अबको पालो विकास र समृद्धि

 


फलेवास, पर्वत चैत ७गते रासस: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धि भएको बताउनुभएको छ ।

राष्ट्रियसभामा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले मंगलबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुलुकलाई स्थिरता प्रदान गर्नका लागि पनि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले पहिले संघीय संरचना र प्रदेशका लागि आवश्यक कानून निर्माण गरेमा सबै तहमा काम गर्न सहज हुने बताउँदै कृषि, पर्यटन, जलस्रोत र खानीको अपार सम्भावनाको उपयोग गरी समृद्ध राष्ट्र बनाउनका लागि आह्वान गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds