पाँचौं बसन्त उत्सव

basant utsab  - upesh(4)

गोरखापत्र समाचारदाता-
काठमाडौं, चैत १० गते । भाषा, कला र संस्कृतिको उत्थानको लागि पाँचौं बसन्त उत्सव मनाइएको छ ।
ग्वाहाली गुथिद्वारा शनिबार असनमा आयोजित उत्सवमा उक्त विभिन्न संघसंस्था, कलाकारलगायतले २७ वटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उत्सवमा १५४ वर्ष पूरानो ज्ञानमाला भजन, दाफा (दापा) भजन, तबला सेलो, धाः बाजसहित बासुरी, सितार, चर्या, कत्थक, भरतनात्यम, ख्याली (चुट्किला), कविता, गीतलगायतका प्रस्तुत गरिएको थियो ।
यसैबीच, बसन्त उत्सवमा जनगायक रामकृष्ण दुवाल, सानुराजा बज्राचार्य, पपगायक भिम तुलाधार, गायक प्रवेशमान तुलाधारले गीत गाउनुभयो ।
बसन्त उत्सवलाई असन टोलका थकाली १०५ वर्षीय मोतीकृष्ण तुलाधरले उद्घाटन गर्नुभएको थियो ।
उत्सवमा तुलाधरलाई भाषा, कला र संस्कृतिमा अतुलनीय योगदान पु¥याएवापत ताम्रपत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरियो । १०५ वर्षको उमेरमा पनि उहाँ लाजिम्पाटदेखि असनसम्म हिँडेर आउनुभएको थियो ।
यसैबीच, उत्सवमा २७ वडाका वडाध्यक्ष चिनियाकाजी बज्राचार्य र २५ वडाका वडाध्यक्ष निलकाजी शाक्यलाई सम्मान गरिएको थियो । फोटो- उपेश महर्जन

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना