज्याकोव होलियावेले सर्वप्रथम निरपेक्षता अथवा सेकुल्यारिज्म अवधारणा ल्याउनुभयो । जर्जले सेकुल्यारिज्म शब्दको प्रयोग सामाजिक र नैतिक मूल्य मान्यतासम्बन्धी अवधारणा प्रस्तुत गर्दा प्रयोग गर्नुभएको थियो । मानव जीवनमा सुधार ल्याउन उच्च नैतिक मूल्य मान्यता हुनुपर्छ । कुनै एक सम्प्रदाय, आस्था र धर्म सापेक्ष मात्र भएर मानव जीवन सुधार हुन सक्दैन तर समय सापेक्ष प्रचलित मान्यता जुन सुकै आस्थाका प्रतिबिम्ब भए पनि त्यसको अनुसरण गर्नुपर्छ ।
धर्म निरपेक्ष भएका सबैजसो मुलुकमा सबै धर्मका अनुरागीले आफ्नो इच्छाएको धर्मको आचरण पालन गर्छन् र इच्छा लागेको धर्म अनुसरण गर्दछन् भन्ने मान्यता छ तर अधिकांश देशमा धर्म निरपेक्ष गरिदा कुनै खास धर्मको बाहुल्यता नभएका देशमा धर्म निरपेक्ष लागु भएको पाइन्छ ।
धर्म निरपेक्ष देशमा यदाकदा साम्प्रदायिक दङ्गा भएको भए पनि धर्म निरपेक्षका कारणले विश्वमा ठूला दुर्घटना भएका छैनन् । धर्म निरपेक्षता पालना गर्न नसकिने पनि होइन । यसैले नेपालमा पनि धर्म निरपेक्ष एउटा फरक मुद्दा हुनु हँुदैन तर धर्म सापेक्ष चाहने नागरिकको आवाज सुन्न पर्छ र उनीहरूको माग सम्बोधन गर्न राज्यले आवश्यक कदम उठाउनै पर्छ ।
धर्म निरपेक्ष देशमा सापेक्ष शिक्षा ः
कुनै पनि कोणबाट शिक्षाको भूमिका महìवपूर्ण हुन्छ । धर्म निरपेक्ष भएका देशहरूमा शिक्षा प्रणाली कस्तो छ र भर्खरै सङ्घीयतामा प्रवेश गरेको नेपालले के सिक्न सक्छ भन्ने प्रश्नमा अड्कलको आधारमा नभई गहन अध्ययन गरेर शिक्षा नीति बनाउनुपर्छ ।
अमेरिकाको कलेजका साथै उच्च शिक्षा आर्जन गरिने सबै संस्थामा अनिवार्य रूपमा कुनैमा दर्शन त कुनैमा बाइबल शिक्षाकै नाउमा अनिवार्य विषय पढाइन्छ । चिकित्सा विज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र या अन्य जुनसुकै विषयमा शिक्षा हासिल गर्न चाहे पनि अनिवार्य विषय पढ्नै पर्ने हुन्छ ।
संविधानअनुसार अमेरिका धर्म निरपेक्ष देश भए पनि व्यवहारमा अमेरिका धर्म सापेक्ष देश नै जस्तो छ । अमेरिकाको आधिकारिक आदर्श वचन ‘इन गड वी ट्रष्ट’ हो । सन् १९५६ मा यही आदर्श वचनलाई राष्ट्रिय सिद्धान्त बनाइयो । बाइबलको ‘थ्योरी अफ क्रियसन’ लाई वैज्ञानिक सिद्धान्तका रूपमा विद्यालयमा शिक्षा दिइन्छ भने स्वतन्त्रतको घोषणापत्रमा ‘ईश्वरबाट प्राप्त’ भन्ने लेखिएको देखिन्छ तर संविधानमा चाहिँ ‘वी अमेरिकन’ नै छ । धर्म निरपेक्षता लागू गर्ने पहिलो देश अमेरिका नै हो र अमेरिकाले १८औँ शताब्दीमै धर्म निरपेक्षता लागू गरेको थियो ।
निरपेक्षताको सान्र्दभिकताको बारेमा तिनताकादेखि अहिलेसम्म अमेरिकामा बहस नभएको होइन । कुनै समयमा बहुसङ्ख्यक मानिसले धर्मप्रति आफ्नो आस्था कायम राख्दै धर्म सापेक्ष हुनुपर्छ भनेर विद्रोहसमेत गरेका थिए । उनीहरूको आवाज राज्य सत्ताले सुन्यो पनि । राजनेताले समाधान पनि सहज तरिकाले खोजे । त्यो समाधान भनेको विद्यालय, कलेज शिक्षाको माध्यमबाट आस्था जगेर्ना गर्नु नै थियो ।
एकीकृत राज्य व्यवस्थामा नेपालमा शिक्षा अत्यन्त अस्तव्यस्त रह्यो । अब त्यसो हुनुहुँदैन । विद्यालयदेखि उच्च तहको अध्ययनसम्ममा अमेरिकीले आफ्नो दर्शन जसरी प्रयोग गरेका छन्, त्यसरी नै नेपालीले पनि आदर्श मूल्य र मान्यताअनुसारको नैतिक शिक्षा विद्यालय तहदेखि नै सुरु गर्नुपर्छ । ऋषिमन लिएर नेपालको शिक्षामा आमूल परिवर्तन गरिनु जरुरी छ । नेपालको संविधानअनुसार जुनसुकै आस्थाका नेपाली पनि देशको उच्च ओहादामा पुग्न सक्छन् तर यसमा के कुरा बिर्सन हुन्न भने नेपालका अधिकांश सेवाग्राही सनातन हिन्दु धर्मप्रति आस्थावान् छन् ।
शासक जुन आस्थाको भए पनि उसको सेवाग्रही भनेको मुख्य रूपमा हिन्दु धर्मावलम्बी नै हुन् । नेपालीहरू ऋषि मनमा विश्वास गर्छन् किन कि धार्मिक ग्रन्थहरूमा मानिसको सोचाइ, बोली, व्यवहार र शिक्षा सबै ऋषिमनजस्तै हुनुपर्ने उल्लेखित छ ।
ऋषिमनको पहिलो सूत्र भनेको समाजलाई हेर्ने दृष्टिकोणमा सदासयताका साथ सकारात्मक भएर समस्या सुल्झाउने भन्ने हो । सिद्धान्ततः हिन्दु धर्मको मान्यता छ, गल्ती र गलत निर्णय मानिसले आफ्नो जीवनकालमा गर्न सक्छन् तर गल्ती र गलत निर्णयलाई सदाचारसहित सच्याउन सकिन्छ । ऋषिमनका लागि शिक्षा महìवपूर्ण हुन्छ । शिक्षाविना ऋषिमनको भाव उत्पन्न हुन सक्दैन । ऋषिमनको भाव उत्पन्न हुने नैतिक शिक्षा असल आचरण र व्यवहार नै हो ।
ऋषिमन प्राप्त हुने शिक्षामा सत्यको अन्वेषण र त्यहीअनुसारको आचरण गर्न सिकाइनु पर्छ । शिक्षाले तर्क–वितर्क, चिन्तन र शक्ति आर्जनका लागि सार्मथ्यता प्रदान गर्न सक्नुपर्छ । पहिलापहिला नेपालीले शिक्षा ग्रहण गर्दा छन्द, तालअनुसार गलाको मांसपेशीलाई समेत प्रशिक्षित गर्थे । आफ्नै ध्वनिको स्वरयन्त्रलाई यसरी आत्मसात गर्थे कि त्यही ध्वनिलाई आफ्नो शरीरको एक हिस्सा बनाउँथे । यो हाम्रो परम्परा हो । अहिले नर्सरी राइमिङमा विदेशतिर त्यही विधि अपनाइन्छ र त्यसरी गरिन्छ, जुन हामीले गथ्र्यौं तर नेपालमा नर्सरी राइमिङसमेत फरक तरिकाले गराइन्छ ।
अहिले विश्वको आधुनिक शिक्षा प्रणाली हाम्रो पम्परागत प्रणालीभन्दा फरक छैन । जुन स्वतन्त्र स्वभाव मापन विधि तयार गरिएको छ, त्यसलाई अलिकता मात्र परिवर्तन गरियो भने सहजै त्यसलाई आफ्नै किसिमको ढाँचामा ढाल्न सकिन्छ ।
बहुसङ्ख्यक हिन्दु धर्मावलम्बी सेवाग्रही भएको नेपालमा उनीहरूको इच्छा र संस्कारअनुसार नैतिक शिक्षा अविलम्ब सुरु गरिनुपर्छ अन्यथा नेपाल विश्वको असफल सङ्घीयताको प्रयोगशाला बन्नेछ किनभने नेपालको सङ्घीयता अन्य देशको जस्तो धेरै विचार र सम्प्रदायको राज्य भएर एउटै सङ्घमा मिल्नुपर्ने बाध्यताले नभई एउटै राज्य र एउटै धर्म सापेक्ष एकीकृत राज्यबाट धेरै राज्यमा विभाजित भएको विश्वको पहिलो सङ्घीयता हो ।
हामीले इतिहास त पक्कै बनाउँदै छौँ । नेपाल अब सङ्घीयता अध्ययन गर्नेका लागि उद्गम र उर्वर भूमि हुनेछ । हाम्रो प्रयासलाई पनि उनीहरूले नियाल्ने छन् तर हामीलाई असफल हुने छुट छैन र सबै मिलेर सफल भएको विदेशीलाई देखाउन मात्रै होइन आफ्नै लागि सफल हुनुपर्नेछ । यसकारण अहिले बहुसङ्ख्यक नेपालीले चाहेजस्तो ऋषिमन भाव उत्पन्न हुने अनिवार्य शिक्षा अपरिहार्य
भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना