प्रधानसेनापतिबाट दज्र्यानी चिह्न प्रदान

काठमाडौं, चैत २ गते । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्ययु) का निर्देशक सहायक रथी काजीबहादुर खत्रीलाई बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्तिका अनुसार मन्त्रिपरिषद्को मिति २०७४ फागुन २८ गतेकोे निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनुभएका खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना