पूर्वीय सभ्यताको धरोहर गुरुकुलीय शिक्षा पद्धति

Ramesh p gautamरमेशप्रसाद गौतम

 

पूर्वीय वाङ्मय शिक्षा पद्धतिमा गुरु र चेलाबीचको सम्बन्ध बाबु र छोराको सम्बन्ध भन्दा पनि निकटता देखिएको कुरा हाम्रो पौराणिक इतिहासदेखि नै पुष्टि हुँदै आएको छ । यसर्थ आधुनिक शिक्षामा बाल मैत्री शिक्षा भनेको हाम्रो अनादीकाल देखिको शिक्षा व्यवस्थामा पनि बालबालिकालाई माया गर्ने पुलपुलाउने गर्दथिए । यसैले कलिलै उमेरमा आफ्ना बाबु आमाको काख छाडेर गुरुकुल आश्रममा बस्न रमाउँथे । यो नै हाम्रो प्राचीन शिक्षा पद्धतिको अनुकरणीय पक्ष मान्न सकिन्छ जुन आजका शिक्षकले पनि जसरी आफ्ना छोराछोरीलाई माया गरेर हुर्काउन, पढाइ लेखाइ र सिकाइमा जोड दिन्छन त्यसै गरी आफ्ना विद्यार्थीलाई पनि गर्न सक्नु पर्दछ ।
गुरुकुल शिक्षा पद्धतिमा धन आर्जनको अभिलाषाले होइन सेवाका लागि गुरुहरूले विद्यादान गर्दथे । विद्या दिने र लिने दुवैमा असल संस्कार लगन र समर्पणमा आधारित थियो । त्यतिबेला पनि दक्षता र विशेषज्ञताको अभावमा, व्यक्तिले गुरुको उपाधि प्राप्त गर्दैनथे । यस्ता गुरुका चेलाहरू विद्या आर्जनमा अत्यन्त तल्लिन रहन्थे । चित्त वृत्तिको निरोध नै योग भएको कुरा गुरुहरूले चेलालाई अभ्यास गराउँथे ।
हिन्दु संस्कार शास्त्र र नीति नियमका रूपमा स्थापित जीउनेकला अति नै उच्च रहेको पाइन्छ । वास्तवमा यो जीवन जिउने कलामात्र नभएर सम्पूर्ण ब्रह्माण्डीय ज्ञानलाई बुझ्नु सक्ने सामथ्र्य पनि हाम्रो पूर्वीय दर्शनमा नै छ तर आज पूर्वीय दर्शन र सम्यताको गरिमालाई अवलम्बन गर्न नसक्दा वर्तमान विश्वले रोग, शोक, हिम्सा, हत्या र द्वन्द्वको चपेटामा जेलिनु परेको छ । यसबाट मुक्ति पाउन आधुनिक शिक्षा पद्धतिमा पनि गुरुकुल शिक्षा र पूर्वीय सभ्यताका बारेमा उचित ज्ञान हुनु जरुरी छ ।
आजको विश्वव्यापी युगमा संसारको एक कुनामा रहेका मान्छे, अर्को कुनाको संस्कृति र जीवन शैलीबाट प्रभावित भएका नै हुन्छन् । ब्रह्माण्डको ओजन तहका कुरा गरौँ वा विश्वको इको सिस्टमका कुरा गरौँ विश्वभर नै असर पु¥याएको हुन्छ । तर पनि आफूसँग भएका सकारात्मक र प्रभावकारी पद्धति तथा परम्परालाई बिर्सनु हँुदैन । गुरुकुल पद्धतिको विद्या परम्परालाई आधुनिक शिक्षा पद्धतिमा सम्भावित पक्षलाई समाहित गरी दुवै गुरुकुल र आधुनिक शिक्षाको प्रतिबिम्बमा युगोन्मुख र समृद्धि बनाउन सकिन्छ ।
गुरुकुलीय परम्पराबाट वितरीत ज्ञानलाई चेलाले व्यवहारमा उतार्न सक्नुपर्छ । गुरुका शास्त्र सम्मत आचरणलाई विद्यार्थीले देख्न र सिक्न सक्ने हुन्थ्यो । यसरी जानेका ज्ञानले सबैको कल्याणका लागि व्यावहारिक रूपमा प्रयोग हुनुपर्छ । यदि व्यावहारिक उपयोग भएन भने त्यो ज्ञानको कुनै सार्थकता रहदैन भन्ने मान्यता गुरु कुलीय शिक्षा पद्धतिमा रहेको पाइन्छ । यसमा कसैले बुझेको ज्ञान उसैमा मात्र सीमित रहयो भने त्यस ज्ञानले कुनै जनहीत कार्य गर्न सक्तैन । उसले सिकेको शिक्षा उसको अवसानसँगै समाप्त भएर जान्छ । यसैले आफूले सिकेका वा बुझेका ज्ञानलाई पुस्तान्तरमा हस्तान्तरण हुनुपर्छ भन्ने धारणा रहँदै आएको छ ।
गुरुकुल शिक्षा पद्धतिको साधनापूर्वक सिकाइने ज्ञानलाई पनि आधुनिक शिक्षा पद्धतिको सबल पक्ष सँगै समाहित गर्दै विद्यमान विकृतको निराकरण गराउने तागतको रूपमा प्रयोग गर्न सकिन्छ । इतिहासमा लोप हुन लागेको हाम्रो पूर्वीय सभ्यता पुनः जागरण हँुदै पश्चिमा जगत्समेत आकर्षित हुन थालेका छन् । पूर्वी सभ्यताको धरोहर गुरुकुल शिक्षा पद्धतिले पुनः नवीनतम खोजीमा नयाँ जरा टेकेर लहराझै ल्याउँदै पूर्वीय सभ्यताको सुगन्ध सर्वत्र फैलाउन लागेको आभास दिई रहेको छ ।
पूर्वीय चिन्तनमा भनिएको छ मनमा बचनमा र कर्ममा बेग्ला बेग्लै कुरा हुने मान्छे दुरात्मा हुन् र मनमा बचनमा र कर्ममा एउटै कुरा हुने मान्छे महात्मा हुन् । सुसंस्कार नभएको मान्छे धनी भए पनि काम छैन । अपराधिक कर्मबाट आर्जन गरिएको सम्पत्ति पनि धन मानिदैन । यस्तो धनले राष्ट्र समृद्धिको मेरुदण्ड बन्न सक्दैन । शुद्ध धनले मात्र राष्ट्र र जनताको उत्थान गर्छ । आधुनिक शिक्षाले धनोपार्जनको अभिलाषा बढाउने गरेको छ । गुरुकुल शिक्षा पद्धतिले धनोपार्जनको अभिलाषा होइन लोकको सेवाका लागि विद्या आर्जन गर्न सिकाउँछ । विद्यार्थीको संस्कार, लगन र समर्पण मात्र जगाउने शिक्षा हिजोको पूर्वीय सभ्यतामा मात्र होइन आजको आधुनिक रबर्टयुगमा पनि त्यत्तिकै जरुरत छ ।
देशप्रेमको भावना जगाउने काम अनादीकालदेखि पूर्वीय सभ्यता नै अग्रपङ्क्तिमा रहेको कुरा यो श्लोकले पुष्टि गर्दछ । “जननी जन्मभूमिश्च श्वर्गादपि गरियसी” को भावना नै पर्याप्त छ । यसरी हाम्रो प्राचीन सभ्यतादेखि नै देशभक्ति भावना अङ्कुरण हुँदै आएको पाइन्छ । व्यक्तिगत लाभभन्दा राष्ट्रको हितप्रति समर्पित भएर काम गर्ने भावनाको विकास विना राष्ट्रको विकास हुन सक्दैन । यसर्थ शिक्षाले असल आचरणको साथै देशप्रेमको भावना पनि जगाउने खालको हुनुपर्छ । शिक्षाले उत्पादित जनशक्तिले आफ्नो देशमा भएको प्राकृतिक स्रोत र साधनलाई अनुसन्धान, अन्वेषण र पहिचान गरी सही ढङ्गले उपयोगमा ल्याउन सक्नुपर्छ । शिक्षाले सामाजिक सदभाव जगाएर देश विकासमा गति लिन सिकाउनु पर्छ ।
यी कुराहरू हाम्रो सन्दर्भमा व्यवहारमा लागू हुन सकेको छैन । आफ्नो स्वार्थभन्दा राष्ट्रिय हितमा आफूलाई समर्पित हुने नागरिकको सङ्ख्या अत्यन्त न्यून छ । मुलुकले राजनीतिमा पनि त्यस्तै परिदृश्य देखिएको छ । प्रायः दलले त्यागीलाई किनारा लगाएर सत्ता र शक्तिका लागि निम्नस्तरको होड चलिरहेको छ । मुलुकभित्रका शिक्षित जनशक्ति देशमै बसेर सेवा गर्नुको सट्टा विदेश पलायन प्रवृत्ति बढिरहेको छ । दिनहुँ विदेश पलायनको भीड देख्दा मुलुकको भविष्य कता जाने डर उब्जाइरहेको छ । यसरी हाम्रो शिक्षाले उत्पादित युवा जमातलाई देशको माया र जिम्मेवारीको बोध देखिँदैन । यो जमातले विदेश जानुभन्दा आफ्नै देशभित्र रोजगारीको खोजी किन गर्दैनन्? देशमा विद्यमान प्राकृतिक स्रोत साधनलाई किन प्रयोगमा ल्याउन सकिएन ? हाम्रो शिक्षाले स्वरोजगारको सिर्जना किन गर्न
सकिएन ? अधिकांश युवा देशभित्रै बसेर काम गर्नुको सट्टा अदक्ष जनशक्तिसमेत किन विदेशमा मजदुरी गर्न जान्छन्? यी नै आज मुलुकको सामुन्ने गम्भीर प्रश्नहरू छन् ।
यसरी युवाशक्ति पलायन हँुदै जानुले मुलुकको सामाजिक र आर्थिक रूपान्तरण हुन सक्दैन । शिक्षा क्षेत्रमा राज्यले गरेको लगानीबाट उत्पादित शक्तिहरू अर्को मुलुकको विना लगानी उपयोग हुनु आफ्नो देशका लागि दुर्भाग्यपूर्ण हो । यस्ता जनशक्तिलाई स्वदेशमै राखी उपयोग हुन सकेमा मात्र राष्ट्रको आर्थिक उन्नति हुन सक्छ तर हाम्रो अहिलेको शिक्षा प्रणालीले पलायन हुने जनशक्ति मात्र उत्पादन गरेर देशलाई घाटा पु¥याइरहेको भान हुन आउँछ । यसर्थ विद्यमान शिक्षा नीति र कार्यक्रममा सदीक्षा गरी व्यापक छलफलहरू समेत चलाएर शिक्षा सुधारका लागि आवश्यक कदम चाल्न जरुरी भएको छ । शिक्षामा लगाएको ठूलो लगानीलाई उच्चतम उपयोग गर्न र मुलुकको विकास अभियानमा प्रेरणा दिलाउने खालको शिक्षा नीति चाहिन्छ ।
वर्तमान शिक्षा व्यवस्थाका कमी र कमजोरीका साथै शैक्षिक संस्थामा देखिएको विसङ्गति भनेको नै त्याहाँ हुने राजनीतिक हो चाहे जनप्रतिनिधि हुन शिक्षक हुन् वा विद्यार्थी किन नहुन सबैको राजनीतिक अखडा शिक्षण संस्था बन्दै आएका छन् । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका महìवपूर्ण पदमा राजनीतिक भागवण्डाबाट गरिनु नै ठूलो विडम्बना हो । यहाँ प्राज्ञिक अवमूल्यन भएको छ । प्राज्ञिक वर्ग पनि यसमा मौन रही चुपचाप पदीय लोभमा फसिरहेका छन् ।
शिक्षा क्षेत्रमा देखिएका विकृति एवं विसङ्गतिलाई हटाउन हाम्रो नीतिमा सुधार गर्दा पूर्वीय सभ्यताको धरोहर गुरुकुलीय शिक्षा पद्धतिका अवधारणलाई आधुनिक ढाँचामा परिमार्जन गरिनु जरुरी छ । र सामाजिक मूल्य, मान्यता, संस्कृति, नैतिक ज्ञानसमेतलाई साधनापूर्वक सिकिएका सीपलाई लोकहितका खातिर व्यवहारमा उपयोग गर्न सकिने गरी हाम्रो शिक्षालाई पूर्वीय सभ्यता र पश्चिमा बीचको मिलन बिन्दुको खोजी हुनु आवश्यक छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना