तरकारी संरक्षणमा खपटे कीरा

विवश कुलुङ

सल्लेरी, चैत ७ गते । कृषकले थोप्ले खपटे कीरालाई तरकारीको संरक्षक बनाएका छन् । छेस्कामका कृषकले तरकारीमा कीराको संरक्षण गरेपछि आम्दानीमा सुधार आएको छ । तरकारी बारी व्यवस्थापनसम्बन्धी तालिममा थोप्ले खपटे कीरा फाइदाजनक भएकोले त्यसको संरक्षण गर्नुपर्छ भनेर प्रशिक्षकले जानकारी गराएपछि छेस्काममा २० वटा कृषि समूहका कृषकले थोप्ले कीराको संरक्षण गर्न थालेका हुन् ।
तालिममा फाइदा दिने कीरा र हानी गर्ने कीराको विषयमा जानकारी पाएपछि कृषकले थोप्ले कीरा छेस्काममा धेरै मात्रा पाइने तथा त्यसले लाही कीरा, पुतलीका लार्भा आदि खाइदिनाले तरकारीको संरक्षण गर्न र उत्पादन वृद्धि गर्न भन्दै थोप्ले खपटे कीरा संरक्षण अभियान चलाइएको हातेमालो कृषक समूह महाकुलुङ ३ छेस्काममा लाखीमाया कुलुङले बताउनुभयो । kira
‘सुरुमा तरकारी बारीमा जाँदा थोप्ले खपटे कीरामात्र साग तथा तरकारीमा देखिन्थ्यो । अनि त्यही कीराले पो तरकारीको पात खाइदिएको भन्दै खोजीखोजी मार्थे तर अहिले तालिमपछि संरक्षण गर्न थालेका छौँ । ’
थोप्ले खपटे कीराले काउली, बन्दा, साग, टामाटर आदीमा लाग्ने लाही कीरा अनि विभिन्न प्रकारका पुतलीका लाभा र स–साना हानी पु¥याउने कीरा खाइदिन थालेपछि साग, टमाटर, बन्दा आदीमा लाही करिाको न्यूनीकरण भएकोले तरकारीको संरक्षक भनेर थोप्ले खपटे कीराको संरक्षण गरी तरकारी बारीको हेरचाहमा सहयोग पाइएको देवीथान कृषक समूहका अध्यक्ष कमला कुलुङले बताउनुभयो ।
तरकारी उत्पादन गर्ने कृषकले स–साना कीरा नदेख्नु तथा देखे पनि रासायनिक विषादीको प्रयोग गरेर नियन्त्रण गर्दा एकातिर खर्च हुने गरेको छ भने अर्काेतिर रसायनको असर मानिसमा पनि देखिने भएकोले बिनाखर्च हानीकारक कीरा खाइदिने कीराको पहिचान तालिमबाट पाएपछि धेरै सहज र फाइदा भएको कृषकले बताए । बिनाखर्च र बिनाश्रम कीराले नै हानी पु¥याउने कीरा खाइदिएपछि कृषकहरूले पालन गर्ने अभियानको सुरुवात गरेका हुन् ।
पेलेम्ला कृषक समूहका अध्यक्ष कृषिदेवी कुलुङका अनुसार फाइदाजनक कीरा चिन्न सकेमा स्वास्थ्य र आर्थिक हिसाबले फाइदा हुने कृषकले बुझेको हुँदा सबैले फाइदा दिने कीराको संरक्षण गरी हरियो तरकारी खान थालेका छन् । जी फाउन्डेसन नामक संस्थाले छेस्काममा कृषि कार्यक्रम सञ्चालन गरेर विभिन्न तालिम सञ्चालन गरेपछि कृषि व्यवसाय, उत्पादन तथा भण्डारणसम्बन्धी ज्ञान बढेको छेस्काममा कृषकहरूले बताएका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना